१० मिनेट बढी पिसाब रोक्दा मिर्गौलालाई असर गर्छ « Khabarhub

१० मिनेट बढी पिसाब रोक्दा मिर्गौलालाई असर गर्छ


२ मंसिर २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


531
Shares
  • change font
  • change font
  • change font

साधारण अवस्थामा मिर्गौलाको माध्यबाट शरीरमा रहेको विकार पदार्थ बाहिर निकाल्ने प्राकृतिक प्रक्रिया हो, पिसाब । पिसाब महसुस भएको एक दुई मिनेटमा नै फाल्नु पर्दछ । स्वस्थ मानिसको पिसाब थैलीको क्षमता भनेको २०० देखि ३०० मिलिमिटरसम्मको हुन्छ । त्यो थैली भरिने बित्तिकै मानिसलाई पिसाब फेर्न मन लाग्छ । तर, यो समयमा रोकियो भने धेरै समस्या निम्तिन सक्ने चिकित्सकले बताएका छन् । पिसाब रोक्दा कस्तो समस्या देखा पर्दछ ? यसै विषयमा आधारित रहेर मिर्गौला रोग विशेषज्ञ डा. ऋषिकुमार काफ्लेसँग खबरहबका लागि विना न्यौपानेले गरेको कुराकानीको सम्पादित अंश :

पिसाब रोक्दा कस्ता समस्या देखा पर्दछन् ?
सबै मान्छेलाई पिसाब रोक्दैमा समस्या देखा पर्दछ भन्ने छैन । कोही कोहीलाई मात्र समस्या देखिन्छ । जसको पिसाबमा इन्फेक्सन छ, छिटो छिटो पिसाब फेर्नु परेको छ, जो व्यक्तिको पत्थरी हुनसक्ने सम्भावना छ । त्यो मान्छेले लामो समयसम्म पिसाब रोक्छ भने त्यसले पत्थरी बन्न सजिलो हुन्छ । सुगर भएका व्यक्तिमा पनि समयमा पिसाब फेर्यो भने सरर जान्छ । तर, अलिकति रोक्यो भने खुलेर सबै पिसाब जाँदैन । उमेर अनुसार व्यक्तिहरूले पिसाब रोक्न सक्छन् । तर, बृद्धहरूको राम्रोसँग रोक्न सक्दैनन् । पानी प्रशस्त मात्रामा पिउन पनि सुलभ शौचालय छैन । त्यसले पनि यो समस्या देखा परेको छ । यदि बाथरुम भएन भने जो व्यक्तिलाई पिसाब पोल्छ, छिटो गर्नुपर्ने हुन्छ उसलाई समस्या भएको छ । लामो दुरीको यात्रा गर्ने मान्छेमा समस्या बढी देखिन्छ । राम्रो शौचालय नभएको कारण स्वस्थ मान्छे अस्वस्थ हुने र अस्वस्थ्य मान्छे झनै अस्वस्थ्य हुने भयो ।

तत्काल देखा पर्ने समस्या र दीर्घकालीन रूपमा देखा पर्ने समस्या के छन् ?
रोगको पहिचान नभएका व्यक्ति समस्या छैन भनेर बसेका छन् । त्यसैले छोटो समयको लागि रोक्दा त त्यति फरक नपर्ला । तर, लामो अवधि भयो भने फरक पर्दछ । कुन व्यक्तिमा यो समस्या रहेको हो त्यो पनि भर पर्दछ । पिसाबको थैलीबाट जति पिसाब निस्किनु पर्ने हो त्यो निस्किएन भने सङ्क्रमण हुन्छ । त्यसले जटिल अवस्था पनि ल्याउन सक्छ ।

पिसाब रोक्दा पछि किन नआउने हुन्छ ?
पिसाबको थैलीबाट आउने पिसाबको थैलीलाई प्रोस्ट्रितल्यान्डले थिचेर बसेको हुन्छ । कति जना मान्छेको आङ खसेर पिसाबको थैलीलाई थिचेर बसेको हुन्छ । त्यसले गर्दा पिसाबको थैलीमा पिसाब जमेर बसेको हुन्छ । तर, बिरामीलाई थाहा नै हुँदैन । पिसाब लाग्ने औषधि दिँदा पनि समय नै छैन पिसाब गर्ने ठाउँ छैन । लङ टुरमा जाँदा बस समय समयमा रोक्ने भनेर टायम राखे शौचालय जाने व्यक्तिले सहजै प्रयोग गर्न सक्ने हुनुपथ्र्यो । १० मिनेट भन्दा धेरै पिसाब रोक्नु हुँदैन । समयमा नै गर्नु पर्दछ । नत्र यसले किड्नीमा असर गर्दछ । पिसाब लागेको समयमा फेर्न पाउनु मानव अधिकार हो । त्यसैले यसमा हाम्रो दृष्टी पुगेको हुँदैन ।

