ए डिभिजन लिगः मछिन्द्रबाट थ्रीस्टार पराजित | Khabarhub Khabarhub

ए डिभिजन लिगः मछिन्द्रबाट थ्रीस्टार पराजित


७ फाल्गुन २०७८, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– इन्जुरी समयमा प्राप्त पेनाल्टीलाई कप्तान सुजल श्रेष्ठले सदुपयोग गरेपछि सहिद स्मारक ‘ए’ डिभिजन लिगको १२ औँ चरणअन्तर्गत शनिबार लिग च्याम्पियन मछिन्द्र फुटबल क्लबले थ्री स्टार क्लबलाई १–० ले पराजित गरेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा सुजलको उक्त पेनाल्टी गोल नै मछिन्द्रको जितमा निर्णायक बन्यो ।

थ्री स्टारका जीवन गुरुङले अभिषेक गुरुङलाई पेनाल्टी क्षेत्रभित्र फउल गरेपछि मछिन्द्रले इन्जुरी समयमा पेनाल्टी पाएको थियो । जसमा सुजलले कुनै गल्ती गरेनन् ।

त्यसअघि सुरुआती १० मिनेटसम्म दुवै टोलीले गोलका गतिला अवसर बनाउन सकेनन् ।

थ्री स्टारका रफाइल रिमले १७ औँ मिनेटमा प्रहार गरेको फ्रिकिक पोस्टको दिशा लिन सकेन ।

खेलको १९ औँ मिनेटमा थ्री स्टारका आयुश घलानले दिएको पासमा हेमन्त थापामगरले गरेको प्रहार विशाल श्रेष्ठले पन्च गरिदिए ।

मछिन्द्रका २२ औँ मिनेटमा उत्सव राईको कर्नरमा सोनम भुटियाले गरेको लोअर हेडरलाई थ्री स्टारका गोलकिपर प्रिसोले बाहिर फ्याकिदिए ।

मछिन्द्रका अभिषेक रिजालले २४ औँ मिनेटमा अग्रताको सुन्दर मौका खेर फाले । मछिन्द्रका डिफेन्डर रजिन धिमालको लामो प्रहारमा थ्री स्टारका निशान खड्का हेडमार्फत् गोलकिपरलाई दिएको ब्याक पास दिन्छन् । तर, त्यसलाई भेट्टाउँदै अभिषेकले प्रहार गरे पनि निशानले नै गोललाइनबाट क्लियर गर्दै थ्री स्टारको संकट टारेका थिए ।

इन्जुरी समयमा अभिषेक राईले गोलको अर्काे सुन्दर मौका खेर फाले । बुद्ध राईलाई उपलब्ध गराएको पासमा अभिषेकले थ्री स्टार गोलकिपरलाई वान भर्सेस वानको अवस्थामा बिट गर्न सकेनन् । त्यसअघि बुद्धलाई डिफेन्सबाट उत्सब राईले लामो पास दिएका थिए ।

थ्री स्टारका हेमन्त थापामगरले ४८ औँ मिनेटमा १८ बक्स बाहिरबाट गरेको फ्रिकिक प्रहार पोस्टको केही इन्चमाथिबाट बाहिरियो ।

थ्री स्टारका घनिफो रोमाहले ५१ औँ मिनेटमा १८ यार्ड बक्सबाट गरेको प्रहार सेकेन्ड बारको नजिकैबाट बाहिरियो ।

७४ औँ मिनेटमा आयुश घलानले क्रसलाई रितिक खड्काले फाइनल टच दिन सकेनन् ।

८८ औँ मिनेटमा थ्री स्टारका सञ्जोक राईले मध्य मैदानबाट उपलब्ध गराएको पासमा गोलकिपरसँग वान भर्सेस वान रहँदा विजय भुजेलले बललाई पोस्टका दिशा दिन सकेनन् ।

तालिकामा १२ खेलबाट ३२ अंक जोडेर शीर्ष स्थानमा रहेको मछिन्द्रले अपराजित रहँदै लिगको उपाधि जितिसकेको छ ।

यस्तै, समान खेलबाट १८ अंक जोडेको थ्री स्टार तालिकाको चौथो स्थानमा यथावत् छ ।

प्रकाशित मिति : ७ फाल्गुन २०७८, शनिबार  ७ : ३६ बजे

सहरी विकास मन्त्रालयको मन्त्रालयस्तरीय विकास समस्या समाधान समिति बैठक सम्पन्न

काठमाडौं– सहरी विकास मन्त्रालयको मन्त्रालयस्तरीय विकास समस्या समाधान समिति (एमडीएसी)

स्थानीय स्रोतको सही प्रयोग र परिचालन गरे देश आत्मनिर्भर हुन समय लाग्दैन : प्रचण्ड 

काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले स्थानीय

एकीकृत समाजवादीले वामदेव गौतमलाई तेस्रो वरीयतामा वरिष्ठ नेता बनाउने

काठमाडौं– नेकपा (एकीकृत समाजवादी)ले वामदेव गौतमलाई पार्टीको तेस्रो वरीयतामा वरिष्ठ

साँझपख बदलिन्छ धरानको भानुचोक

धरान– बिहान उज्यालो हुनासाथ साँझ अबेरसम्म धरानको भानुचोक यात्रुहरूका लागि

महानगरले डोजर चलाउँदा मनोहरा सुकुम्बासी बस्तीमा झडप (तस्बिरहरू)

काठमाडौं– काठमाडौं महानगरपालिकाले मनोहरा खोला किनारको सुकुम्बासी बस्तीका घरहरू भत्काउँदा