महाभारत र खानीखोलाका तेत्तीस सय घरमा विद्युत पुर्‍याइँदै « Khabarhub

महाभारत र खानीखोलाका तेत्तीस सय घरमा विद्युत पुर्‍याइँदै


३ पुस २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काभ्रेपलाञ्चोक – जिल्लाको डाँडापारिस्थित दक्षिणी क्षेत्रका महाभारत र खानीखोला गाउँपालिकाको तीन हजार तीन सय परिवार बिजुलीको उज्यालोमा बस्न पाउने भएका छन्। यसका लागि नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय प्रसारण लाइनबाटै दुई गाउँपालिकाको बासिन्दालाई बिजुली पुर्‍याउन धामाधम काम भइरहेको छ।

दुई गाउँपालिकाका स्थानीयलाई बिजुलीको उज्यालो दिलाउन तत्कालीन सरकारले रु एक अर्ब ५६ करोड रकम विनियोजन गरी विद्युतीकरणको काम सुरु गरिएको थियो। तत्कालीन अवस्थामा जिल्लास्थित प्रतिनिधिसभा र प्रदेशसभा सदस्यमा निर्वाचितलाई सम्मानार्थ महाभारतको बनखुमा आयोजित कार्यक्रममा स्थानीय जनप्रतिनिधिले पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाललगायतका नेतालाई दुई गाउँपालिकामा बिजुलीको मागपत्र पेस गरेका थिए। सोही मागका आधारमा सरकारद्वारा विद्युतीकरणको रकम विनियोजन गरिएको थियो।

रकम अपुग भएका कारण आयोजना सम्पन्न गर्न थप रु ३० करोड माग गरी विद्युतीकरणको कामलाई अन्तिम चरणमा पुर्‍याइएको महाभारत गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बाले बताए। उनका अनुसार महाभारत गाउँपालिकाको वडा नं ३ फोक्सिङटार, ४ र ५ स्थित बुढाखानीका सबै घरमा बिजुलीबत्ती बल्ने गरी सबै काम हालै सम्पन्न भएको छ।

गाउँपालिकाले घरमा जडान गर्ने मिटर खरिदका लागि एक हजार अनुदानसमेत उपलब्ध गराएको जिम्बाले बताए। उनका अनुसार हाल तीनवटा वडाका लागि एक हजार तीन सय घरधुरीका लागि मिटर पुर्‍याइएको छ भने हाल घर–घरमा वायरिङको कार्य भइरहेको छ। हाल शाखा लाइन विस्तारको कार्य अन्तिम चरणमा पुगेको छ।

महाभारत गाउँपालिकामा तीन हजार तीन सय घरधुरी छन्। सबै घरमा बिजुली, खानेपानी पुर्‍याउने गरी कार्य भइरहेको गाउँपालिका प्रमुख जिम्बाले बताए। यस प्रसारण लाइनबाट खानीखोलाको दुईवटा वडाका बासिन्दा लाभान्वित हुने जनाइएको छ।

महाभारत गाउँपालिका–१ का वडाध्यक्ष एवं गाउँपालिकाका प्रवक्ता कान्छामान जिम्बाका अनुसार यही वर्षभित्र सबै घरमा बिजुली बत्ती बालिसक्ने गरी कामलाई तीव्रता दिइएको छ। केन्द्रीय प्रसारण लाइन नभएका कारण उक्त गाउँपालिकामा उद्योग, कलकारखाना सञ्चालन गर्न सकिएको थिएन। यसअघि लघु जलविद्युत्, सोलार तथा अन्य वैकल्पिक उपायबाट घरमा बत्ती बाल्दै आइएको थियो।

प्रकाशित मिति : ३ पुस २०७९, आइतबार  ९ : २३ बजे

फिफा विश्वकप : कंगोविरुद्ध पोर्चुगललाई सुरुवाती अग्रता

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत आफ्नो पहिलो खेलमा पोर्चुगलले

चीन भ्रमण सकेर परराष्ट्रमन्त्री खनाल स्वदेश फिर्ता

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनाल चीनको चारदिने औपचारिक भ्रमण सम्पन्न

इरान-अमेरिका द्वन्द्वपछि युएईका एयरलाइन्सले घोषणा गरे विस्तारित यात्रा बीमा योजना

काठमाडौँ । मध्यपूर्वमा जारी द्वन्द्वको प्रभावपछि यात्रुलाई आकर्षित गर्न संयुक्त

तुइन खोलामा पहिरो, नारायणगढ-मुग्लिन सडक एकतर्फी अवरुद्ध

काठमाडौँ । नारायणगढ– मुग्लिन सडकखण्ड अन्ततर्गत तुइन खोलामा पहिरो खस्दा

सरकारलाई ‘पापड’को खबरदारी

काठमाडौं । शान्ति र लोकतन्त्रका लागि पेसागत सञ्जाल (पापड) ले