सदाचारबाट आदर्श समाज | Khabarhub Khabarhub

सदाचारबाट आदर्श समाज



हामी पूर्वीय दर्शनमा धेरै विश्वास गर्छौँ । ‘नीतिले कमाऊ, रीतिले बाँच र प्रीतिले बाँच्न देऊ’ पूर्वीय दर्शनको मूल मान्यता हो । यस्ता नीति, दर्शनहरु हिजोआज व्यवहारमा देखिन छोडेको छ ।

मानिसमा हुनुपर्ने प्रमुख गुण भनौँ सम्पति भनेकै नैतिकता, सदाचार र इमान्दारिता नै हो । यसैबाट सामाजिक, आर्थिक, राजनैतिक जीवन शुद्ध हुन्छ र यस्तै समाजले देशको समग्र चरित्र चित्रण हुने गर्छ । हाम्रो मुलुकले सदाचार, नैतिकता, इमान्दारिता र सुशासनको नारा लिएको वर्षौँ भइसक्यो ।

तर सदाचारको उल्टो भ्रष्टाचार घट्नुको सट्टा बढेको देखिन्छ । दिनानुदिनको कुरुप अवस्थाले यसो भन्न बाध्य गराएको छ । चीनका राष्टृपतिले यहाँको भ्रमणमा मुख खोलेरै भनेका थिए, जनप्रतिनिधिको इमान्दारिता, वचनप्रतिको प्रतिबद्धता र देशैभरि सुशासन ।

भ्रष्टाचारप्रतिको अन्तर्राष्ट्रिय दिवस ९ डिसेम्बर मार्ग २३ मनाइरहँदा हाम्रो राज्यका संयन्त्रहरुले पनि यस्तै आदर्शका अभिव्यक्तिहरु दिएका छन् । नेपाल भ्रष्टाचार विरुद्धको संयुक्त राष्टृ संघीय अभियानको पक्ष राष्ट्र हो ।

सन् २००३ मा युएनओले युएनसिएसि पारित गरेको र यस वर्ष विश्भरि नै युएनओको नारा ‘युनाइटिङ दि वल्र्ड एगेनष्ट करप्सन’ भन्ने आदर्श वाक्य छ भने नेपालले भ्रष्टाचार विरुद्धको शून्य सहनशीलता र सुशासनमा जोड दिएका प्रसंगहरु बाहिर आएका छन् ।

साथै भ्रष्टाचार विरुद्धको अभियानमा निरोधात्मक, प्रवद्र्धंनात्मक, उपचारात्मक कानुनको परिकल्लना, सार्वजनिक खरिद प्रणालीमा शुद्धता, राज्यका सबै अँगहरुमा पारदर्शिता, जवाफदेहिता, स्वस्थ अनि समतामूलक समाज निर्माणको परिकल्पना अनि यसैबाट रोजगारी सिर्जना, दिगो विकासको लक्ष हासिल गर्ने, लैँगिक समन्वय, स्वच्छ अनि पारदर्शी कर्मको परिकल्पना पनि गरेको देखिन्छ ।

सुदूर अतीतका कुरा
सृष्टिको उषाकालमा हालकोझैँ विश्वव्यापी संयन्त्रहरु र राज्य व्यवस्था थिएन । हालको जस्तो सामाजिक परिवेश पनि थिएन, समाजको बनौट नै फरक थियो !

इतिहासमा न आजका जस्ता कानून वा आजका जस्ता जनता नै थिए ! दण्ड सजाय, दण्डाधिकारी पनि कोही नहुने । धर्मको आधारमा समग्र परिवेश आफै परिचालित हुने, वैदिक परम्परा, ईश्वरीय एक मात्र सत्ता धेरै कालसम्म रहिरह्यो । विस्तारै समूह, समाज निर्माण हुँदै आयो र कर्तव्य अकर्तव्यको बोध हुँदै कानुनहरु बन्न थाले मानव निर्मित कानुन ।

र, पछि समाजले ईश्वरीय, नैतिक कानुनमा धावा बोल्न थाल्यो, समाज विरुप हुँदै आयो, खासगरी अधिकार प्राप्त व्यक्तिले आप्mनो स्वेच्छाले कानुनको विवेचना गर्न थाल्यो, हाल त पद, प्रतिष्ठाको जताततै दुरुपयोग भएको हाम्रै आँखाले देखिरहेका छौँ । आफन्त र ठूलाको आडमा बेखवर छ व्यक्ति, समाज भनौँ धेरै परिवेश । नैतिक मूल्य र मान्यता विपरित कामहरु हुन थालेका छन् !

