बिग बास : मेलवर्नविरुद्ध सन्दीपले लिए दुई विकेट « Khabarhub

बिग बास : मेलवर्नविरुद्ध सन्दीपले लिए दुई विकेट


५ माघ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेले मंगलबार भएको बिग बास लिग (बीबीएल)मा उत्कृष्ट प्रदर्शन गरेका छन् ।

लेग स्पिनर लामिछानेले दुई विकेट लिँदा उनी आबद्द होबार्ट हरिकेन्स विजयी भएको छ ।

मेलवर्न रेनेगड्सविरूद्धको खेलमा सन्दीपले ४ ओभर बलिङ गर्दै २७ रन खर्चिए दुई विकेट लिएका हुन् । ४ ओभरमा उनले १३ बल डट खेल्दा ३ चौका र १ छक्का दिए।

उक्त खेलमा नेपाली कप्तान सन्दीप आबद्ध हरिकेन्स ६ रनले विजयी भयो। पहिलो ब्याटिङ गरेको सन्दीपको टिम हरिकेन्सले ५ विकेटको क्षतिमा १८२ रन जोडेको थियो । उसका लागि कप्तान मेथ्यु वेडले ४८ रन बनाए भने टिम डभिडले नटआउट ४६ रन जोडे।

१८३ रनको लक्ष्य पछ्याएको मेलवर्नले २० ओभरमा ६ विकेटको क्षतिमा १७८ रनमा समेटिएको थियो । मेलवर्नका लागि आरोन फिन्चले ७५ र साउन मार्सले ५१ रन जोडे पनि जितका लागि पर्याप्त भएन ।

यो जितसँगै हरिकेन्सले १२ खेलमा २७ अंक जोडेको छ । हरिेकेन्स लिगको पाँचौ स्थानमा छ। सन्दीपले १३ खेलमा १४ विकेट लिएका छन्।

प्रकाशित मिति : ५ माघ २०७८, बुधबार  ६ : ३४ बजे

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८२ साल माघ २ गते शुक्रबार तदनुसार

आज २०८२ साल माघ २ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ २ गते शुक्रबार तदनुसार

ओली र बालेनलाई चुनावमा पछार्ने हो : हर्क सम्पाङ

काठमाडौँ – श्रम, संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले फागुन २१

दाङमा बस र मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु

घोराही (दाङ) – दाङको देउखुरीमा बस र मोटरसाइकल एकापसमा ठोक्किँदा