भोट नपाइएला कि भन्ने डरले बोल्न डराउनु हुन्न–मुख्यमन्त्री पाण्डे « Khabarhub

भोट नपाइएला कि भन्ने डरले बोल्न डराउनु हुन्न–मुख्यमन्त्री पाण्डे


७ फाल्गुन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बागमती– बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले राजनीतिकर्मीले भोट नपाइएला कि भन्ने डरले बोल्न डराउन नहुने बताएका छन । ७२ औं प्रजातन्त्र दिवसको अवसर पारेर प्रदेश सरकारले आयोजना गरेको कार्यक्रममा उनले यो कुरा बताएका हुन् । उनले अझै पनि देशले आर्थिक सामाजिक क्षेत्रमा गति लिन नसकेको, सामाजिक सुधार पनि राम्रोसँग गर्न नसकेकामा चिन्ता व्यक्त गरे ।

उनले मुलुकमा प्रजातन्त्रको स्थापना र विभिन्न समयमा भएका राजनीतिक परिवर्तनका साथै सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान जारी भएपछि लामो राजनीतिक सङ्क्रमणकाल समाप्त भएको बताए ।

मुख्यमन्त्री पाण्डेले जनताको त्याग तपस्या र बलिदानीबाट प्राप्त प्रजातन्त्रलाई थप सुरक्षित र व्यवस्थित गर्न सबैको भूमिका महत्वपूर्ण हुने बताए । मुलुकमा विभिन्न समयमा भएको क्रान्तिपश्चात् पुरानो संरचना बदलिएर नयाँ संरचना स्थापना भए पनि जनअपेक्षाअनुसारको काम गर्न अझै नसकिएको बताउँदै मुख्यमन्त्री पाण्डेले यो सरकार अब नयाँ ढङ्गबाट जनहितका काम गर्न दत्तचित्तले लागिपरेको र त्यसका लागि न्यूनतम साझा कार्यक्रमसमेत तय गरिएको दाबी गरे ।

बागमती प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री कृष्णप्रसाद शर्मा खनाल, स्वास्थ्यमन्त्री निमा लामा, अर्थमन्त्री शालिकराम जम्मकट्टेल, वन तथा वातावरणमन्त्री विशाल खड्कालगायत विभिन्न मन्त्रालयका सचिव, सुरक्षा निकायका उच्चपदस्थ अधिकारी र सञ्चारकर्मीको उपस्थिति रहेको सो कार्यक्रममा मुख्यमन्त्री पाण्डेले प्रजातन्त्र लेखिएको ब्यानर उडाएर प्रजातन्त्रको स्थापनामा योगदान पुर्‍याउने सबैप्रति सम्मान व्यक्त गरेका थिए ।

प्रकाशित मिति : ७ फाल्गुन २०७८, शनिबार  २ : १५ बजे

सुर्खेतकी इनिसाको मृत्यु ‘जबरजस्ती करणी’बाटै, सीआईबीको टोली पनि पुग्यो

वीरेन्द्रनगर- सुर्खेतको गुर्भाकोट नगरपालिका निवासी १६ वर्षीया किशोरी इनिसा विकको

होर्मुजको जलक्षेत्र बन्द नै रहनेछ, शहीदका रगतको बदला लिइनेछ : सर्वोच्च नेता खामेनी

काठमाडौं– इरानका नवनियुक्त सर्वोच्च नेता आयातोल्लाह मोज्ताबा खामेनीले होर्मुजको जलडमरुमध्य

विधान संशोधन गरेर रास्वपा दलको नेता बन्दै बालेन्द्र, रविले पार्टी चलाउने

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय समिति बैठकमार्फत् विधान संशोधन गरेर

औषधि उद्योगलाई आत्मनिर्भरका साथै निर्यातमुखी बनाइनेछ : मन्त्री गौतम

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री डा. सुधा गौतमले नेपालका औषधि