प्रजातन्त्रका मान्यताविरुद्ध काम गर्नेलाई समयमै चिन्नुपर्छः नेता महर « Khabarhub

प्रजातन्त्रका मान्यताविरुद्ध काम गर्नेलाई समयमै चिन्नुपर्छः नेता महर


७ फाल्गुन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली काँग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले प्रजातन्त्रको खोल ओढेका कम्युनिष्टबाट नै प्रजातन्त्रमाथि सबैभन्दा बढी खतरा रहेको बताएका छन् ।

प्रजातन्त्र दिवसका अवसरमा स्कूल अफ डेमोक्रेसी त्रिभुवन विश्वविद्यालय समितिद्वारा गरिएको ‘विश्वमा प्रजातन्त्रको अभ्यास र नेपालको अवस्था’ विषयक विचार गोष्ठीमा महरले यस्तो बताएका हुन् ।

ओली नेतृत्वको तीनवर्षे सरकारतर्फ इङ्गित गर्दै उनले समाजको आवश्यकतालाई वास्ता नगरी प्रजातन्त्रको आवरणमा स्थापित भएर खाली बहुमत र अल्पमतको कुरा गर्ने र कर्म भने प्रजातन्त्रका मुख्य मूल्य मान्यताविरुद्ध गर्नेलाई समयमै चिन्नुपर्ने बताए ।

अमेरिकी सहयोग परियोजना एमसीसीका विरोधीहरूप्रति कटाक्ष गर्दै नेता महरले त्रिवि विश्वविद्यालय र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बनाउने बेला नेपालमा तत्कालीन समयमा भएका २०/२५ जना कम्युनिष्टहरूले विदेशीहरू आउने भन्दै सुतेको प्रसंग सुनाएका थिए ।

प्रकाशित मिति : ७ फाल्गुन २०७८, शनिबार  ६ : ०५ बजे

‘हांगोर’ले बंगलादेशमा चासोको कलाकार बनेका नेपाली नायक प्रमोद अग्रहरी !

काठमाडौं – नायक प्रमोद अग्रहरीले गत बिहीबार एक फिल्मको टिजर

ग्वलाबारी सामुदायिक वनमा आश्रयस्थल निर्माण

कञ्चनपुर– कृष्णपुर नगरपालिका–२ स्थित ग्वलाबारी सामुदायिक वन पछिल्लो समय वन

भोजपुर तिम्माका महिलालाई तरकारी खेती गर्न टनेल वितरण

भोजपुर– महिलालाई उद्यमशीलतामा जोड्दै आर्थिक रूपमा आत्मनिर्भर बनाउने उद्देश्यले टेम्केमैयुङ

कांग्रेस विशेष महाधिवेशन : निर्वाचन समिति बन्यो

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशनको दोस्रो दिनको बन्द सत्र

शिक्षण पेसासँगै कृषिमा रमाउँदै सर्वेन्द्र

रुपन्देही– रुपन्देहीको मर्चवारी– ७ का सर्वेन्द्र यादवले शिक्षण पेसासँगै कृषिमा