संविधानको सफल कार्यान्वयन गर्नु जनप्रतिनिधिको दायित्व हो : आरजु देउवा « Khabarhub

संविधानको सफल कार्यान्वयन गर्नु जनप्रतिनिधिको दायित्व हो : आरजु देउवा


३ पुस २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ : नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य डा आरजु राणा देउवाले नेपालको संविधानको रक्षा गर्नु र संविधानका अधिकारलाई कार्यान्वयन गर्न लाग्नु जनप्रतिनिधिको दायित्व भएको बताएकी छन् ।

नवनिर्वाचित कांग्रेसका प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि आज यहाँ आयोजित बधाई तथा शुभकामना कार्यक्रममा उनले लामो सङ्र्घष र त्यागपछि जारी भएको संविधानलाई बलियो बनाउन सबै लाग्नुपर्नेमा जोड दिइन।

देश र जनताले जनप्रतिनिधिबाट धेरै अपेक्षा गरेको उल्लेख गर्दै उनले आफ्नो जिम्मेवारी सफलतापूर्वक निर्वाह गर्न सबैले पदीय कर्तव्यमा क्रियाशीलता बढाउनुपर्ने बताईन् । कांग्रेस नेत्रीहरू मङ्गलादेवी सिंह, द्वारिकादेवी ठकुरानी, नोना कोइराला, शैलजा आचार्य लगायतले गर्नुभएको लामो सङ्घर्ष र त्यागबाट मुलुकमा महिला समावेशी अधिकार स्थापित भएको उनको भनाइ थियो ।

प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले तीनै तहका निर्वाचन सफलतापूर्वक सम्पन्न गरेको उल्लेख गर्दै नेत्री डा राणाले नवनिर्वाचित जनप्रतिनिधिले आगामी दिनमा क्रियाशीलता बढाउन र थप प्रभावकारी भूमिका निर्वाह गर्ने सम्बन्धमा तयारी थाल्नुपर्ने बताए। कार्यक्रममा कांग्रेसबाट समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित प्रतिनिधिसभा एवं प्रदेशसभा सदस्यलाई पार्टीका वरिष्ठ नेत्रीहरूले सम्मान गरेका थिए ।

प्रकाशित मिति : ३ पुस २०७९, आइतबार  ९ : ३३ बजे

स्पेनमा नोभेम्बर २९ मा आमनिर्वाचन, प्रधानमन्त्री सान्चेजद्वारा संसद् विघटनको घोषणा

म्याड्रिड- स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले आगामी नोभेम्बर २९ मा आमनिर्वाचन हुने

भारतीय प्रधानमन्त्री मोदीको सार्वजनिक जीवनमा २५ वर्ष पूरा, भाजपाले साताव्यापी कार्यक्रम गर्ने

नयाँदिल्ली- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सार्वजनिक जीवनमा २५ वर्ष पूरा गरेको

मलेसिया रोजगारीमा सीमित संस्थाको एकाधिकार रोक्न व्यवसायी सङ्घको माग

काठमाडौँ– नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घले मलेसियामा नेपाली श्रमिक पठाउने

मानव-हात्ती सहअस्तित्वका लागि एनटीएनसी र एसईएफबीच सम्झौता

काठमाडौँ – मानव-हात्ती द्वन्द्वको दीर्घकालीन समाधान र सहअस्तित्व कायम गर्न

कानुनमन्त्रीको स्पष्टीकरण : फौजदारी मुद्दामा कुनैपनि मिलापत्र हुँदैन

काठमाडौं– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले फौजदारी मुद्दाहरूमा