विश्वकप फाइनल : मेस्सीको गोलमा अर्जेन्टिनालाई पुन: अग्रता « Khabarhub

विश्वकप फाइनल : मेस्सीको गोलमा अर्जेन्टिनालाई पुन: अग्रता


३ पुस २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


792
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – विश्वकप फुटबलको फाइनलमा फ्रान्सविरुद्ध अर्जेन्टिनाले पुन अग्रता बनाएको छ । खेलको अतिरिक्त समयमा लियोनल मेस्सीले गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका हुन् ।

यसअघि निर्धारित समय २२ गोलको बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा पुगेको थियो । खेलको पहिलो हाफमा २–० गोलले पछि परेको फ्रान्सले दोस्रो हाफमा २ गोल थपेको हो। फ्रान्सका लागि दुवै खेल केलियान एम्बाप्पेले गरेका थिए। खेलको ८० औं मिनेटमा पाएको पेनाल्टीमा गोल गरेका उनले त्यसको एक मिनेटभित्रै अर्को गोल गरेका थिए।

यसअघि खेलको २३औं मिनेटमा लिओनल मेस्सीले गोल गर्दै अर्जेन्टिनालाई सुरुवाती अग्रता दिलाएका थिए ।डेम्बेलेले डिमारियालाई डिबक्समा लडाएपछि रेफ्रिले अर्जेन्टिनालाई पेनाल्टीको अवसर दिएका थिए। त्यसपछि खेलको ३६ औं मिनेटमा डिमारियाले गोल गरेका थिए ।

प्रकाशित मिति : ३ पुस २०७९, आइतबार  ११ : १८ बजे

हिमाली संकट समाधानका लागि नेपालका चार प्रस्ताव, ५३ देशको समर्थन

काठमाडौँ– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री बिराजभक्त श्रेष्ठले हिमाली क्षेत्रमा जलवायु

रेडिमेड सामग्रीको बढ्दो प्रयोगले संकटमा कुम्हालको पुर्ख्यौली पेसा (तस्बिरहरू) 

सिरहा- बुवा–बाजेको जीवन माटोका सामग्री बनाउँदै बित्यो । सिरहाको धनगढीमाई नगरपालिका–७,

जडीबुटी बेचेर चार करोड राजस्व असुली

कर्णाली– कर्णाली प्रदेशले गत आर्थिक वर्षमा जडीबुटी निकासीबाट चार करोड

जनकपुरधाम–अयोध्या विशेष रेल सेवा सञ्चालनको अन्तिम चरणमा

जनकपुरधाम– जनकपुरधामदेखि भारतको पवित्र तीर्थस्थल अयोध्यासम्म विशेष रेल सेवा सञ्चालनको

निर्वाचन परिणाम बदनाम गर्न खोजेको भन्दै नेतान्याहुको आलोचना

जेरुसेलम- इजरायलका प्रमुख विपक्षी नेता गादी आइसेनकोट र अरब नेतृत्वका राजनीतिक