आजको मौसम : देशभर चिसो बढ्यो, तराईमा हुस्सु, हिमालमा हिमपात « Khabarhub

आजको मौसम : देशभर चिसो बढ्यो, तराईमा हुस्सु, हिमालमा हिमपात


३ पुस २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भारतको बिहारमा रहेको न्यून चापीय प्रणालीको प्रभाव नेपालमा परेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार न्यून चापीय प्रणालीका कारण मुलुकका केही क्षेत्रमा वर्षाको सम्भावना पनि छ।

दिउँसो प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनीमा आंशिकदेखि सामान्य बदलीको सम्भावना छ। प्रदेश १, बागमती र गण्डकीका पहाडी भूभागको एक(दुई स्थानमा हल्का वर्षाको पनि आकलन महाशाखाले गरेको छ।

त्यस्तै, प्रदेश १, बागमती र गण्डकीका उच्च पहाडी भूभागका एक-दुई स्थानमा हल्का हिमपातको पनि प्रक्षेपण गरिएको छ।

राति प्रदेश १, बागमती र गण्डकीका उच्च पहाडी भूभागका एक-दुई स्थानमा हल्का हिमपातको आकलन गरिएको छ।

सोमबार प्रदेश १, बागमती र गण्डकीका पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। प्रदेश १, बागमती र गण्डकीका उच्च पहाडी भूभागको एक(दुई स्थानमा हल्का हिमपातको पनि आकलन महाशाखाले गरेको छ।

तराईका केही भूभागमा बिहानदेखि नै हुस्सु लागेको छ। पूर्व र पश्चिम तराईका केही स्थान तथा मध्य तराईका धेरै स्थानमा हुस्सु लागेको महाशाखाले जनाएको छ।

 

प्रकाशित मिति : ३ पुस २०७९, आइतबार  ६ : ५० बजे

दसैँ बिदामा १५ हजार बढीबाट हेटौँडास्थित शहीद स्मारकको अवलोकन

बागमती– बागमती प्रदेशको राजधानी हेटौँडास्थित शहीद स्मारकको यस वर्षको दसैँ

ह्यारी केनले जिते बालोन डी’ओर अवार्ड

काठमाडौँ– इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्टार स्ट्राइकर

बाढीपहिरोले पाइपलाइन बगाएपछि बेनीमा खानेपानीको समस्या

म्याग्दी- म्याग्दीको सदरमुकाम बेनी बजारमा खानेपानीको अभाव हुन थालेको छ

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

सामूहिक फूलखेतीबाट आम्दानी गर्दै शिवसताक्षीका महिला

झापा– पहेँलपुर बनेको बारी, ढकमक्क फुलेका सयपत्री फूल । झापाको