एमसीसी विशुद्ध विकास निर्माण परियोजना हो : नेता कोइराला « Khabarhub

एमसीसी विशुद्ध विकास निर्माण परियोजना हो : नेता कोइराला


७ फाल्गुन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विराटनगर– नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) विशुद्ध विकास निर्माण परियोजना भएको बताएका छन् ।

नेपाली कांग्रेस विराटनगर महानगरपालिका वडा नं ९ द्वारा प्रजातन्त्र दिवसको उपलक्ष्यमा आज आयोजित कार्यक्रममा उनले एमसीसी परियोजना नेपालको हितमा रहेको भन्ने कुरालाई जनतालाई बुझाउनुपर्ने बताए ।

कोइरालाले नेपालको विकास निर्माण तथा गरिबी निवारण गरी लोकतन्त्रलाई बलियो बनाउनु परियोजनाको लक्ष्य रहेको उल्लेख गर्दै एमसीसी आउँदैमा मुलकमा विदेशी सेना आउने यसको कुनै पनि बुँदामा उल्लेख नभएको प्रष्ट पारेका छन् ।

उनले एमसीसी रु ६३ अर्बको परियोजनाले मुलुकको विद्युत् ट्रान्समिसन लाइनको विस्तारसँगै सडक तथा पूर्वाधारको निर्माणलाई बढावा दिनु रहेको बताए । उनले अनुदान लिने नाममा जे कुरालाई पनि स्वीकार गर्नुपर्छ भन्ने पक्षमा आफू नरहेको प्रष्ट पारे ।

नेपाली कांग्रेस वडा नं ९ का सभापति अनुजा कोइराला, महानगरपालिकाका सभापति दीपक चापागाईँ, क्षेत्र नं ६ (ख) का सभापति मधुबाबु तिवारी, महाधिवेश प्रतिनिधि निरञ्जन रिजाल तथा समाजसेवी नारायणप्रसाद श्रेष्ठलगायतले प्रजातन्त्र प्राप्तिका लागि योगदान दिने शहीदहरूको सपनालाई पूरा गर्न नेता तथा कार्यकर्ता जनताको समृद्धिका लागि जुट्नुपर्ने बताए ।

नेता कोइरालाले मुटुरोग विशेषज्ञ डा राजीव श्रेष्ठलाई पार्टीमा स्वागत गरे ।

प्रकाशित मिति : ७ फाल्गुन २०७८, शनिबार  ६ : २९ बजे

सुर्खेतकी इनिसाको मृत्यु ‘जबरजस्ती करणी’बाटै, सीआईबीको टोली पनि पुग्यो

वीरेन्द्रनगर- सुर्खेतको गुर्भाकोट नगरपालिका निवासी १६ वर्षीया किशोरी इनिसा विकको

होर्मुजको जलक्षेत्र बन्द नै रहनेछ, शहीदका रगतको बदला लिइनेछ : सर्वोच्च नेता खामेनी

काठमाडौं– इरानका नवनियुक्त सर्वोच्च नेता आयातोल्लाह मोज्ताबा खामेनीले होर्मुजको जलडमरुमध्य

विधान संशोधन गरेर रास्वपा दलको नेता बन्दै बालेन्द्र, रविले पार्टी चलाउने

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय समिति बैठकमार्फत् विधान संशोधन गरेर

औषधि उद्योगलाई आत्मनिर्भरका साथै निर्यातमुखी बनाइनेछ : मन्त्री गौतम

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री डा. सुधा गौतमले नेपालका औषधि