नीतिले शासन व्यवस्था पनि चल्नै छाड्यो, नीतिगत भ्रष्टाचारका कुरा छरपष्ट नै छन् समाजमा । मानवको उद्देश्य धर्म, अर्थ, काम र मोक्ष हो त्यो बिर्सिएको अबस्था छ, केवल पैसा, पद, प्रतिष्ठा, पुत्र, पुत्री परिबार मोहले सदाचारको शब्द केवल शब्द कोषमा मात्र खोज्नु पर्ने अबस्था छ ।

जीवन सञ्चालनार्थ कृषि, गोरक्षा र सत्यकै धरातलमा अडेर वाणिज्य, व्यापार, समाजको सेवाको परिकल्पनालाई छोडेर कमिसन मोहमा परेको छ समाज आज । आर्थिक लेनदेन मात्र नगर्नु सदाचार होइन किन्तु समयको परिपालना नगर्नु पनि भ्रष्टाचारभित्रै नै पर्छ, समयमा सेवा प्रवाह नगर्नु, न्याय निरुपण समयमै नहुनु धेरै विषय छन् यसको दायरामा आउने । सार्वजनिक प्रशासनका गुरुहरुले भनेका छन् कुनै खराव काम गर्नु मात्र भ्रष्टाचार नभएर गर्नु पर्ने काम नगर्नु पनि भ्रष्टाचार हो ।

शासनमा बस्नेहरु कानूनी शासन र सुशासनको अनि पद्धतिका बारे भाषण गरेर कहिल्यै थाक्दैनन् र भ्रष्टाचार म पनि गर्दिन अरुलाई पनि गर्न दिन्न भन्छन्, तथापि भ्रष्टाचार घटेको होइन मौलाएको छ ।

स्थीर, बहुमत प्राप्त र जन निर्वाचित सरकारले समेत देशमा भ्रष्टाचाको रोग निदान गर्न सक्दैन भने कहिले र कसले गर्ने त ? लोकतन्त्रको अदर्श आम निर्वाचनपछि पनि सार्वजनिक क्षेत्रमा भ्रष्टाचार भइरहनु, व्यापार व्यवसायमा अतिरिक्त खर्च गर्न परिरहनु, पदीय अधिकारको दुरुपयोग भइरहनु, अनुगमन पक्ष कमजोर हुनु भनेको राज्यको कमजोरपक्ष भन्नुपर्छ ।

खासगरी ठेक्का पट्टामा, सार्वजनिक सेवा प्राप्त गर्दा, कर भूक्तानीमा, छिटो न्याय पाउँने कुरामा भ्रष्टाचारको सम्भावना अधिक रहने गरेको सुनिन्छ । राजनैतिक भ्रष्टाचार त अन्य भ्रष्टाचारभन्दा कडा खालको हुन्छ, लिसो जस्तो टाँसिइरहन्छ । हिजोआज सबैतिर खर्च बढेको छ, चुनाव पनि निकै खर्चिलो छ, शिक्षा, स्वास्थ्य भनौँ समग्र बजार अति महँगो छ ।

के भन्छन् अरुले ?
केही वर्षअघि विश्वव्यापी १८० मुलुकहरुको कुरा गर्दै टृान्सपरेन्सी इन्टरनेशनलले हाम्रो मुलुक साविक १२२ औँ स्थानबाट भ्रष्टाचारको मामिलामा १२४ औँ स्थानमा पुगेको भन्यो । विश्वमा अति कम भ्रष्टाचार हुने मुलुक डेनमार्कलाई लिइएको छ र सोमालियाको स्थान अति उच्च छ भ्रष्टाचारमा ।

