आफ्नो अभिव्यक्ति फिर्ता लिएर समाधान खोज्न हर्क साम्पाङलाई ६ राजनीतिक दलको सुझाव « Khabarhub

आफ्नो अभिव्यक्ति फिर्ता लिएर समाधान खोज्न हर्क साम्पाङलाई ६ राजनीतिक दलको सुझाव


३ पुस २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सुनसरीको धरान उपमहानगरपालिकामा सक्रिय विभिन्न ६ राजनीतिक दलका प्रमुखहरुले उपमहानगरपालिका प्रमुख हर्कराज राई (हर्क साम्पाङ) लाई आफ्नो अभिव्यक्ति फिर्ता लिएर समस्या समाधानको पहल गर्न आग्रह गरेका छन् ।

गत १३ असोजमा बसेको उपमहानगरपालिकाको कार्यपालिका बैठकमा कार्यपालिका सदस्य अनुप देवानले विचार राखिरहँदा बैठक छाडेर जान भनेको र पछि पत्रकार सम्मेलन गरेर कार्यपालिका सदस्यको राजीनामा माग्ने मेयर साम्पाङको अभिव्यक्ति फिर्ता लिन राजनीतिक दलहरूले आग्रह गरेका हुन् ।

‘नगर प्रमुख हर्कराज राईलाई आफ्नो शब्द फिर्ता लिई संवाद र छलफलद्वारा समस्याको सामाधान खोज्न र सामूहिक नेतृत्वसहितको समन्वय, सद्भाव र सहकार्यको अवधारणा अनुरुप अगाडि बढ्न यसै विज्ञप्तिमार्फत सुझाव प्रस्तुत गर्न चाहान्छौं,’ दलहरुले जारी गरेको संयुक्त विज्ञप्तिमा उल्लेख छ ।

नेकपा एमाले धरान अध्यक्ष हर्कजङ एभेङ, नेपाली कांग्रेस धरान सभापति श्याम पोखरेल, नेकपा माओवादी केन्द्रका धरान इन्चार्ज चोत्लुङ्ग फोक्वाहाङ्ग (सुब्बा), जसपा नेपाल धरान अध्यक्ष ताजुब लिम्बू, नेकपा (एकीकृत समाजवादी) धरान अध्यक्ष रेवती रमण राई र राष्ट्रिय प्रजातन्त्र पार्टी धरान अध्यक्ष दोर्जे शेर्पाले आइतबार संयुक्त विज्ञप्ति निकालेर नगर प्रमुख साम्पाङलाई संवादमार्फत् समस्या समाधान गर्न सुझाव दिएका हुन् ।

प्रकाशित मिति : ३ पुस २०७९, आइतबार  ५ : ०८ बजे

नेपालको पहिचान र अस्तित्व संकटमा : देव गुरुङ

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टीका नेता देव गुरुङले नेपालको मौलिक पहिचान

समस्याग्रस्त १२ सहकारीका थप २३५ जनाले पाए रकम

काठमाडौँ : समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले  १२ समस्याग्रस्त सहकारीको २३५ जनाको

खगेन्द्र सुनार प्रकरण : प्रहरीले थाल्यो आन्तरिक अनुसन्धान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले

शिक्षक सरुवामा नयाँ नियम: एक वर्ष पुगेपछि नै सरुवा मिल्ने, पारस्परिकको हकमा के ?

२७ असोज, काठमाडौँ । शिक्षा नियमावलीमा गरिएको नयाँ संशोधनमार्फत सामुदायिक

सुदूरपश्चिम प्रदेशको बजेट पारित

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा बजेट शून्यताको अवस्था हटेको छ ।