विश्वकप फाइनल : दुवै टोलीकाे सुरुवाती–११ सार्वजनिक « Khabarhub

विश्वकप फाइनल : दुवै टोलीकाे सुरुवाती–११ सार्वजनिक


३ पुस २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


198
Shares
  • change font
  • change font
  • change font

दोहा – २२ औं संस्करणको कतार फिफा विश्वकपको फाइनलमा आज अर्जेन्टिना र फ्रान्सबीच प्रतिस्पर्धा हुँदैछ।मोरोक्कोलाई पराजित गर्दै फ्रान्स र क्रोएसियालाई पराजित गर्दै अर्जेन्टिनाले विश्वकप फाइनलमा भेट पक्का गरेका हुन्। अर्जेन्टिना र फ्रान्सबीचको विश्वकप फाइनललाई रोचक खेलको रुपमा हेरिएको छ।

अर्जेन्टिना र फ्रान्सबीचको विश्वकप फुटबल फाइनल आइतबार राति ८: ४५ बजे लुसिल स्टेडियममा हुनेछ। फाइनलका लागि अर्जेन्टिना र फ्रान्सको सुरुवाती ११ सार्वजनिक भएको छ। एन्जल डी मारियाले अर्जेन्टिनी टिममा पुनरागमन गरेका छन् भने डिफेन्डर लिसान्ड्रो मार्टिनेजमा बेन्चमा छन्।

अर्जेन्टिनाको गोलपोस्ट नियमित किपर इमिलियानो मार्टिनेजले निरन्तरता पाउँदा रक्षापंक्तिमा निकोलस टाग्लियाफिको, निकोलस ओटामेन्डी, क्रिस्टियन रोमेरो र नह्युल मोलिना छन्। मिडफिल्डमा रोडरिगो डी पौल, अलेक्सिस म्याक(अलिस्टर छन्। आक्रमणको जिम्मा कप्तान लियोनेल मेसी, जुलियन अल्भारेज र एन्जल डी मारियालाई पाएका छन् ।

यस्तै, फ्रान्सको गोलकिपर नियमित कप्तान हुगो लोरिसले सम्हालेका छन्। रक्षापंक्तिमा थिओ हर्नान्डेज, डायोट उपामेकानो, भरान र जुलेस कोन्डे छन्।

भरान र उपामेकानो बिरामी परेकाले आजको खेलमा शंका थियो। तर, प्रशिक्षक डिडियर देस्च्याम्पले उनीहरूलाई नै मौका दिएका छन्।

मिडफिल्डनमा एड्रियन राबियोले पनि पुनरागमन गरेका छन्। उनले पनि सेमिफाइनलमा मोरक्कोविरुद्धको खेल गुमाएका थिए। राबियोसँगै औरेलिन चोआमेनी र एन्टोइन ग्रिजम्यानलेले फ्रेन्च मिडफिल्ड सम्हाल्ने छन्।

देस्च्याम्पले आक्रमणको जिम्मा ओसुमाने डेम्बेले, ओलिभर जिरुड र किलियान एम्बाप्पेलाई दिएका छन्।

प्रकाशित मिति : ३ पुस २०७९, आइतबार  ८ : ३५ बजे

माटोबाट मूर्ति बनाउने परम्परागत पेसा सङ्कटमा

झापा– माटोसँग खेल्दै जीवन जिउने सपना बोकेका कलाकार विष्णु राजवंशीका

परम्परागत सीपको संरक्षण गर्न टेम्केमैयुङमा राडीपाखी बुन्ने तालिम

भोजपुर– परम्परागत सीपको संरक्षण गर्दै स्थानीय महिलालाई आयआर्जनमा जोड्ने उद्देश्यका

कांग्रेसका सबै उम्मेदवारको टुंगो आजै लाग्छ : सभापति थापा

काठमाडौं – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रतिनिधि सभाको प्रत्यक्ष

उम्मेदवार चयनका लागि कांग्रेसको तीन समूह एकै ठाउँमा, रातभर धुम्बाराहीमा छलफल

काठमाडौं– नेपाली कांग्रेसका तीन समूहबीच आगामी फागुन २१ गते हुने

प्राप्त उपलब्धिको संरक्षण र विकासमा लाग्नुपर्नेमा जोड

काठमाडौं–  राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले प्राप्त उपलब्धिको संरक्षण र विकासमा