चीनसँग द्वन्द्व चाहन्नौँ : अमेरिकी राष्ट्रिय सुरक्षा परिषद्का सञ्चार संयोजक किर्बी « Khabarhub

चीनसँग द्वन्द्व चाहन्नौँ : अमेरिकी राष्ट्रिय सुरक्षा परिषद्का सञ्चार संयोजक किर्बी


३ पुस २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अमेरिकी राष्ट्रिय सुरक्षा परिषद् (एनएससी) का रणनीतिक सञ्चार संयोजक जोन किर्बीले चीनसँगको सुरक्षा चुनौती स्वीकार्दै वासिङ्टनले बेइजिङसँग द्वन्द्व नचाहेको बताएका छन् ।

किर्बीले अमेरिकी प्रसारक भ्वाइस अफ अमेरिका (भीओए) लाई दिएको अन्तर्वार्तामा भने, “चीनले पनि विश्वको सुरक्षा वातावरणमा परिवर्तन ल्याउँदै आएको छ । आजभोलि, हामीले चीनलाई रणनीतिक प्रतिस्पर्धीको रूपमा हेर्छौं भन्ने चर्चा सुनिन्छ तर हामी चीनसँग द्वन्द्व होस्र भन्ने चाहँदैनौं ।”

वासिङ्टन र बेइजिङबीचको प्रतिस्पर्धालाई व्यवस्थित गर्न अमेरिकी विदेश मन्त्रालयले नयाँ अफिस अफ चाइना कोअर्डिनेसन स्थापनापछि ह्वाइट हाउसका अधिकारीले चीनबारे यस्तो टिप्पणी गरेका हुन् ।

शुक्रबार अमेरिकी विदेशमन्त्री एन्टोनी जे ब्लिन्केनले अनौपचारिक रूपमा चाइना हाउसको नामले चिनिने अफिस अफ चाइना कोअर्डिनेसन नामक नयाँ कार्यालयको उद्घाटनको अध्यक्षता गरेका थिए ।

चाइना हाउसले अमेरिकी सरकारले जनगणतन्त्र चीनसँग हाम्रो प्रतिस्पर्धालाई जिम्मेवारीपूर्वक व्यवस्थापन गर्न र खुला, समावेशी अन्तर्राष्ट्रिय प्रणालीको लागि हाम्रो दृष्टिकोणलाई अगाडि बढाउन सक्षम रहेको सुनिश्चित गर्ने जनाइएको छ ।

विज्ञप्तिमा भनिएको छ, “चाइना हाउसले सुरक्षा, आर्थिक, प्राविधिक, कूटनीतिक र रणनीतिक मुद्दाहरूमा काम गर्न विदेश विभागभरिका चिनियाँ विशेषज्ञहरूको एक समूहलाई एकसाथ भेला गर्नेछ ।’’

सुधारिएको समन्वयले विदेश मन्त्रालयको नीतिलाई अझ सुसङ्गत बनाउने र अमेरिकालाई सहयोगी र साझेदारहरूसँग अझ गहिरो रूपमा संलग्न हुन अझ राम्रो स्थितिमा पु¥याउने विज्ञप्तिमा उल्लेख गरिएको छ ।

अमेरिकी विदेश मन्त्रालयका प्रमुख उपप्रवक्ता वेदान्त पटेलले बिहीबार आयोजित पत्रकार सम्मेलनमा बाइडेन प्रशासनले जनगणतन्त्र चीनसँग रणनीतिक प्रतिस्पर्धाको अवस्था र दायरालाई अमेरिकाले मान्यता दिएकाले चाइना हाउस सुरु गरेको बताएका थिए ।

“चाइना हाउस विदेशमन्त्री ब्लिन्केनको आधुनिकीकरणको एजेन्डाको प्रमुख हिस्सा हा र यसले हाम्रा कूटनीतिज्ञहरूलाई २१ औं शताब्दीका चुनौतीहरूको सामना गर्न मद्दत गर्नेछ,” उनले भने ।

प्रकाशित मिति : ३ पुस २०७९, आइतबार  १ : ४० बजे

नोबेल शान्ति पुरस्कार नपाएपछि ट्रम्पले भने : नर्वे वास्तवमै फोहोर राज्य बन्यो

पोर्ट ह्युरन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नर्वेका आप्रवासीलाई अमेरिकामा

विदेश पठाउन लागिएको एक हजार प्याकेट चुरोट बरामद

काठमाडौं – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको कार्गो कम्प्लेक्स भवनबाट आवश्यक कागजपत्रबिना

स्थानीय फूललाई प्राथमिकता दिनुपर्छ : महामन्त्री पौडेल

तनहुँ – नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले तिहारमा स्वदेशमै उत्पादन

बसको ठक्करबाट महिलाको मृत्यु

पाल्पा – बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।

दसैँमा सवारी दुर्घटनाबाट १२४ जनाको मृत्यु, दुई हजार ९८८ घाइते

काठमाडौं – दसैँको अवधिमा देशभर भएका सवारी दुर्घटनामा परी १२४