खोटाङमा निर्वाचनको तयारी अन्तिम चरणमा | Khabarhub Khabarhub

खोटाङमा निर्वाचनको तयारी अन्तिम चरणमा


२ मंसिर २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

खोटाङ – खोटाङमा निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको छ । ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि मतदानस्थल पुगेका कर्मचारी र सुरक्षाकर्मीले मतदानको आवश्यक तयारी गरिरहेका छन् । निर्वाचनका लागि खोटाङका १३६ मतदान स्थल, १९४ मतदान केन्द्र र दुई वटा अस्थायी मतदान केन्द्रमा एक हजार ५५८ कर्मचारी खटिएका मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत रामाकान्त यादवले बताए ।

बिहिबार मतदानस्थल पुगेका मतदान अधिकृत, सहायक मतदान अधिकृत लगायतको टोलीले मतदान स्थल क्षेत्रमा मदिरा निषेध, हातहतियार निषेध, चुनावी प्रचार–प्रसार निषेध एवं शान्ति भंग गर्न नहुने सुचना टाँस गर्दै निर्वाचनका लागि सर्वदलीय बैठक राखेर आचार संहिता बनाइसकेका छन् ।

मतदान स्थलमा निर्वाचन आयोगको ढाँचा अनुसार प्रवेश तथा बाहिर निस्कने द्धार, मतदाता उभिने घेराबारा, कर्मचारी बस्ने ठाउँ, गोप्य मतदान कक्ष, मत पेटिका राख्ने लगायतका संरचना बनाउने काम भइरहेको छ । गर्भवती एवं सुत्केरी, अशक्त बिरामी, ज्येष्ठ नागरिक र अपांगता भएका व्यक्तिका लागि अलग्गै ठाउँ बनाइने सरस्वती मावि दिक्तेल मतदान केन्द्र ९ख०की सहायक मतदान अधिकृत इरन राईले बताइन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार मत पेटिकालाई मुख्य निर्वाचन अधिकृतको कार्यालयसम्म ल्याउनका लागि दुई वटा संकलन केन्द्र निर्धारण गरेर सवारी साधनमार्फत मत पेटिका ल्याउने तयारी गरिएको छ । जिल्लामा ७७८ मत पेटिकाको प्रयोग हुने सहायक निर्वाचन अधिकृत यादवले बताए ।

मत गणनास्थल पनि तयार

निर्वाचन सामग्री सहितका कर्मचारी पठाइए लगत्तै मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मत गणनास्थल निर्माण गरिएको छ । जिल्ला अदालतका तीन ठाउँमा मतगणना स्थल तयार पार्न सुरु गरिएको हो । मतदानका लागि सुरक्षा व्यवस्था चुस्त पारिएको प्रशासनले जनाएको छ ।

मतदानस्थलको पहिलो घेरामा नेपाल प्रहरी, दोश्रो घेरामा सशस्त्र प्रहरी र सवैभन्दा बाहिरको घेरामा नेपाली सेना बस्ने प्रवन्ध मिलाइएको प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेडाईले बताए । निर्वाचनको सुरक्षार्थ एक हजार आठ सयको हाराहारीमा सुरक्षाकर्मी परिचालित भएका छन् ।

निर्वाचनमा स्वतन्त्र सहित नौ दलका २६ उम्मेदवार चुनावी मैदानमा छन् । प्रतिनिधिसभा सदस्यमा आठ, प्रदेशसभा (क)मा १० जना र प्रदेशसभा (ख)मा छ जना उम्मेदवार छन् । आसन्न निर्वाचनमा खोटाङका एक लाख ४२ हजार ७९२ मतदाताले मताधिकार उपयोग गर्ने निर्वाचन कार्यालयले जनाएको छ ।

-न्युज कारखाना

प्रकाशित मिति : २ मंसिर २०७९, शुक्रबार  ८ : २४ बजे

बङ्गलादेशमा चट्याङ लागेर १४ जनाको मृत्यु

ढाका – आइतबार बङ्गलादेशका विभिन्न क्षेत्रमा आएको आँधी र चट्याङका

कसरी सम्भव भयो युद्धविराम ? भारत–पाक मिलाउने ट्रम्प कि ओली ?

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार उदेकलाग्दो भाषण गरे ।

ठिमीमा जेसुम यात्रा: संस्कृति र सम्पदा उजागर गर्ने प्रयास

भक्तपुर – ‘जेसुम यात्रा’ स्थानीय सम्पदा र संस्कृृतिलाई सृजनाका माध्यमबाट

रुकुमपश्चिम दुर्घटना अपडेट : थप एक जनाको मृत्यु

रुकुमपश्चिम – सानीभेरी गाउँपालिका–१० अमलाटाकुरीस्थित सिम्लीबाट तिमिले जोड्ने भित्री सडकखण्डमा

सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्नुपर्छ : उपेन्द्र यादव

 मोरङ– जनता समाजवादी पार्टी, नेपालका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले जनताले