राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि खोटाङका ६२ विद्यालय छानिए « Khabarhub

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि खोटाङका ६२ विद्यालय छानिए


७ फाल्गुन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि खोटाङका ६२ सामुदायिक विद्यालय छनोटमा परेका छन् ।

नेपाल सरकार, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको निर्णयानुसार राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि देशभरका चार हजार १५७ सामुदायिक विद्यालय छनोट गर्दा खोटाङका ६२ विद्यालय परेका हुन् ।

जिल्लाका १० वटै स्थानीय तहबाट आवेदन परेका विद्यालयलाई शिक्षा विकास तथा समन्वय एकाइ खोटाङले सिफारिस गरेको आधारमा विभिन्न चारवटा कार्यक्रमका लागि ६२ विद्यालय छानिएको जनाइएको छ । जसमा आइसिटी ल्याब व्यवस्थापनका लागि २४ वटा चारकोठे भवन निर्माणका लागि १८ वटा, दुईकोठे भवन निर्माणका लागि १९ वटा र बाली विज्ञान विद्यालय स्थापनाका लागि एउटा विद्यालय छनोटमा परेको हो ।

जिल्लाबाट राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि सबैभन्दा बढी हलेसी तुवाचुङ नगरपालिकाका नौ सामुदायिक विद्यालय छानिएका छन् । यस्तै दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, ऐसेलुखर्क, खोटेहाङ र दिप्रुङ चुइचुम्मा गाउँपालिकाका समान आठ–आठवटा, बराहपोखरी गाउँपालिकाका पाँचवटा, साकेला, जन्तेढुङ्गा, रावाबेँसी र केपिलासगढी गाउँपालिकाका समान चार–चारवटा विद्यालय छनोटमा परेका छन् ।

मन्त्रालयका अनुसार चारकोठे भवन निर्माणका लागि प्रतिविद्यालय रु ३६ लाख, दुईकोठे भवन निर्माणका लागि रु १८ लाख, आइसिटी ल्याब व्यवस्थापनका लागि रु छ लाख ५० हजार, बाली विज्ञान विद्यालय स्थापना (नयाँ प्राविधिक धार सञ्चालनका लागि ल्याब व्यवस्थापन तथा शिक्षण सहयोग अनुदान)का लागि रु २८ लाख चार हजार ५७० रकम उपलब्ध गराइनेछ । सामुदायिक विद्यालयको स्तरोन्नति गर्न सरकारले विसं २०७७ बाट राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम कार्यान्वयनमा ल्याएको हो ।

दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा ४९० सामुदायिक विद्यालय सञ्चालित छन् । पछिल्लो समय जिल्लाका अधिकांश सामुदायिक विद्यालयले कक्षा ५ सम्म अङ्ग्रेजी माध्यमबाट पठनपाठन सुरु गरेका छन् ।

प्रकाशित मिति : ७ फाल्गुन २०७८, शनिबार  ८ : ३० बजे

रसिकको बालकथा कृति ‘बेलबहादुरसँग बिहे’ तेस्रो संस्करण सार्वजनिक

काठमाडौं– साहित्यकार जितेन्द्र रसिकको बालकथा कृती ‘बेलबहादुरको बिहे’ तेस्रो संस्करण

चुनावमा वर्षमानलाई सघाउन सन्तोष सुवेदीले छाडे विप्लवको साथ 

काठमाडौं– नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा (माओवादी) का केन्द्रीय सदस्य

जापान-दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल

एजेन्सी– दक्षिण कोरियाली राष्ट्रपति ली जे म्युङले मंगलबार पश्चिमी जापानको

कोरला नाकाबाट दुई करोड २४ लाखका भेप बरामद

मुस्ताङ– कोरला नाकाबाट दुई करोड २४ लाख मुल्य बराबरका विद्युतीय

महोत्तरीका मगर र थारू बस्तीमा माघेसङ्क्रान्तिको रौनक

महोत्तरी– यहाँका थारू र मगर बस्तीमा माघेसङ्क्रान्ति पर्वको रौनक बढेको