कम भ्रष्टाचार हुनेमा भुटानको स्थान २५ सौँ, बंगलादेशको १४९ औँ, अफगानिस्थानको १७२ औँ, पाकिस्तानको ११७ औँ, छिमेकी चीनको ८७ औँ र माल्दिभ्स एवं नेपालको एउटै स्थान रहेको अध्ययन प्रतिवेदन देखायो यो संस्थाले । साँच्चै हामी आप्mना उदोगधन्दा अरुलाई बेच्छौँ अनि ५५ डिग्री सेल्सियस तापक्रममा खाडी मुलुकमा नेपालीहरुलाई श्रम गर्न पठाउँछौँ, तिनले पठाएको पैसाले महँगा गाडी चढ्छौँ, तिनै व्यक्ति कति धेरै बाकसबन्दी भएर घाटमा आउँछन् ।

देशमा बेरोजगारीको अबस्था भयावह छ, व्यापारघाटा धेरै छ, बस्तु उत्पादनमा चासो छैन, तर विदेशीको नक्कल भने धेरै छ । नाना, खाना र छानामा समेत आत्मनिर्भर हुन सकिएन । काठमाडौँको टृाफिक जाम, सडकको अवस्था ।

फोहोरको डुँगुर, खानेपानीको अभाव सबै संयन्त्र भने कर उठाउँनमै व्यस्त, उता नेताहरुलाई भने सत्ता जोगाउन समय ठीक्क हुने, देशले धान्न नसक्ने संयन्त्रहरुलाई गरिव नेपालीको कर र अरुले दिएको दान उपहार, सहयोगले कति दिन चलाउने ?

समाज यति धेरै क्रूर किन त ?
आजको समाजले बहादुरी सम्झेको छ कहालिलाग्दो अनि अनगिन्ति कुकर्म गरेर, हिंसा पनि ढाकछोप हुने गरेको छ, बलको तुजुक छ, चरम लापरवाही छ, ओठे भक्ति छ र जताततै सन्नाटा छाएको छ, आजको संसारले लिएकोे सुशासन र विश्व शान्ति गोहीको आँसु जस्तो भएको छ ।

रसिया युक्रेनकोे जूँगा लडाइँले विश्वको कुन कुनामा असर पारेन, अन्तर्राष्टिृय अब्बल भनिएका संस्थाहरुको काम के हो र भूमिका के हुन्छ यसमा ? त्यति मात्रै होइन विगतमा नेपाल लगायत संसारमा रक्ताम्य भएन र ? खोइ त आजको संसारमा हामीले कल्पना गरेको शान्ति र समृद्धि ?

अनि विकासका नाममा गाउँ बस्तीमा डोजर दौडाएर भए नभएको पैसा रोपेर वाढी, पहिरोको समस्या थपिएन र ? भ्यूटावरले नेपालको समृद्धि कहिले हेर्ला त, धेरै त काम खोज्दै विदेशिए, यहाँ सम्भावना किन भएन ?

गाउँको कोदो, बोडी, भटमास, धान, भकारी, चामल, मेला पर्म, साग, घाँसपात, वन, बुटेन, काँक्रा, फर्सी, तल्ला घरे, माथिल्लो घरे, आगो पानी साटासाट, ऐँचोपैचो, गहुँका रोटी, गाईवस्तु गोठ, गोबर, गहुँत, प्राँगारिक बस्तु नेपाली मौलिकपन खोइ त आज ? राज्य, समाज सबै मिलेर फेरि एकपटक हामीले सोचे जस्तो मौलिक र असल समाज निर्माणतर्पm अग्रसर हुने बेला भएन र ?

जनअनुमोदित सरकारले जनताकै हितमा काम गर्नु पर्छ । घोषणापत्र अनुसार जनताको मन जितेर जनप्रतिनिधि आएका हुन्छन्,। तिनले गरेका वाचा पु¥याउनु पर्छ, शब्दको पुलिन्दाले जीविकोपार्जन हुन्न र पेट भरिन्न, न देशको विकास नै । त्यसैले सबै जनप्रतिनिधिले देशको विकास र असल समाज निर्माणमा लाग्नु पर्दैन र ?

