ऐश्वर्याको दाजुको भूमिकामा दुःखी छन् शाहरुख | Khabarhub Khabarhub

ऐश्वर्याको दाजुको भूमिकामा दुःखी छन् शाहरुख


५ माघ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(एबीपी लाइभ)– बलिउडको बादशाहरुका रुपमा परिचित अभिनेता शाहरुख खानको फ्यान फलोइङ अधिक छ । बलिउडका अभिनेत्री या कोही आम महिला उनको बहिनी बन्न चाहन्छन् । यहाँसम्मकी फिल्ममा शाहरुखको बहिनीको भूमिकामा सायदै कम अभिनेत्री देखिएका छन् । यो सूचीमा ऐश्वर्या राय बच्चन पनि छिन् । यद्यपि शाहरुख विश्वकै सुन्दर महिला अभिनेत्रीलाई फिल्ममा बहिनी बनाउँदा दुःखी छन् । शाहरुख र ऐश्वर्याले वर्षौ पहिले फिल्म ‘जोश’मा एकसाथ काम गरेका थिए ।

फिल्ममा उनीहरुले पहिलोपटक स्क्रिन शेयर गरेका थिए । ऐश्वर्यालाई पहिलो फिल्ममै बहिनी बनाउँदा शाहरुख निकै दुःखी बनेका थिए । एक अवार्ड कार्यक्रममा शाहरुखले ऐश्वर्यालाई अवार्ड दिन बोलाउँदा उनले आफ्नो पीडा सुनाएका थिए । ‘म धेरै अभागी साबित भएको छु कि ऐश्वर्यासँगको पहिलो फिल्ममा नै मैले उनको दाजुको भूमिका निर्वाह गरें’, शाहरुखले भनेका छन् ।

‘विश्वकै सबैभन्दा सुन्दर महिलालाई कसले आफ्नो बहिनी बनाउन चाहन्छ र ? फिल्ममा ऐश्वर्या मेरो ट्वीन बहिनी बनेकी थिइन् । मानिसहरु हाम्रो अनुहार मिल्छ भन्थे । आज पनि मलाई यो कुराको पछुतो छ कि म ऐश्वर्याको दाईको भूमिकामा देखिएँ’, शाहरुखले भनेका छन् ।

यो फिल्मपछि शाहरुखले ‘मोहब्बतें’ र ‘देवदास’मा पनि ऐश्वर्यासँग अभिनय गरे । ‘देवदासमा पनि सबै कुरा ठीक थियो, तर पहिला मैले ऐश्वर्यालाई छोडें, पछि ऐश्वर्याले मलाई छोडेर अरु कोहीसँग विवाह गरिन् । साँच्चै भन्ने हो भने ऐश्वर्यासँग अनस्क्रिन रोमान्स गर्ने मौका मैले पाएकै छैन’, शाहरुख सम्झन्छन् ।

उनले ऐश्वर्यासँग साधारण फिल्ममा काम गर्न चाहेको खुलाएका छन् । पछिल्लो पटक शाहरुखले ऐश्वर्यासँग फिल्म ‘ए दिल है मुश्किल’मा अभिनय गरेका थिए । फिल्ममा शाहरुखले ऐश्वर्याको डिभोर्सी पतिको भूमिका निर्वाह गरेका थिए ।

प्रकाशित मिति : ५ माघ २०७८, बुधबार  ११ : २२ बजे

ओलीले भने- शङ्का लागेमा मेरो सम्पत्ति छानबिन गरियोस्

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले

अक्टोबर ७ का ‘नायक’ विपिनको इजरायलबाट अन्तिम बिदाइ (तस्बिरहरू)

तेलअभिभ- हमासको कब्जामा रहेर ज्यान गुमाएका नेपाली बन्धक विपिन जोशीको

ज्येष्ठ नागरिकका लागि हवाई टिकटमा ८० प्रतिशतसम्म छुटको व्यवस्था

काठमाडौं– नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई यात्रा गर्ने ज्येष्ठ नागरिकका

शिवम् होल्डिङ्सको चौथो वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं– शिवम् सिमेन्ट्स लिमिटेडको सहायक कम्पनी शिवम् होल्डिङ्स लिमिटेडको चौथो

माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु

भद्रपुर– यहाँस्थित कचनकवल गाउँपालिका–२ मा करेन्ट लगाएर माछा मार्ने क्रममा