विश्व इतिहासमा आज : पुस बटन फोन सुरुदेखि पानामा नहर क्षेत्रबारे सम्झौतासम्म « Khabarhub

विश्व इतिहासमा आज : पुस बटन फोन सुरुदेखि पानामा नहर क्षेत्रबारे सम्झौतासम्म


२ मंसिर २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – आज १८ नोभेम्बर। आजका दिन विश्व इतिहासमा केही राजनीतिक तथा सामाजिक घटनाक्रम विकसित भएका थिए। प्रस्तुत छ केही ऐतिहासिक विश्व घटना :

सन् १९७८ मा सामूहिक आत्महत्या
सन् १९७८ मा गुयानामा पिपुल्स टेम्पलका तत्कालीन प्रमुख जिम जोन्सको आग्रहमा टेम्पलका ९०० सदस्यहरुले सामूहिक आत्महत्या गरेका थिए। सन् १०५० को मध्यतिर इन्डियानमा स्थापना भएको सो टेम्पलका सदस्यहरु सन् १९७४ मा गियाना पुगेर जर्जटाउनबाहिर एउटा बस्ती बसालेका थिए। उनीहरूले बस्ती बसालेको ठाउँलाई जोन्स टाउन भनिन्छ।

सोम्मी युद्ध
सन् १९१६ मा सोम युद्ध समाप्त भएको थियो। प्रथम विश्वयुद्धको समयमा ब्रिटीश र फ्रान्सको गठबन्धन फौजले जर्मनीको फौजविरुद्ध लडेको थियो। २०औँ शताब्दीकै रक्तपातपूर्ण सो युद्ध सन् १९१६ को १ जुलाईमा सुरु भएको थियो। सो युद्ध फ्रान्सको सोम्मी नदीको किनारमा भएको थियो।

पानामा र अमेरिकाबीच हस्ताक्षर
सन् १९०३ मा पानामा नहर क्षेत्र बारे पानामा र अमेरिकाबीच सम्झौता भएको थियो। सन् १९७९ सम्म सो नहर अमेरिकी क्षेत्र थियो। फ्रान्सले सन् १८८१ मा पानमा नहर बनाउन सुरु गरेको थियो। तर, प्राविधिक समस्यापछि सो कार्य रोकेको थियो। सन् १९०४ मा अमेरिकाले नहर निर्माणको जिम्मा पाएको थियो। सन् १९१४ मा निर्माण सम्पन्न भएको थियो।

अमेरिकामा पुस बटन फोन सुरु
सन् १९६३ मा अमेरिकामा पहिलो पटक पुस बटन (टच टोन) टेलिफोन सुरु भएको थियो। यो फोनले रोटरी डायल मोडललाई विस्थापित गरेको थियो।

प्रकाशित मिति : २ मंसिर २०७९, शुक्रबार  ७ : ०१ बजे

इंग्लिस प्रिमियर लिग : ब्रेन्टफोर्डमाथि म्यानचेस्टर सिटीको जित, उपाधिको आशा जिवितै

काठमाडौँ– इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले सहज जित हात

बगरमा पसिना, राजमार्गमा बजार, मुक्तकमैयाको फेरिएको दिनचर्या

कञ्चनपुर- पूर्वपश्चिम महेन्द्रराजमार्ग भएर गुड्ने सवारीसाधन केहीबेरका लागि कृष्णपुर नगरपालिकाको

हरेक रात आउन थाले हात्तीको बथान, बाहुनडाँगीमा त्रास

झापा- भारतबाट प्रत्येक रात हात्तीको बथान आएर पाकेको बाली खान

सप्तरीको वभनगामा आगलागी : १२ घरगोठ जलेर नष्ट

सप्तरी– सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–६ स्थित वभनगामा टोलमा गएराति आगलागी

रास्वपाको सचिवालय बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सचिवालय बैठक आज