रुपन्देहीमा पनि हर्षोल्लासका साथ हाेली पर्व मनाइयो « Khabarhub

रुपन्देहीमा पनि हर्षोल्लासका साथ हाेली पर्व मनाइयो


५ चैत्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रुपन्देही– दुई वर्षदेखि पर्व तथा महोत्सवमा रम्न नसकेका रुपन्देहीवासी होली पर्वमा रमेका छन् ।

कोभिडका कारण दुई वर्ष सुनसान रहेको होलीमा यस वर्ष तराईवासीले उत्साहका साथ होली पर्व मनाएका छन् । सडक रंगमय थिए, निजी क्षेत्र, राजनीतिक दलका प्रतिनिधि, कर्मचारी, संघसस्थाका प्रतिनिधिले होली मिलन कार्यक्रम गरी एक अर्कामा रङ्ग साटासाट गर्दै होली मनाए ।

उद्योग वाणिज्य संघ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्णप्रसाद शर्माले कोभिडका कारण सिथिल रहेको आर्थिक क्षेत्र अब होलीको पर्वसँगै गति लिने आशा रहेको बताए । ‘जसरी रंगहरू आपसमा रंगीचंगी भएर राम्रो देखिएका छन् त्यसैगरी होलीपछिका हाम्रा दिन पनि रंगिन भएर जाने आशा छ,’ उनले भने ।

होलीमा सर्वसाधारणले ढुक्क भएर पर्व मनाए पनि जिल्लामा सुरक्षा संयन्त्र दुर्घटना नहोस् भन्नका लागि तैनाथ भएर होमिएको थियो । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले होलीलाई मर्यादित, सभ्य र दुर्घटनारहित बनाउन जिल्लाभर पाँच सय प्रहरी परिचालन गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता डीएसपी नवरत्न पौडेलले जानकारी दिए ।

नियमित चेकजाँचसँगै पिकेट टोली, मोबाइल गस्ती, मोटरसाइकल  र पैदल गस्ती, थप चेकिङ प्वाइन्ट र भिडभाड भएका स्थलमा प्रहरी परिचालन गरी सुरक्षा बढाइएको कार्यालयले जानकारी दिएको छ । होलीलाई नै मध्यनजर गर्दै जिल्ला ट्राफिक कार्यालय रुपन्देहीले पनि संयुक्त रूपमा चेकिङ बढाएको थियो ।

प्रकाशित मिति : ५ चैत्र २०७८, शनिबार  १२ : ०५ बजे

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक

यूएईको गोप्य भ्रमणमा नेतान्याहू

काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार संयुक्त अरब इमिरेट्स

प्रतिबन्धले इरानी उड्डयन क्षेत्र प्रभावित भएको अमेरिकी दाबी

एजेन्सी । संयुक्त राज्य अमेरिकाले इरानको उड्डयन क्षेत्र माथि लगाएको

पहिरोले सडक अवरुद्ध : स्वास्थ्यचौकी लैजाने क्रममा बाटोमै शिशुको जन्म

बागलुङ । बागलुङको बडिगाडमा एक जना गर्भवतीले बाटोमै शिशुलाई जन्म

बाढीपहिरोबाट म्याग्दीका २०० परिवार विस्थापित

म्याग्दी । यही असोज ८ देखि ११ गतेसम्म परेको वर्षात्