भोलि बस्ने प्रतिनिधिसभाको कार्यसूची सार्वजनिक, एमसीसी परेन « Khabarhub

भोलि बस्ने प्रतिनिधिसभाको कार्यसूची सार्वजनिक, एमसीसी परेन


७ फाल्गुन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रतिनिधिसभाको सम्भावित कार्यसूची सार्वजनिक भएको छ ।

संघीय संसद सचिवालयले शनिबार सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा चर्चामा रहेको एमसीसीसम्बन्धी प्रस्ताव भने परेको छैन ।

प्रतिनिधिसभाको बैठक आइतबार दिउँसो १ बजेका लागि बोलाइएको हो ।

यो बैठकमा सरकारबाट एमसीसीसम्बन्धी प्रस्ताव टेबुल हुने भनिँदै आए पनि कार्यसूचीमा राखिएको छैन ।

संसद सचिवालयका महासचिव भरतराज गौतमले जारी गरेको सम्भावित कार्यसूचीमा सरकारले राष्ट्रिय समावेशी आयोगको प्रतिवेदन २०७७/७८ पेश गर्ने विषय मात्र छ ।

यद्यपि, सरकारले बैठकअघि कार्यव्यवस्था परामर्श समितिमा छलफल गरी एमसीसीलाई कार्यसूचीमा राख्न लगाउन सक्ने सम्भावना पनि रहेको छ ।

प्रकाशित मिति : ७ फाल्गुन २०७८, शनिबार  ७ : ०३ बजे

तीन दिनभित्र समानुपातिक उम्मेदवार छनोट गर्न दलहरूलाई आयोगको पत्र

काठमाडौं- निर्वाचन आयोगले समानुपातिकतर्फ सिट पाएका दलहरूलाई तीन दिनभित्र उमेदवार

समानुपातिकतर्फको सिट निर्धांरण, कुन दलले कति पाए ?

काठमाडौं – निर्वाचन आयोगले समानुपातिकतर्फ निर्वाचित हुने गरी दलले प्राप्त

भोलिदेखि प्रति सिलिण्डर आधा ९५५ मा बिक्री वितरण गरिने

काठमाडौं – नेपाल आयल निगमले ग्यास सिलिण्डरमा ७.१ किलो एलपी

‘पिएम कप’ क्रिकेट गण्डकी प्रदेशस्तरीय छनोट सुरु, कास्कीको विजयी सुरुआत

कास्की – पोखरामा आजदेखि ‘प्रधानमन्त्री कप’ राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताका

मुलुकको राजनीतिक परिवर्तनमा महिलाको योगदान महत्वपूर्ण छः पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको लोकतान्त्रिक आन्दोलन र राजनीतिक