‘ग्रीन टी’ व्यवसायी सन्देशको संघर्ष | Khabarhub Khabarhub

‘ग्रीन टी’ व्यवसायी सन्देशको संघर्ष


७ फाल्गुन २०७८, शनिबार  

पढ्न लाग्ने समय : 4 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- धेरैको दिनको सुरुवात चियाबाटै हुन्छ। नेपालीको पहिलो सत्कार पनि चिया नै हो। यही चिया अहिले धेरैको जीविकासँग जोडिएको छ। चियाले नै धेरैलाई व्यवसायिक पनि बनाएको छ। नेपालको ग्रीन टी अहिले विस्तारै विश्वमा चर्चा बटुल्दै आएको छ। यसरी विश्व बजारमा आफ्नो उत्पादन पुर्याउन लागि परेका छन्, इलामका सन्देश राई।

०४८ सालमा इलाममा जन्मिएका सन्देश ‘यति ग्रीन टी’ का संस्थापक हुन्। पछिल्लो पन्ध्र वर्षदेखि चिया व्यापार गरिरहेका उनी समाजशास्त्रका विद्यार्थी हुन्। नेपालमा बसेर पनि केही गर्न सकिन्छ भन्ने मान्यता बोकेका उनी युवा पुस्ताका उदारणीय व्यवसायी बन्दै गएका छन्।

स्कुल जीवनदेखि व्यवसाय सुरm गरेका उनी सुरुवाती दिन चुनौतीपूर्ण रहेको बताउँछन्। व्यवसायले लय समाउँदै जाँदा कोरोना कहरले धेरै असर पुर्याएको छ उनलाई पनि। चियामा व्यवसायिक एक रुपता गर्न सके अझै राम्रो हुने उनको बुझाइ छ।

‘म सोसीयल स्टडिजको विद्यार्थी भएकोले पनि चियाबाट पनि सबैलाइ सेवा गर्न कोसिस गरिररेको छु,’ उनले भने, ‘यति अर्गानिक ग्रीन टी को कम्पनी स्वयम्भुमा छ। पन्ध्र वर्ष अगाडिदेखि चिया व्यवसायी सुरु गरेको हुँ।’

उनका अनुसार त्यतिबेलादेखि उनको कम्पनीको चिया पिउने मानिस अहिलेसम्म पनि त्यो स्वाद पाइरहेका छन्। उनलाई पछ्याइरहेका छन्। चियाले रोग प्रतिरोधात्मक क्षमता बढाउने काम पनि गरेको छ।

‘चिया बनाउने मेसिन चीनबाट ल्याएर काम सुरु गरेका हौँ, यसको चारवटा चरणबाट प्रशोधन गरिन्छ। पहिला किलोको ५५ रुपैयाँको दरले हरियो पत्ता टिपिन्थ्यो,’ उनले भने, ‘यो भने अहिले सय रुपैयाँमा टिप्ने काम भइरहेको छ। अहिले भने मूल्यवृद्धि भइनै रहेको छ। बजारमा माग धेरै भए पनि माग अनुसार पुर्याउन सकिरहेको छैन।’

उनको योजना इलामको चियालाई विश्व बजारमा पुर्याउने पनि छ। यसका लागि विशेष मापदण्ड आवश्यक पर्छ। त्यो अहिल्यै उनले बनाउन सकेका छैनन्।

प्रमाणिकरण गरेको चियालाई अन्तर्राष्ट्रियकरण गर्न नसकेको उनको भनाइ छ। तर, पनि उनलेउत्पादन र बजारीकरण गरेको चिया यति ग्रीन टी अमेरिका, जर्मनी, फ्रान्स लगायतका देशमा निर्यात भइरहेको छ। विशेष गरेर उपहार दिनको लागि बाहिर चियाको माग बढिरहेको छ। तर पनि माग अनुसार पुर्याउन नसकिएको उनको भनाइ छ।

बजारीकरणको दुःख
उसो त उनले निकै दुःख गरेर चियाको बजारीकरण गरेका थिए। ‘सुरुमा त आफैँले बजारमा आफैले मार्केटिङ गरेर हिड्थ्यौँ,’ उनले आफ्नो सुरुवाती दुःख सुख भने, ‘म र एकजना साथी मिलेर बजारमा यस्तो चिया आको छ है भन्दै पसल पसल गएर देखाउथ्यौं। निकै चुनौतीपूर्ण समयमा हामीले यतिको बजारीकरण गरेका हौँ।’

