काठमाडौँ उपत्यकाकाको सुरक्षा व्यवस्थामा कडाइ « Khabarhub

काठमाडौँ उपत्यकाकाको सुरक्षा व्यवस्थामा कडाइ


२ मंसिर २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – यही ४ गतेको चुनाव प्रभावित पार्ने उद्देश्यले काठमाडौँका विभिन्न चार स्थानमा राखिएका शङ्कास्पद वस्तु हटाइएकोे छ । निर्वाचनको पूर्वसन्ध्यामा तर्साउनका लागि राखिएको नक्कली वस्तु आज हटाइसकिएको काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक सीताराम रिजालले जानकारी दिए ।

उनका अनुसार ती सबै वस्तु नक्कली रहेको र नेपाली सेनाको बम डिस्पोजल टोलील हटाएको हो । उहाँले ती वस्तुहरू आज ललितपुरको एकान्तकुना, काठमाडौँको तारकेश्वर नगरपालिका–१, भत्केको पुल नजिक र अर्को बूढानीलकण्ठको स्पेसलचोकमा फेला परेको जानकारी दिए ।

गए रातिदेखि नै निर्वाचनको मौन अवधि सुरु भएसँगै प्रहरीले सुरक्षा व्यवस्था चुस्त पारेको उनले बताए । उनले उपत्यकाको तीन जिल्ला (काठमाडौँ, ललितपुर र भक्तपुर)मा कूल पाँच हजार चार सय ७३ म्यादी र र चार हजारमाथि नेपाल प्रहरी निर्वाचनका लागि खटिएका जानकारी दिए ।

नियमित सुरक्षामा तीन हजारभन्दा बढी परिचालित रहेका छन् । अझै निर्वाचनमा सुरक्षा जनशक्ति बढाउने क्रममा रहेका पनि उनले बताए ।

प्रकाशित मिति : २ मंसिर २०७९, शुक्रबार  १० : १९ बजे

ओली भन्छन् : भदौ २३ को घटनामा मैले गोली चलाउने आदेश दिएको होइन

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवं तत्कालीन

हिमपातपछि माथिल्लो मुस्ताङको जनजीवन प्रभावित

मुस्ताङ – मङ्गलबार रातिदेखि परेको भारी हिमपातका कारण माथिल्लो मुस्ताङको

टाइगर कप भलिबल : न्यू डायमण्ड र पुलिस फाइनलमा

कास्की – पोखरामा जारी छैटौँ संस्करणको टाइगर कप राष्ट्रिय तथा

बाहिरियो वर्षा गराउने प्रणाली

काठमाडौं – मङ्गलबार साँझदेखि सक्रिय भएर देशका धेरै ठाउँमा वर्षा

मिथिला चित्रकला तालिम काठमाडौंमा सुरु

काठमाडौं – काठमाडौंमा मिथिला चित्रकलाको चारदिने प्रयोगात्मक तालिम सुरु भएको