पत्रकारलाई धम्की दिएकोप्रति महासङ्घको ध्यानाकर्षण « Khabarhub

पत्रकारलाई धम्की दिएकोप्रति महासङ्घको ध्यानाकर्षण


७ फाल्गुन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विराटनगर – समाचार लेखेको तथा भिडियो प्रयोग गरेको विषयलाई लिएर दिएको धम्कीप्रति नेपाल पत्रकार महासङ्घ मोरङ शाखाको गम्भीर ध्यानाकर्षण भएको छ ।

गएको माघ २५ गते सुनसरी धरान उपमहानगरपालिका–१५ स्थित युनाइटेड गुर्खा एकेडेमी स्कुल अगाडि भएको अमानवीय घटनाबारे लेखिएको समाचार र प्रयोग भएको भिडियोको विषय लिएर कोसी अनलाइन न्युज पोर्टलको विराटनगरस्थित कार्यालयमा बम प्रहार गर्ने धम्की दिएको घटनाप्रति शाखाको ध्यानाकर्षण भएको हो ।

पसलमा चोरी गर्न खोजेको आरोपमा एक युवालाई सार्वजनिकस्थलमा डोरीले बाँधेर निर्घात कुटपिट भएको विषयमा समाचार प्रकाशित भएपछि मनोज विक नाम गरेका व्यक्तिले बम पड्काउने धम्की दिँदै अनलाइनको पेजमा अडियो म्यासेज गर्ने र अन्य व्यक्तिहरुमार्फत पनि फोन गर्न लगाई अनलाइनको कार्यालयमा धम्की दिएको घटनाको शाखाले घोर निन्दा गरेको छ ।

प्रकाशित समाचार तथा प्रयोग भएको सामग्रीप्रति चित्त नबुझे कानुनी उपचारमा जान सकिने विकल्प हुँदाहुँदै पत्रकारलाई धम्क्याउनु, कार्यालयमा बम प्रहार गर्छु भत्रे अभिव्यक्ति दिनु प्रेस विरोधी हर्कत भएकाले दोषी उपर कडा कारबाहीको माग गर्दै सम्बन्धित निकायको ध्यानाकर्षण गराउन शाखाले आज विज्ञप्ति जारी गरेको छ ।

प्रकाशित मिति : ७ फाल्गुन २०७८, शनिबार  १ : ०१ बजे

तीन दिनभित्र समानुपातिक उम्मेदवार छनोट गर्न दलहरूलाई आयोगको पत्र

काठमाडौं- निर्वाचन आयोगले समानुपातिकतर्फ सिट पाएका दलहरूलाई तीन दिनभित्र उमेदवार

समानुपातिकतर्फको सिट निर्धांरण, कुन दलले कति पाए ?

काठमाडौं – निर्वाचन आयोगले समानुपातिकतर्फ निर्वाचित हुने गरी दलले प्राप्त

भोलिदेखि प्रति सिलिण्डर आधा ९५५ मा बिक्री वितरण गरिने

काठमाडौं – नेपाल आयल निगमले ग्यास सिलिण्डरमा ७.१ किलो एलपी

‘पिएम कप’ क्रिकेट गण्डकी प्रदेशस्तरीय छनोट सुरु, कास्कीको विजयी सुरुआत

कास्की – पोखरामा आजदेखि ‘प्रधानमन्त्री कप’ राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताका

मुलुकको राजनीतिक परिवर्तनमा महिलाको योगदान महत्वपूर्ण छः पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको लोकतान्त्रिक आन्दोलन र राजनीतिक