यो समस्या समाधानको लागि हामीले के गर्न सक्छौ ?
मान्छे जम्मा भएको ठाउँमा राम्रो शौचालय चाहियो जुन सजिलै प्रयोग गर्न सकिने, संक्रमण नहुने खालको हुनुपर्छ । यसको लागि हामी सबैले आ–आफ्नो तवरबाट सबै जनाले पहल गर्नुपर्छ । त्यसैले हामी सबैले स्थानीय तह तथा सरकारी निकायलाई आह्वान गर्नुर्छ । हाइजेकिन खालको बाथरुम चाहियो । बस चालकले पनि ठाउँ ठाउँमा बाथरुमको प्रयोग गर्नु पर्दछ । सार्वजनिक हितको लागि सरकारले यो गर्दा सबै नागरिकलाई सहज हुन्छ भनेर पहिले नै योजना गर्नुपर्छ ।

कति समय भन्दा धेरै रोक्यो भने असर गर्ने हो ?
पिसाब आइसकेपछि हामी सबैले पिसाबको थैलीमा पिसाब भरियो भन्नु नै पिसाबले च्याप्यो भन्नु हो । अनि मात्र मानिसले गर्दछ । एक दुई पटक ३० मिनेटसम्म रोक्दा असर नगर्ला तर बारम्बार रोक्यो भने र बानी नै त्यस्तै बस्यो भने शरीरमा नकारात्मक असर गर्दछ । समयमा पिसाब फेरि राखेन भने बल प्रयोग गर्नु पर्दछ किन भने त्यो पिसाब रोक्नको लागि । मिर्गौलाले बनाएको पिसाब झर्न पाएन किड्नीलाई असर गर्छ, भने यति समय सुरक्षित छ भन्न नै सकिँदैन । योङ मान्छेले घन्टौँसम्म रोक्न सक्ला । तर, वृद्धले नसक्ला । सहजै रोक्न सकेसम्म राम्रो हो । तर, रोकेर यो काम सकेर जान्छु भन्नु नराम्रो हो । कयौँ व्यक्तिले जबरजस्ती पिसाब रोक्दा भोलि गएर पिसाब थैलीले पिसाब निकाल्ने क्रममा ढिलो हुन्छ । जस्तो डाइबेटिज भएको व्यक्तिमा मिर्गौलाको साथसाथै पिसाबको थैली पनि कमजोर हुन्छ । त्यो पिसाबको थैलीमा पिसाब फेर्न सक्ने शक्ति हुँदैन ।

यो पिसाब सम्बन्धी समस्या आयो भने घरमा पहिला नै कसरी थाहा पाउने ?
पिसाब फेर्दा पोल्ने, दुख्ने धमिलो आयो, पिप रगत आयो पिसाब नै रोकियो भने मान्छेहरू अस्पतालमा पुग्छन् । तर, सामान्य अवस्थामा पिसाब पोल्दा पानी खान्छु भनेर बस्छौँ । तर, यो पत्थर बन्न लागेको हो कि, भोलि मिर्गौलामा समस्या आउन सक्ने सुरुवाती अवस्था हो कि जबसम्म जाँच हुँदैन तबसम्म थाहा हुँदैन । त्यसैले पिसाबको थैलीको अल्ट्रासाउन्ड पिसाब को कल्चर र अल्ट्रासाउन्ड अफ युरीनरी ब्याटर गर्यो भने धेरै कुरा थाहा पाउँछौँ ।

कुनै समस्या नआओस् भनेर के के कुरामा ध्यान दिने ?
शरीरले फोहोर पदार्थ पिसाबका माध्यमबाट फ्याल्छ । कति पानी खायो त्यति नै पिसाब जान्छ । त्यसैले जति धेरै पानी खायो त्यति नै पानी सहजै निस्किन्छ । त्यति गर्यो भने न पिसाब पोल्छ न गाह्रो हुन्छ, न दुख्छ । पानी धेरै पिउँदा पिसाबमा आउन सक्ने समस्याको ९० प्रतिशत समस्या समाधान हुन्छ । पिसाब पोल्ने, धमिलो आउने, गनाउने भयो भने जाँच गर्ने र औषधि खाने गर्नुपर्छ ।

(प्रस्तुति : पुष्पाञ्जली बस्नेत)

प्रकाशित मिति : २ मंसिर २०७९, शुक्रबार  ७ : ४१ बजे

धनगढीमाईमा बालबालिकामा कुपोषणको अवस्थाबारे जाँच सुरु 

गोलबजार– सिरहाको धनगढीमाई नगरपालिकाले बालबालिकामा कुपोषणको अवस्थाबारे जाँच सुरु गरेको

कालिन्चोक दर्शनको आईपीओ बाँडफाँड

काठमाडौं– कालिञ्चोक दर्शनले सर्वसाधारणलाई बिक्री खुलाएको साधारण सेयर बिहीबार बाँडफाँड

म्याग्दीबाट बीस करोडको सुन्तला निकासी 

म्याग्दी– म्याग्दी जिल्लाबाट यस वर्ष रु २० करोड मूल्य बराबरको

रास्वपाको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बस्दै

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति र संसदीय दलको संयुक्त

स्रष्टाको सम्मानले राष्ट्रको गरिमा बढ्छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले स्रष्टाको सम्मानले राष्ट्रको गरिमा