मौन अवधिमा आचारसंहिता विपरीत किसान र सोनलको घरदैलो « Khabarhub

मौन अवधिमा आचारसंहिता विपरीत किसान र सोनलको घरदैलो


२ मंसिर २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

बारा – बारामा मंसिर ४ गते हुने निर्वाचनको स्थिर समय (मौन अवधि)मा आचारसंहिता विपरीत उम्मेदवारहरूको घरदैलो भएको छ। बाराको क्षेत्र नम्बर ४ मा पर्ने परवानीपुर गाउँपालिका ३ लिपनीमालमा आचारसंहिता विपरीत घरदैलो कार्यक्रम भएको हो।

सता गठबन्धनका तर्फबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार कृष्णकुमार श्रेष्ठ (किसान) र प्रदेशसभा सदस्य (ख) का उम्मेदवार जितेन्द्र सोनलले शुक्रबार बिहान घरदैलो गरेका हुन्। करिब एक सयभन्दा बढी नेता कार्यकर्ताको सहभागितामा घरदैलो भएको स्थानीयवासीले बताएका छन्।

बिहीबार मध्यरात १२ बजेबाट चुनाव प्रचारप्रसारमा रोक लगाइएको छ। तर, यसको उल्लङ्घन गर्दै किसान र सोनलले शुक्रबार बिहान घरदैलो कार्यक्रम गर्दै मत मागिरहेका छन्।

यसबारे खबर पाएको प्रहरीले आचारसंहिता विपरीतका कार्य रोक्न बताएको छ। घरदैलो कार्यक्रम भइरहेको जानकारी आएको बताएका बाराका प्रहरी उपरीक्षक होविन्द्र बोगटीले घरदैलो कार्यक्रम रोक्नलाई प्रहरी निरीक्षकको कमान्डमा प्रहरी परिचालन गरेको बताए।

प्रकाशित मिति : २ मंसिर २०७९, शुक्रबार  ११ : ०२ बजे

भारतीय प्रधानमन्त्री मोदीलाई प्रधानमन्त्री शाह र सभापति लामिछानेको बधाई

काठमाडौं – सार्वजनिक जीवन यात्राको २५औँ वर्षगाँठ मनाइरहेका भारतीय प्रधानमन्त्री

प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब नाघ्यो

काठमाडौं – रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप

भव्य रह्यो ‘मिस ग्ल्याम वर्ल्ड नेपाल २०२६’ को अडिसन

काठमाडौं – राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिस ग्ल्याम वर्ल्ड नेपाल–२०२६’ को

दार्जिलिङमा गीतकार आर.बी. खड्काको ‘फर्केर हेर्दा’ भव्य रूपमा लोकार्पण

दार्जिलिङ – गीतकार आर.बी. खड्काद्वारा रचित गीतसङ्ग्रह ‘फर्केर हेर्दा’ भारतको

भ्रष्टाचार नियन्त्रण गर्न सक्ने कांग्रेस बनाउन केन्द्रीय सदस्यमा मेरो उम्मेदवारी : निर्मला बास्ताकोटी

काठमाडौँ – नेपाली कांग्रेसकी नेत्री निर्मला बास्ताकोटीले भ्रष्टाचार नियन्त्रण गर्न