गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल वैशाख १ गतेबाट सञ्चालनमा आउने | Khabarhub Khabarhub

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल वैशाख १ गतेबाट सञ्चालनमा आउने


७ फाल्गुन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रुपन्देही– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले यही वैशाख १ गतेदेखि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउने जनाएका छन् ।

फागुन १५ गतेसम्म यान्त्रिक परीक्षण उडान हुने र त्यसको रिपोर्ट आइसकेपछि वैशाख १ गतेदेखि नयाँ विमानस्थलका रूपमा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल शुभारम्भ गरिने मन्त्री आलेको भनाइ छ ।

विमानस्थलको निरीक्षण गर्न शनिबार भैरहवा आएका मन्त्री आलेले विमानस्थलमा क्यालिब्रेसन फ्लाइट सम्पन्न भइसकेपछि नेपाल एयरलाइन्सको ध्वजाबाहक विमान वाइडवडीबाट परीक्षण उडान गरिने पनि जानकारी दिए । उनले यान्त्रिक परीक्षण उडानको मिति फागुन १५ गतेका लागि तोकिएको भए पनि त्यसअघि नै गर्न पाउँदा खुशी लागेको बताए ।

५६ दिनमा क्यालिब्रेसन फ्लाइटको रिपोर्ट आउने भए पनि आफूले विमानस्थल आयोजना तथा एरो थाई कम्पनीका परियोजना निर्देशक तथा नेपाल प्रतिनिधिलाई अहोरात्र खटेर ४२ दिनमै रिपोर्ट पेश गर्न अनुरोध गरेको उनले बताए ।
अब बुद्ध जयन्तीमा विभिन्न देशका बौद्ध धर्मावलम्बीहरू गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा सोझै आउने उनकोे भनाइ छ ।

लुम्बिनी विकास गुरुयोजनाको काम १९ प्रतिशत रहेको र बाँकी रहेका काम सम्पन्न गर्न अर्थ मन्त्रालयबाट बजेट सुनिश्चित गरेर अगाडि बढाउने मन्त्री आलेको भनाइ छ । अब छिटै गुरुयोजनाका बाँकी काम सम्पन्न गरिने पनि उनले बताए ।

प्रकाशित मिति : ७ फाल्गुन २०७८, शनिबार  ४ : ५२ बजे

सङ्खुवासभामा शुक्रबार बिहानसम्म कर्फ्यु

खाँदबारी– जेन–जी आन्दोलनसँगै उत्पन्न सुरक्षा संवेदनशीलतालाई दृष्टिगत गरी जिल्ला प्रशासन

बालेनसँग आक्रोशित हर्क : संकट पर्दा लुकेर मैदानमा नउत्रिएको आरोप

काठमाडौँ- धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई साम्पाङले काठमाडौँ महानगरपालिकाका मेयर

‘संकट समाधानको नेतृत्व राष्ट्रपतिले गर्नुपर्छ’

काठमाडौं– नेपालका लेखक तथा राजनीतिक विश्लेषकहरूले राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको

यस्ता छन् राजकिशोरले अघि सारेका संकट समाधानका चार विकल्प

काठमाडौँ– जनता समाजवादी पार्टी, नेपाललका उपाध्यक्ष एवम् प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध

एनसेलले बढायो निःशुल्क लोकल कल, एसएमएस र इन्टरनेटको समयसीमा

काठमाडौं– टेलिकम सेवा प्रदायक एनसेलले मंगलबारबाट दिन थालेको निःशुल्क लोकल