फिलिपिन्सलाई नेपालले दियो २ सय १९ रनको लक्ष्य « Khabarhub

फिलिपिन्सलाई नेपालले दियो २ सय १९ रनको लक्ष्य

कुशल बने सतक बनाउने तेस्रो नेपाली क्रिकेटर



काठमाडौं-आईसीसी पुरुष टी-ट्वान्टी क्रिकेट विश्वकप छनोट ए अन्तर्गत नेपालले सानदार ब्याटिङ गर्दै फिलिपिन्सलाई २ सय १९ रनको लक्ष्य दिएको छ ।

ओमानको ओमान क्रिकेट एकेडेमीमा जारी खेलमा पहिलो ब्याटिङ गरेको नेपालले निर्धारित ओभरमा ३ विकेट गुमाएर २ सय १८ रन बनाएको हो ।

कुशल भुर्तेलले नटआउट १ सय ४ रन बनाउँदै पारस खड्का र ज्ञानेन्द्र मल्लपश्चात अन्तराष्ट्रिय टि-ट्वान्टीमा सेन्चुरी बनाउने नेपालका तेस्रो क्रिकेटर बनेका छन् ।

कुशल भूर्तेलले ६१ बलमा १३ चौका र १ छक्का प्रहार गर्दैँ सेन्चुरी पुरा गरे ।

दीपेन्द्र सिंह ऐरीले ८३ रन, कुशल मल्लले १२ र लोकेश बमले नटआउट ६ रन जोडे ।

आशिफ शेख भने शून्य रनमा आउट भए । नेपालले आजको खेल जित्नको लागि अब कसिलो बलिङ गर्न पनि आवश्यक छ ।

प्रकाशित मिति : ७ फाल्गुन २०७८, शनिबार  १ : ४० बजे

प्रधानमन्त्री बालेनको गीतले बनायो नयाँ रेकर्ड

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहको नयाँ र्‍याप गीत ‘जय महाकाली’ले

पर्यटन विकाससँगै जैविक विविधता जोगाउन ‘प्यारा’ तालको संरक्षण गरिँदै

कैलाली – कैलालीसँगै सिमाना जोडिएको जिल्ला कञ्चनपुरको पुनर्वास नगरपालिका–८ र

नागरिकसँग गरेका वाचा पूरा गर्छौं : लामिछाने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले नागरिकसँग

लेबनान ‘मानवीय विपत्ति’ को जोखिममा : युएनएचसिआर

जेनेभा – मध्यपूर्व युद्धको झन्डै एक महिनापछि लेबनानले गहिरिँदै गएको

बालेनलाई चिनियाँ समकक्षी ली छ्याङको बधाई, बीआरआईसहितमा मिलेर काम गर्न तयार

काठमाडौं – चीनका प्रधानमन्त्री ली छ्याङले नेपालका नवनियुक्त प्रधानमन्त्री बालेन्द्र