वीर अस्पतालका नौ नर्ससहित १२ कर्मचारी सम्पर्कविहीन « Khabarhub

वीर अस्पतालका नौ नर्ससहित १२ कर्मचारी सम्पर्कविहीन


३ पुस २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


207
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- वीर अस्पतालले आफ्ना नौ नर्ससहित १२ जना कर्मचारी सम्पर्कविहीन भएको भन्दै हाजिर हुन आउन सार्वजनिक सूचना जारी गरेको छ ।

अस्पतालले आइतबार सार्वजनिक सूचना निकालेर सम्पर्कविहीन भएका रजिष्ट्रार/ट्युटर एकजना, ९ जना स्टाफ नर्स र दुईजना अनमीलाई ३० दिनभित्र हाजिर हुन आउन भनेको हो ।

लामो समयदेखि विदा स्वीकृति नगराई अस्पतालमा अनुपस्थित भएपछि सार्वजनिक सूचना निकालेर उनीहरुलाई हाजिर हुन आउन भनिएको हो ।

बेखबर बिदा बसेका रजिष्ट्रार/ट्युटर डा. सृष्टी शाह, स्टाफ नर्सहरू सम्झना श्रेष्ठ, ओमदेवी पुन, सुशीला ढकाल, सरस्वती अर्याल, शान्ति लम्साल, रेणुका अधिकारी, सकिला चौलागाईं, अन्जुकला राई, जमुना सिटौला र अनमीद्वय अनिता बसेल र साहिदा सुब्बालाई ३० दिनभित्र हाजिर हुन आउन अस्पतालले सार्वजनिक सूचनामार्फत् भनेको हो ।

अन्यथा ३० दिनभित्र हाजिर हुन नआए चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) को कर्मचारी सेवाका सर्त तथा सुविधासम्बन्धी नियमावली र स्वास्थ्य सेवा ऐनअनुसार कारबाही गरिने सार्वजनिक सूचनामार्फत चेततावनी पनि दिइएको छ ।

प्रकाशित मिति : ३ पुस २०७९, आइतबार  ४ : ४७ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया