यसपटक पनि नोट चल्यो, भोट चलेन ! | Khabarhub Khabarhub

बञ्चित मतदाता

यसपटक पनि नोट चल्यो, भोट चलेन !

वर्षौवर्षदेखि मतदानबाट बञ्चित विदेशमा रहेका नेपाली


२ मंसिर २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – मंसिर ४ गतेको संसदीय चुनावका लागि भोट हाल्न केवल ४८ घण्टा बाँकी छ। तर यसपटक पनि विदेशमा रहेका नेपालीले भने भोट हाल्न नपाउने भएका छन्। यसपटकको चुनावका लागि पनि निर्वाचन आयोग, राजनीतिक दल तथा कुनै पनि सरकारी निकायले उनीहरुको भोटका बारेमा चासो, चिन्ता, बहस र छलफल गरेको देखिएन।

विदेशमा रहेका नेपाली वर्षौँदेखि मतदानबाट वञ्चित छन्। यसरी वञ्चित भएको पनि वर्षौवर्ष भयो। तर पनि अहिलेसम्म यसबारे कसैले चासो र चिन्ता बोकेको देखिएको छैन। पछिल्लो तीन महिना मात्रै विदेशमा रहेका नेपालीले झन्डै तीन खर्ब रेमिट्यान्स पठाएका थिए।

नेपालको आर्थिक अवस्था कमजोर हुँदा विदेशमा रहेका नेपालीले पठाएको रेमिट्यान्सले नै देश श्रीलंका हुनबाट जोगिएको थियो। तर पनि उनीहरुको देन अहिलेसम्म कहीँ कतै चुनावमा मतदान अधिकार प्रयोग गर्नमा कोही जिम्मेवार देखिँदैनन्।

यसले विदेशमा रहेका नेपालीको मन त कुँडिएको छ नै स्वदेशमा रहेका राजनीतिक दल, आम सरोकारवाला, अभियन्ता र निर्वाचन आयोगको भूमिकामाथि पनि प्रश्न उठाएको छ। केही समय पहिले विवेकशील नेपाली पार्टीले विदेशमा रहेका नेपालीको मतदान अधिकार सुनिश्चित गर्नुपर्ने माग राख्दै प्रदर्शन गर्ने गरेको थियो।

मौन अवधि सुरु हुँदा पनि विदेशमा रहेका नेपालीबारे कसैले बोल्न सकेको छैन। यो सबैभन्दा ठूलो विडम्बनाको विषय हो।

यो मुद्दा उनीहरुले वर्षौँ वर्ष उठाएका थिए। जुन मुद्दा सर्वोच्च अदालतमा पनि पुग्यो। तर अदालतबाट यसको फैसला हुन सकेको छैन। हरेक वर्ष केही न केही चुनाव आउँछ। पाँच वर्ष देश बदल्ने र बनाउने सपना बोकेकाहरुले चुनावमा भाग लिन्छन्।

तर विदेशमा रहेका नेपालीले भने भोट दिन पाउँदैनन्। उनीहरुको कारण देशको अर्थतन्त्र धानिएको छ। गाउँघरमा परिवारको छाक टारिएको छ। तर पनि विदेशमा रहेका नेपालीबाट आफ्नै मताधिकारको प्रयोग भएको छैन।

देशका ठूला भनिएको कांग्रेस, एमाले, माओवादी भनिएका पार्टीले अहिले पनि विदेशमा रहेका नेपालीको बारेमा गम्भीर मुद्दा बनाउन सकेका छैनन्। उनीहरुले अहिले पनि केवल आफ्ना लागि, आफ्नो पार्टीका लागि र स्वदेशमा रहेका सोझा साझा जनताका लागि मात्रै आश्वासन छरिरहेका छन्।

यसले आफ्नो भोट हाल्ने विदेशमा रहेका नेपालीको अधिकार हनन गरेको छ। कम्तीमा क्रमिक रुपमा विभिन्न देशमा रहेका नेपालीको मतदान अधिकार सुरक्षित गर्नुपर्नेमा त्यतातिर ध्यान नजानु दुःखद हो। यसपटकको चुनावको लागि मौन अवधि सुरु भएको छ।

मौन अवधि सुरु हुँदा पनि विदेशमा रहेका नेपालीबारे कसैले बोल्न सकेको छैन। यो सबैभन्दा ठूलो विडम्बनाको विषय हो।

प्रकाशित मिति : २ मंसिर २०७९, शुक्रबार  ११ : ०७ बजे

सूचनाको हकका लागि राष्ट्रिय महासंघ गण्डकीको अध्यक्षमा राजबहादुर गुरुङ

पोखरा– सूचनाको हकका लागि राष्ट्रिय महासंघ, गण्डकी प्रदेश समितिको अध्यक्षमा

ट्रम्पले हेगमा भने, ‘इरानमाथिको हमला हिरोशिमा र नागासाकीको जस्तै थियो

हेग- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि अमेरिकी आक्रमणको तुलना दोस्रो

एमाले नेता थापा भन्छन् : पार्टीमा समस्या छैन, जनताको विश्वास बढ्दै गएको छ

धनगढी– नेकपा एमालेका केन्द्रीय सदस्य तथा संगठन विभाग सदस्य लालबहादुर थापाले

अर्थतन्त्र चलायमान बनाउन महिलाको भूमिका महत्त्वपूर्ण : उपप्रधानमन्त्री सिंह

काठमाडौं– उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले देशको अर्थतन्त्र चलायमान

अछामको बयलपाटा अस्पताललाई जापानको सहयोग

काठमाडौं– जापान सरकारले अछामको बयलपाटा अस्पताललाई विभिन्न चिकित्सा उपकरण हस्तान्तरण