उदाउँदो र अस्ताउँदो सुपरस्टारको भिडन्त « Khabarhub

कतार विश्वकप फाइनल

उदाउँदो र अस्ताउँदो सुपरस्टारको भिडन्त

एमबाप्पे भर्सेज मेस्सी : कसले उचाल्छ उपाधि ?


३ पुस २०७९, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


162
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ : कतार विश्वकप फूटबलको फाइनलमा आइतबार अर्जेन्टिना र फ्रान्स खेल्दैछन् । आइतबार राती पौने ९ बजेपछि सुरु हुने फाइनलको केन्द्रबिन्दुमा छन्, लियोनल मेस्सी र किलियन एमबाप्पे । दुबै सुपरस्टार हुन् ।

फ्रेन्च लिग पीएसजीमा आबद्ध मेस्सी र एमबाप्पेबीचको लडाइ विशेष हुनेछ । एमबाप्पेले यसअघि फ्रान्सका लागि विश्वकप जितिसकेका छन् । तर मेस्सी अहिलेसम्म विश्वकपमा उपाधिविहीन छन् । मेस्सीले विश्वकपमा २५ खेल खेल्दै ११ गोल गरेका छन् ।

एमबाप्पेले भने ११ खेलबाट ९ गोल गरेका छन् । एमबाप्पे जम्मा २३ वर्षका भए । मेस्सी अहिले ३५ वर्षका छन् । यी दुवैको खेल कौशल अद्भुत छ । मेस्सी सदाबहार सर्वकालीन खेलाडी भइसकेका छन् । बार्सिलोनाबाट सर्वाधिक खेल खेलेका मेस्सीले ला लिगा उपाधि, क्लब वल्र्डकप, च्याम्पियन्स लिगदेखि सबै उपाधि जितेका छन् ।

विश्वकै उत्कृष्ट खेलाडीलाई दिइने बालोन डेओर अवार्ड मात्रै मेस्सीले सात पटक जितेका छन् । मेस्सीपछि रोनाल्डोले पाँच पटक जितेका छन् । तर उदाउँदा सुपरस्टार एमबाप्पेले यो अवार्ड जितेका छैनन् । यसपटक एमबाप्पेले विश्वकप जितेको खण्डमा यो अवार्ड हात पार्नेछन् ।

आइतबार राती ८ बजेर ४५ मिनेटमा सुरु हुने खेल निर्धारित समयमै नतिजा आउने धेरैको अपेक्षा छ । त्यसबाहेक अतिरिक्त समयमा पनि नतिजा आउन सक्ने देखिन्छ । निकै चुस्त र छिटो खेल्ने फ्रान्स तथा स्ट्राइकरले भरिएको अर्जेन्टिनाबीचको खेल रोचक हुने देखिएको छ ।

कतार विश्वकपको फाइनललाई उदाउँदो र अस्ताउँदो सुपरस्टारको भिडन्तको रुपमा पनि हेरिएको छ । १९ वर्षकै उमेरमा विश्वकप जितेका कारण एमबाप्पे उदाउँदो सुपरस्टार हुन् । जुन विश्वका महंगा र उत्कृष्ट स्ट्राइकर मानिन्छन् ।

क्रिष्टियानो रोनाल्डोलाई आइकन मान्ने एमबाप्पेको गोल गर्ने कला र छिटो दौडेर गोल गर्न सक्ने क्षमता अब्बल मानिन्छ । मेस्सीका लागि कतार विश्वकप फाइनल नै अन्तिम खेल हो । उनले यसपछि विश्वकप नखेल्ने घोषणा गरिसकेका छन् ।

क्लब फूटबलमा पनि उत्तराद्र्धमा रहेका मेस्सी अब विश्वकप मात्रै होइन, पहिलेजस्तै उत्कृष्ट फूटबल खेल्न कम गर्नेछन् । रोनाल्डो र मेस्सीबीचको सदाबहार लडाई यसै विश्वकपबाट समाप्त हुनेछ भने एमबाप्पे जस्ता नयाँ सुपरस्टारको युग सुरु भइसकेको छ ।

प्रकाशित मिति : ३ पुस २०७९, आइतबार  ६ : ०१ बजे

जलविद्युत आयोजनाहरुको आरसीओडी थप्ने प्रक्रिया सुरु

काठमाडौँ– नेपाल विद्युत प्राधिकरणले विद्युत खरिद–बिक्री सम्झौता (पीपीए) भएका तर

सिने उद्योगमा तीन ब्यानरको वर्चस्व, दर्शकको रोजाइ कन्टेट कि ब्रान्ड ?

काठमाडौं – ‘अन्ततः कन्टेन्टमा दम भएकै फिल्म हिट हुन्छन्’ भन्ने

कर्णालीमा गत आर्थिक वर्ष ट्राफिक कारबाहीबाट ३ करोड ४१ लाख राजस्व सङ्कलन

सुर्खेत– नेपाल प्रहरी कर्णाली प्रदेश राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन

मुलुकलाई ‘ग्रे लिस्ट’बाट हटाउन सबैको प्रयास आवश्यक : महालेखापरीक्षक

काठमाडौँ– महालेखापरीक्षक तोयम रायाले नेपाललाई सम्पत्ति शुद्धीकरणसम्बन्धी ‘ग्रे लिस्ट’बाट हटाउन

मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह

काठमाडौँ– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मनसुन अवधिभर