विश्वकप फुटबलको फाइनलमा आज अर्जेन्टिना र फ्रान्सको भिडन्त « Khabarhub

विश्वकप फुटबलको फाइनलमा आज अर्जेन्टिना र फ्रान्सको भिडन्त


३ पुस २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


240
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – २२ औं संस्करणको कतार फिफा विश्वकपको फाइनलमा आज अर्जेन्टिना र फ्रान्सबीच प्रतिस्पर्धा हुँदैछ।

मोरोक्कोलाई पराजित गर्दै फ्रान्स र क्रोएसियालाई पराजित गर्दै अर्जेन्टिनाले विश्वकप फाइनलमा भेट पक्का गरेका हुन्। अर्जेन्टिना र फ्रान्सबीचको विश्वकप फाइनललाई रोचक खेलको रुपमा हेरिएको छ।

अर्जेन्टिनाले यसअघि सन् १९७८ र १९८६ गरेर दुई पटक विश्वकपको उपाधि उचालेको छ। सन् १९३०, १९९० र २०१४ मा फाइनल पुगेर अर्जेन्टिना घर फर्किएको थियो। दुई पटक उपाधि उचालेको अर्जेन्टिनाले पाँच पटक विश्वकपको फाइनल खेलेको छ।

छैटौं पटक फाइनल खेल्न पुगेको अर्जेन्टिना कप्तान लियोनल मेस्सीको नेतृत्वमा विश्वकप उपाधि उचालेर विश्व फुटबलमा आफ्नो नाम लेखाउन चाहन्छ। उमेरका कारण मेस्सीले अर्को विश्वकप खेल्ने वा नखेल्ने टुंगो नभएकाले पनि अर्जेन्टिनालाई यो विश्वकप जित्नैपर्ने दबाब छ। तर उपाधिका लागि अर्जेन्टिनाले साविक विजेता फ्रान्सलाई पराजित गर्नुपर्नेछ।

मोरोक्कोलाई २-० गोल अन्तरले पराजित गर्दै फाइनल पुगेको फ्रान्स लगातार दोस्रो पटक विश्वकप उपाधि उचाल्ने दाउमा छ।

सन् १९९८ र २०१८ विश्वकप उपाधि उचालेको फ्रान्स सन् २००६ मा भएको विश्वप फाइनलमा इटालीसँग पराजित भएको थियो। फ्रान्सले अर्जेन्टिनालाई पराजित गर्दै लगातार विश्वकप उपाधि उचालेको रेकर्ड बनाउने सपना बनाएको छ।

अर्जेन्टिना र फ्रान्सबीचको विश्वकप फुटबल फाइनल आइतबार राति ८:४५ बजे लुसिल स्टेडियममा हुनेछ।

तेस्रो स्थानका लागि भएको प्रतिस्पर्धामा मोरोक्कोलाई २-१ गोल अन्तले पराजित गर्दै क्रोएसियाले उपाधि जितेको छ।

प्रकाशित मिति : ३ पुस २०७९, आइतबार  ६ : २४ बजे

द्वन्द्व व्यवस्थापनमा विश्वले नेपालबाट सिक्न सक्छ : वर्षमान पुन 

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीका नेता वर्षमान पुन अनन्तले नेपालको शान्ति

विदेश जाने श्रमिकको स्वास्थ्य परीक्षण गर्ने १ सय ७१ स्वास्थ्य संस्थाको सूची सार्वजनिक

काठमाडौं– श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीमा जाने

कुलमानले भने- ढुक्क हुनुस्, तोकिएकै मितिमा निर्वाचन हुन्छ

जनकपुरधाम– भौतिक पूर्वाधार तथा यातायातमन्त्री कूलमान घिसिङले घोषित मितिमै प्रतिनिधिसभा

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि १ अर्ब ८९ करोड ४६ लाख बजेट पारित 

काठमाडौं– पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको दसौँ सभा सम्पन्न भएको छ

काठमाडौंमा ‘एआई फर इन्क्लुसिभ ग्रोथ’ प्री- समिट सम्पन्न, ४०० भन्दा बढी सहभागी

काठमाडौं- भारतीय राजदूतावास र एआई एसोसिएसन अफ नेपालले संयुक्त रूपमा