कानुनको परिपालन गराउने समग्र राष्टृसेवक, कर्मचारी अनि तमाम राज्यका संयन्त्रहरु सदाचारी हुनु पर्दैन र ? इमान्दारिता त धर्म नै हो, संसारका सबै तत्वहरुले आआप्mनो धर्म निभाएका छन् भने हामी सबैले माव मात्रको सेवाको धर्म निभाउनै पर्छ नि । हाजिर गरेपछि तलव पाक्छ, काम गरेवापत अमुक सुविधा आवश्यक हुन्छ भन्ने मान्यतालाई बिर्सनै पर्छ नि ।

हो, मानिसलाई मेसिनरीभैंm संचालन गर्न सकिन्न, उनीहरूको पारिवारिक संस्कृति, क्षमताको पनि संगठनलाई प्रभाव परेकै हुन्छ । सार्वजनिक प्रशासनका अगुवाहरू लुथर गुलिक, मास्लो जस्ता विद्वान्हरूले भनेका थिए– नाना, छाना, खाना भने न्यूनतम हुनैपर्छ ।

सुरक्षा, स्वास्थ्य, इज्जत, भविष्यप्रतिको चिन्ताबाट मुक्ति, कर्मचारीका बीमा, यातायात, केटाकेटीहरूको अध्ययन, धेरै विषयहरू हुन्छन्, यसबारे राज्य मौन बस्न भने मिल्दैन । भोको पेटले कर्मचारी काम गर्न असमर्थ हुन्छ । कामप्रतिको लगनशीलता, उत्प्रेरणा, इमान्दारिता, जवाफदेहिता जस्ता विषय पनि संगठनले भनौं राज्यले सोच्नु पर्ने हुन्छ । नम्र व्यवहार, सकारात्मक सोच, मुस्कान सहितको सेवा प्रवाह आजको आवश्यकता हो ।

सार्वजनिक प्रशासनको सेवा छिटोछरितो, कम लागतको, झन्झट मुक्त र परिणाममुखी हुनु जरूरी छ । सेवाग्राहीको सन्तुष्टि नै राजनीति बीचको सह–सम्बन्ध, नेतृत्ववर्गले लिने नैतिक आचरण, राजनैतिक प्रणालीप्रतिको सर्व स्वीकार्य भाव, नवीन कार्य, नवीन अवधारणा, सिर्जनशीलता, जोखिम कर्म गर्न सक्ने खुबी एवं क्षमताको विकास यी केही तत्वहरु राजनीति र प्रशासन दुवैले सोच्ने विषयहरू हुन् । नम्र व्यवहार, सकारात्मक सोच, मुस्कानसहितको सेवा प्रवाह आजको आवश्यकता हो ।

सार्वजनिक प्रशासनको सेवा छिटोछरितो, कम लागतको, झन्झटमुक्त र परिणाममुखी हुनु जरूरी छ । सेवाग्राहीको सन्तुष्टि नै राजनीति बीचको सह–सम्बन्ध, नेतृत्ववर्गले लिने नैतिक आचरण, राजनैतिक प्रणालीप्रतिको सर्वस्वीकार्य भाव, नवीन कार्य, अवधारणा, सिर्जनशीलता, खुबी एवं क्षमताको विकास यी केही तत्वहरु राजनीति र प्रशासन दुवैले सोच्ने विषयहरू हुन् ।

प्रकाशित मिति : ३ पुस २०७९, आइतबार  ३ : १८ बजे

प्रतिनिधिसभा बैठक : खर्च कटौतीका चार प्रस्ताव प्रस्तुत

काठमाडौं– प्रतिनिधिसभामा जारी ‘विनियोजन विधेयक, २०८१’ माथिको छलफलका क्रममा खर्च

झिनो अंकले बढ्यो नेप्से, करिब साढे ३ अर्बको कारोबार 

काठमाडौं– बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से)अन्ति २ मिनेटमा झिनो अंकले

चीनले मौद्रिक नीति समायोजन गर्ने : गभर्नर

काठमाडौं– चीनले मौद्रिक नीतिलाई समायोजनशील बनाई प्रतिचक्रीय र अन्तरकालीन समायोजनलाई

सूचना माग कर्तालाई पक्राउ गरेको ब्यहोरा पेस गर्न आयोगको पत्र

काठमाडौं– राष्ट्रिय सूचना आयोगले सूचना माग गरेको आधारमा अभियानकर्मी पक्राउ

प्रतिनिधिसभामा बाढीपहिरोबाट जनधनको क्षति भएकोप्रति सरकारको ध्यानाकर्षण

काठमाडौं– प्रतिनिधिसभामा सांसदहरुले बाढीपहिरोबाट देशभर जनधनको क्षति भएकामा सरकारको ध्यानाकर्षण