राजधानीमा खानेपानीको वैकल्पिक व्यवस्था आवश्यक : खानेपानीमन्त्री चौधरी « Khabarhub

राजधानीमा खानेपानीको वैकल्पिक व्यवस्था आवश्यक : खानेपानीमन्त्री चौधरी


३ पुस २०७९, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- खानेपानीमन्त्री उमाकान्त चौधरीले राजधानीमा खानेपानी समस्या समाधानका लागि याङ्ग्री, लार्के, सिस्नेरी र ठोस्नेलगायत खोलाबाट पनि पानी ल्याउन अध्ययन भइरहेको बताएका छन् ।

गोकर्णेश्वर नगरपालिका–१ सुन्दरीजलस्थित मेलम्चीको पानी प्रशोधन केन्द्र परिसरमा निर्माण भएको पूर्व प्रधानमन्त्री एवं सन्तनेता कृष्णप्रसाद भट्टराईको सालिक अनावरण कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री चौधरीले हेडवक्र्स नबन्दासम्म अस्थायी संरचनाबाटै पानी वितरण गर्ने योजना रहेको बताए ।

अस्थायी संरचनाबाटै बर्खायाममा पनि पानी ल्याउन सकिने विषयमा छलफल भइरहेको बताउँदै मन्त्री चौधरीले सबै नेपालीलाई स्वच्छ खानेपानी सेवा पुर्‍याउन सरकारले काम गरिरहेको बताए ।

आगामी असारदेखि बाह्रैमहिना राजधानीमा पानी ल्याउन सकिने विषयमा हाल अध्ययन भइरहेको मन्त्रालयको दाबी छ । पूर्व प्रधानमन्त्री भट्टराईको सपना र सङ्कल्पले नै राजधानीवासीले पानी पाएको उल्लेख गर्दै काठमाडौँ उपत्यकाका सबै घरमा खानेपानी लैजान काम भइरहेको उनले सुनाए ।

सन्त नेता भट्टराईको सालिक गत असार २७ गते शिलान्यास भएको थियो । शालिकसँगै बगैँचा पनि निर्माण गरिने मन्त्रालयले जनाएको छ ।

कार्यक्रममा सिन्धुपाल्चोक क्षेत्र नं २ का नवनिर्वाचित सांसद मोहनबहादुर बस्नेतले राजधानीमा बाह्रैमहिना पानी आउने गरी दिगो समाधान खोजिनुपर्नेमा जोड दिए ।

कुनै बेला मेलम्ची खानेपानी आयोजनाले ५१ प्रतिशत बजेट परामर्शदातालाई खुवाएको उल्लेख गर्दै उनले आयोजनाको हेडवक्र्स निर्माणको रु ५५ करोड भुक्तानी भए पनि काम नभएको जानकारी गराए । “मेलम्चीपीडित स्थानीय जनतालाई आयोजनाले गर्ने भनी प्रतिबद्धता जनाएको काम पनि भएको छैन, मेलम्ची बजारबाट मेलम्ची खोलाको मुहानस्थित हेलम्बु जाने सडक बनाउन रु २५ करोडको बोलपत्र भए पनि बजेट गएन” उनले भने ।

उनले २०७८ साल असार १ मा मेलम्चीमा बाढीले ल्याएको समस्या समाधानका लागि सरकारले काम गर्नुपर्ने बताए । मेलम्चीमा बाढीले बगाएका पाँच वटा पुल नबन्दा स्थानीयलाई आवतजावतमा समस्या परिरहेकाले छिटो बन्ने वातावरण बनाउनुपर्ने उनको भनाइ छ ।

मेलम्चीको पानी राजधानी ल्याउन खनिएको सुरुङभित्रबाट निस्किएको माटोलगायत चीज (मक) को व्यवस्थापन नहुँदा यसले बालनाली एवं जीवजन्तुलाई असर गरेकाप्रति पनि सचेत रहन बस्नेतले सरकारको ध्यानाकर्षण गराए ।