उनको पारिवारिक पृष्ठभूमि व्यापार व्यवसाय थिएन। तर, आफ्नै संघर्षले अहिले उनले आफ्नो व्यापार व्यवसायको जग हालेका छन्।
‘हाम्रो पारिवारिक बिजनेस भएर यसको सुरुवात गर्न मैले एक्लै धेरै सघर्ष त गर्नु परेन,’ उनले भने, ‘तर मार्केटिङ गर्न धैरै दुःख गर्नु पर्यो। इलामबाट चिया ल्याउने र यहाबाट प्याकेजिङ गरेर बजारसम्म पुर्याउन सारै गाह्रो थियो।’

पाँच लाख लगानीको चिया व्यवसाय अहिले करोडौं रुपैयाँको भएको छ । अहिले उनी नेपालका तीन सय २८ वटा डिपार्टमेन्ट स्टोर र किराना पसलमा यति चिया पुग्छ ।

सुरुमा पाँच लाखको लगानीबाट सुरु भएको उनको चिया व्यवसाय अहिले करोडौं रुपैयाँको लगानीमा सन्चालित छ। तर, चुनौतीको सामना गर्दै जाँदा अहिले नेपालका तीन सय २८ वटा डिपार्टमेन्ट स्टोर र किराना पसलमा यति चिया पुर्याउन सफल भएको उनको अनुभव छ।

यस्तै अमेरिकाको पाँच वटा डिर्पाटमेन्ट स्टोरमा यति टी पाउन सकिने उनको भनाइ छ। फेरि पनि नेपालमा काम गर्न चुनौती रहेको उनको भनाइ छ। खासगरी राजनीतिक समस्याले पनि अझै चुनौती दिइरहेको उनको भोगाई छ।

चियालाई सहज रुपमा बजारमा पुर्याउन सकिए व्यापार र रोजगारी धेरै बढाउन सकिने उनको भनाइ छ। चियालाई अझै सरकारले अझै प्राथमिकता नदिएको उनको गुनासो छ। तर, यसको नयाँ र आधुनिक तरिकाबाट चियाको प्रवद्र्धन गर्नुपर्नेमा राई जोड दिन्छन्।

‘विभिन्न टेक्नोलोजीमा ध्यान दिनुपर्छ। चिया सम्बन्धी विभिन्न तालिम राम्रो बनाउने विधि लगायतका कुरामा ध्यान दिनुपर्छ’, उनले भने, ‘चिया कलेक्सन हाउस नहुँदा पनि समस्या खेप्नु परेको छ। चिया कलेक्सन हाउस खोल्दिए अझै वृद्धि गर्न सहज हुन्थ्यो।’
सन्देशसँग अहिले अहिले उत्पादनको क्षेत्रमा आठ र बजारी करणमा पनि आठ जना गरी १६ जनाको टिम छ। जसले यति ग्रीन टीको माध्यमबाट रोजगारी पाएका छन्।

‘आफूले रोजगारी दिन पाउदा एकदमै खुसी महसुस हुनेरहेछ,’ उनले भने, ‘चियालाई अझै राम्रो बनाउनको लागि मैले विभिन्न तालिम लिएको छु। यसले पनि काममा धैरै सहयोग पुगेको छ। मेरो पढाइ फरक विषयको भएपनि मलाई बिजनेसमै लागेर केही गर्नुपर्छ भन्ने थियो। त्यसैले आफ्नै पारिवारिक व्यवसायलाई अगाडि बढाएर अन्तर्राष्ट्रिय बजारमा पुर्याउछु भन्ने मेरो सोच थियो। त्यही अनुसार काम गरिरहेको छु।’

‘आफूले रोजगारी दिन पाउदा एकदमै खुसी महसुस हुनेरहेछ,’ उनले भने, ‘चियालाई अझै राम्रो बनाउनको लागि मैले विभिन्न तालिम लिएको छु। यसले पनि काममा धैरै सहयोग पुगेको छ।’

यति ग्रीन चियालाई अझै बजारीकरण गर्नको लागि केही ठाँउमा ‘टी–टेस्टिङ स्टोर’ पनि खोल्ने उनको विचार छ। यसले उनलाई चियाको बजार विस्तार, मानिसहरुमा यसको गुणस्तर वृद्धि र निश्चितताहोस् भन्ने लाग्छ। जसले बजारमा बेलाबेला आउने गुणस्तरको बारेमा ठूलो समस्या नहोस्। यस किसिमका व्यवसायमा भविष्य पनि रहेको उनको बुझाई छ। साथै युवालाई यस्ता व्यवसायमा लाग्नुपर्ने प्रेरणा पनि उनी दिइरहन चाहन्छन्।

