माधव नेपाल, झलनाथ खनाल, महन्थ ठाकुर र बामदेव गौतमबीच भेटवार्ता « Khabarhub

माधव नेपाल, झलनाथ खनाल, महन्थ ठाकुर र बामदेव गौतमबीच भेटवार्ता


३ पुस २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, सम्मानित नेता झलनाथ खनाल, लोसपाका अध्यक्ष महन्थ ठाकुर र बामदेव गौतमबीच भेटवार्ता भएको छ ।

गठबन्धनको निरन्तरता र नयाँ सरकार गठनका लागि दलहरुबीच रस्साकस्सी चलिरहेका बेला वामपन्थी एकताको पक्षमा वकालत गर्दै आएका गौतमसहित शीर्ष नेताहरुबीच आइतबार भेटवार्ता भएको हो । निर्वाचनमा कुनैपनि दलले बहुमत प्राप्त नगरेको र सरकार गठनको सबै सम्भावना जीवित रहेकाले नेताहरुको दौडधुप बढेको हो ।

मुलुक अहिले अस्थिरता तर्फ जान लागिरहेकाले राष्ट्रिय राजनीतिमा भूमिका खेल्न अध्यक्ष नेपालसँग ठाकुर र गौतमले आग्रह गरेको एकीकृत समाजबादीका उपमहासचिव गंगालाल तुलाधारले जानकारी दिए । त्यस्तै उनले नेकपा समाजवादीको केन्द्रीय सचिवालय बैठकमा राष्ट्रिय राजनीतिका विषयमा छलफल भएको भन्दै गठबन्धनको भावना र मर्म अनुसार अघि बढ्ने निर्णय भएको बताए ।

बैठकले सोमबार पार्टीको संसदीय दलको नेता छनौट गर्न बैठक बोलाएको पनि उनले जानकारी दिए ।

प्रकाशित मिति : ३ पुस २०७९, आइतबार  ७ : १८ बजे

चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान

चितवन – बडादसैँका अवसरमा चितवनमा यस वर्ष ३० करोड रुपैयाँभन्दा

चाडपर्वमा चोरी, ठगी र दुर्घटनाबाट जोगिन गण्डकी प्रदेश प्रहरीको अपिल

कास्की – गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले बडादसैँ लगायतका चाडपर्वका

दीपक-दीपाले आज छान्ने छन् करदाता उपहारका भाग्यशाली विजेता, १७ जनाले नगद पुरस्कार पाउने

काठमाडाैँ – आन्तरिक राजस्व विभागले सञ्चालन गरिरहेको ‘करदाता प्रोत्साहन उपहार

सुनकोशीमा जिप खस्दा तीन जनाको मृत्यु, तीन बेपत्ता र चार घाइते

काठमाडौँ– सिन्धुलीको फिक्कल–६ नागथानमा काठमाडौँबाट खोटाङतर्फ जाँदै गरेको को १

ला लिगा: फराकिलो जितमा बार्सिलोनाका लागि लामिनसहित पाँच खेलाडीले गरे गोल

काठमाडाैँ – स्पेनिस ला लिगाअन्तर्गत शनिबार राति भएको रोमाञ्चक खेलमा