काठमाडौँ क्षेत्र नं ३ का सांसद सन्तोष चालिसेले पूर्व प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले मेलम्ची खानेपानी विकास समिति खारेजीको निर्णय तत्काल सच्याउन माग गर्दै शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रका बासिन्दालाई आवतजावतमा शुल्क लिने, गाउँबस्ती भएका स्थानमा सडक बनाउन नदिनेलगायत समस्या समाधान गरिदिन प्रधानमन्त्री शेरबहादुर देउवासँग आग्रह गरे ।

कृष्णप्रसाद भट्टराई अध्ययन प्रतिष्ठानका सल्लाहकार दीपकुमार उपाध्यायले कुनै पनि काम गर्नुअघि सोच, परिकल्पना नै भएन भने काम नहुने भएकाले मेलम्चीको अवधारणा ल्याएर पूर्वप्रधानमन्त्रीले महत्वपूर्ण योगदान गरेको स्मरण गरे । अन्तर्राष्ट्रिय निर्माण व्यवसायी छनोट गर्दा पनि लापरबाही भएकाले त्यसमा ध्यान दिन उनले अनुरोध गरे ।

गोकर्णेश्वर नगरपालिकाका प्रमुख दीपक रिसालले किसुनजीको सपना राजधानीवासीलाई शुद्ध खानेपानी खुवाउने सपना पूरा हुन लागेको उल्लेख गर्दै मेलम्चीको पानी सुरुङबाट झर्ने गोकर्णेश्वर नगर क्षेत्रकै बासिन्दाले खानेपानी नपाएकाले समस्या समाधान गर्न माग गरे । मेलम्चीको पानी सहरको तल्लो भागमा वितरण गर्दा माथिल्लो भाग बागमतीको पानी वितरण गर्न उनले ध्यानाकर्षण गराए ।

मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक कमलराज श्रेष्ठले २०७८ असार १ मा आएको बाढीले पुर्‍याएको क्षतिका कारण पानी ल्याउन बन्द गरिएकोमा डाइभर्सन सुरुङमार्फत् पानी ल्याएर हाल सुन्दरीजल पानी प्रशोधन केन्द्रबाट दैनिक १७ करोड लिटर पानी वितरण भइरहेको जानकारी दिए ।

काठमाडौँ उपत्यकावासीलाई समानान्तर रुपमा पानी वितरण गर्न तत्काल दोस्रो चरणको याङ्ग्री र लार्केको कार्यान्वन गर्नुपर्ने र वर्खायाममा पानी पथान्तरण गर्न अहिले कै निर्माण व्यवसायीबाट थप संरचना निर्माणका लागि मन्त्रिपरिषदले निर्णय गर्नुपर्ने उनले सुझाव दिए ।

प्रकाशित मिति : ३ पुस २०७९, आइतबार  ५ : ०४ बजे

बेतन कर्णाली अर्धजलाशययुक्त जलविद्युत् परियोजनाको लगानी स्वीकृत

काठमाडौं– लगानी बोर्डले बेतन कर्णाली अर्धजलाशययुक्त जलविद्युत् परियोजना (४३९ मेगावाट)

हर्मितले ब्याटिङ उकास्दा सुदूरपश्चिमले काठमाडौंलाई दियो १४८ रनको लक्ष्य

काठमाडौं – नेपाल प्रिमियर लिग अन्तर्गतको बुधबारको खेलमा सुदूरपश्चि रोयल्सले

सुदूरपश्चिमलाई संकटबाट उद्धार गरेर आउट भए हर्मित सिंह

काठमाडौं – नेपाल प्रिमियर लिग अन्तर्गतको बुधबारको खेलमा काठमाडौंविरुद्ध सुदूरपश्चिमका

एमालेलाई प्रधानमन्त्रीको चेतावनी : निर्वाचनबाट भाग्ने कोसिस नगर्नू, देशले अर्को अस्थिरता थेग्दैन

काठमाडौं- प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ मा निर्धारित प्रतिनिधिसभा

एमसीसी नेपाल कम्प्याक्टका लागि अमेरिकाले ५० मिलियन अमेरिकी डलर थप्ने

काठमाडौं- नेपालमा सञ्चालित मिलेनियम च्यालेन्ज कर्पोरेसन परियोजनामा अमेरिकाले ५० मिलियन