जनप्रतिनिधि जनताप्रति उत्तरदायी हुनुपर्छः अध्यक्ष तिमिल्सिना « Khabarhub

जनप्रतिनिधि जनताप्रति उत्तरदायी हुनुपर्छः अध्यक्ष तिमिल्सिना


७ फाल्गुन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले जनप्रतिनिधि र राजनीतिकर्मी मतदाता र जनताप्रति उत्तरदायी हुनुपर्ने बताएका छन् ।

कास्कीको पोखरामा शनिबार डब्ल्यूएचओको सहयोगमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको कोभिड–१९ विरुद्धको खोपसम्बन्धी जोखिम सञ्चार तथा सामुदायिक सहभागितासम्बन्धी कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

कार्यक्रममा अध्यक्ष तिमिल्सिनाले कोभिडसम्बन्धी विभिन्न भेरियन्ट देखिने क्रम नरोकिएकाले जनप्रतिनिधि तथा राजनीतिकर्मीले यसबारे जानकारी राख्नुपर्ने विचार व्यक्त गरे ।

अध्यक्ष तिमिल्सिनाले विश्वमा जनप्रतिनिधिले कोभिडविरुद्ध के के गरे भन्ने सन्दर्भको समीक्षा गर्दा नेपाल अगाडि रहेको दाबी पनि गरे ।

कार्यक्रममा सातवटै प्रदेशका सभामुख र उपसभामुख, विश्व स्वास्थ्य संगठनका नेपाल प्रमुख डा. राजेश संभाजिराव पाण्डवलगायतको उपस्थिति थियो ।

प्रकाशित मिति : ७ फाल्गुन २०७८, शनिबार  ४ : २३ बजे

सुर्खेतकी इनिसाको मृत्यु ‘जबरजस्ती करणी’बाटै, सीआईबीको टोली पनि पुग्यो

वीरेन्द्रनगर- सुर्खेतको गुर्भाकोट नगरपालिका निवासी १६ वर्षीया किशोरी इनिसा विकको

होर्मुजको जलक्षेत्र बन्द नै रहनेछ, शहीदका रगतको बदला लिइनेछ : सर्वोच्च नेता खामेनी

काठमाडौं– इरानका नवनियुक्त सर्वोच्च नेता आयातोल्लाह मोज्ताबा खामेनीले होर्मुजको जलडमरुमध्य

विधान संशोधन गरेर रास्वपा दलको नेता बन्दै बालेन्द्र, रविले पार्टी चलाउने

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय समिति बैठकमार्फत् विधान संशोधन गरेर

औषधि उद्योगलाई आत्मनिर्भरका साथै निर्यातमुखी बनाइनेछ : मन्त्री गौतम

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री डा. सुधा गौतमले नेपालका औषधि