‘नयाँ तरिकाले अघि बढ्न सकियो भने चियामा एकदमै राम्रो भविष्य छ,’ उनी भन्छन, ‘स्वास्थ्य जीवन जिऊ, यति टी पिउ’ भन्ने हाम्रो नारा रहेको छ। यति ग्रीन टीको धेरै फाइदा पनि छन्। यसले रोग प्रतिरोधात्मक क्षमता बढाउने काम गर्छ साथै ब्लड प्रेसर नियन्त्रण गर्छ। मोटोपना घटाउने र कपाल झर्ने समस्या कम गर्छ।उमेर नपुग्दै बुढो हुने समस्याबाट पनि छुटकारा पाउन सकिन्छ।’

चिया बजारमा बेच्न जस्तो सजिलो उत्पादन गर्न छैन। जसको अन्तर्राष्ट्रियकरणका लागि उत्पादन राम्रोसँग गर्न सबैभन्दा धेरै चुनौती छ। त्यसकारण मौसमलाई ख्याल गरेर मात्रै चिया उत्पादनमा अघि बढ्नुपर्ने उनको भनाइ छ।

‘मौसमले चियालाई धेरै असर त गर्दैन,’ उनले भने, ‘तर कतिपय अवस्थामा मौसमकै कारणले क्षति पुग्ने गरेको छ। समयानुकुल यसको टिप्ने, काट्ने, सुकाउने काममा पानी परेर वा घाम नलागेर समस्या हुनेगर्छ।’

चिया बजारमा बेच्न जस्तो सजिलो उत्पादन गर्न छैन। अन्तर्राष्ट्रियकरणका लागि उत्पादन राम्रोसँग गर्नु चुनौती छ। मौसमलाई ख्याल गरेर मात्रै चिया उत्पादनमा अघि बढ्नुपर्छ ।

चिया उत्पादन भएर बजारीकरण नभए समस्या आउने उनको भनाइ छ। तर कोरोनाले गर्दा चुनौति पनि बढ्दो छ। यसअघि लकडाउनले ठूलो घाटा भएको अनुभव छ।

‘अहिलेको समयमा कोरोनाका कारण धैरै समस्या खेप्नुपर्ने भइरहेको छ,’ उनी भन्छन्, ‘भएका अर्डरहरु पनि बजारमा पुर्याउन सकिएन। यसले ठूलो घाटा भयो।’

यस्तो बेलामा पनि सरकारले सहयोग नगर्दा बजारका व्यवसाय र रोजगारी सिर्जनाप्रति राज्य गैरजिम्मेवार भएको अनुभूत भएको उनले सुनाए। ‘आफ्नै दुःख र संघर्षले व्यवसायमा उठ्न सकिन्छ,’ उनले भने, ‘तर महामारी आउँदा सरकारले अभिभावकत्व देखाउनुपर्छ। हाम्रो देशमा त्यो नहुँदा व्यवसायी पीडामा छन्।’

प्रकाशित मिति : ७ फाल्गुन २०७८, शनिबार  ११ : २० बजे

तनहुँ जलविद्युत् आयोजनाद्वारा ९७ परिवारलाई क्षतिपूर्ति वितरण

दमौली – तनहुँको ऋषिङ गाउँपालिका–१ मा निर्माणाधीन एक सय ४०

प्रवासी नेपालीद्वारा म्याग्दीको दुई विद्यालयलाई कम्प्युटर सहयोग

म्याग्दी – प्रवासी नेपालीले म्याग्दीको दुई  विद्यालयलाई रु छ लाख

सवस्टेशन निर्माणका लागि हुम्लामा ११० रोपनी जग्गा अधिग्रहण

काठमाडौं – हुम्लाको सर्केघाट गाउँपालिकामा निर्माण हुन लागेको ४००र१३२ केभी

३५ जनाको हत्या गर्नेलाई मृत्युदण्ड

बेइजिङ – चीनमा कारले ३५ जनाको हत्या गर्ने व्यक्तिलाई डेढ

राहुघाटको ७२ प्रतिशत भौतिक प्रगति

म्याग्दी – नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावरद्वारा म्याग्दीमा