अफ्रिका कप : १० खेलाडीमा सीमित घाना समूह चरणबाटै बाहिरियो « Khabarhub

अफ्रिका कप : १० खेलाडीमा सीमित घाना समूह चरणबाटै बाहिरियो


५ माघ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – घाना अफ्रिका कप अफ नेशन्सको समूह चरणबाटै बाहिरिएको छ । खेलको २५ औं मिनेटमै १० खेलाडीमा सीमित भएको घाना कोमारोससँग ३–२ गोल अन्तरले पराजित हुँदै समूह चरणबाटै बाहिरिएको हो ।

अफ्रिका कपको चार पटकको विजेता घानामाथि कोमोरोसका लागि चौथो मिनेटमा बेन नाबोहानले गोल गर्दै सुरुवाति झड्का दिएका थिए । खेलको २५ औँ मिनेटमा एन्ड्री अय्यूले रातो कार्ड पाए । त्यसपछि घाना १० खेलाडीमा सीमित भयो ।

कोमोरोसका लागि खेलको ६१ र ८५ औँ मिनेटमा मोग्नीले थप दुई गोल गरे । जवाफमा घानाका लागि ६४ औँ मिनेटमा बोएकी र ७७ औँ मिनेटमा डीजिकुले गोल गरे पनि त्यो जितका लागि पर्याप्त भएन ।

मंगलबार राति पराजित घानाले तीन खेल खेल्दा एक अंक मात्र जोडेको हो । कोमोरोस तीन अंकसहित तेस्रो स्थानमा छ ।

त्यसैगरी गएराति भएका अन्य खेलमा मोरक्को र गाबोनले २–२ को बराबरी खेलेका छन् । समूह बी अन्तर्गतको खेलमा मालवी र सेनेगलले गोल रहित बराबरी खेले भने जिम्बाबेले गिनीलाई २–१ ले पराजित गरेको छ ।

प्रकाशित मिति : ५ माघ २०७८, बुधबार  ७ : १६ बजे

केपी ओलीलाई पत्थरी, दीपक खड्कालाई पखाला

काठमाडौं- हालै पक्राउ परेका दुई भीभीआईपी नेपाल प्रहरीको हिरासतमा नभई

आगामी बजेट सन्तुलित आउँछ : प्रधानमन्त्री शाह

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहले आगामी आर्थिक वर्षको बजेट सन्तुलित

शिक्षा मन्त्रालयले फेरि जारी गर्‍यो ब्रिज कोर्स बन्द गर्ने सूचना

काठमाडौं – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले प्रवेश परीक्षा तयारी

वरिष्ठ अधिवक्ता भट्टराई भन्छन् : ‘पपुलिजम’को उत्कर्षमा न्यायलयको धेरै भरोसा नगर्नू

काठमाडौं – वरिष्ठ अधिवक्ता टीकाराम भट्टराईले पपुलिजमको उत्कर्षको अवस्थामा न्यायालयमाथि

श्रीलङ्कामा विद्युतको मूल्य करिब ४० प्रतिशतले वृद्धि

कोलम्बो – श्रीलङ्काले मध्यपूर्वमा युद्धको कारण ऊर्जा अभावको सामना गरिरहेका