अन्नपुर्ण पदमार्गमा साढे दुई महिनामा ६ सय पर्यटक मनाङ भित्रिए | Khabarhub Khabarhub

अन्नपुर्ण पदमार्गमा साढे दुई महिनामा ६ सय पर्यटक मनाङ भित्रिए


५ चैत्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लमजुङ – कोरोनाका कारण सुनसान रहेको अन्नपुर्ण पदमार्गमा विदेशी पर्यटकको आगमन बढेको छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) पर्यटक जाँच केन्द्र धारापानीका पर्यटन सहायक क्षेत्रबहादुर गुरुङका अनुसार २०२२ को जनवरीदेखि हालसम्म५ सय ८५ जना विदेशी पर्यटक आएका छन् ।

उनका अनुसार जनवरी महिनामा ४१ जना, फेब्रुअरीमा १ सय ६९ र मार्च १५ सम्म ३ सय ७५ जना विदेशी पर्यटक पदमार्गमा आएका छन् । पदमार्गमा अहिले दैनिक ३०-४० जना विदेशी पर्यटक आएको गुरुङको भनाई छ ।

पछिल्लो समय मनाङ सदरमुकाम चामेसम्म मोटर पुगेपछि आन्तरिक पर्यटकको संख्यामा बृद्धि भएको हो । मनाङका पर्यटन व्यवसायी विनोद गुरुङले मनाङमा अहिले बाह्य पर्यटकको आगमन बढेको बताए । उनले भने कोरोना र चिसोका कारण थला परेको पर्यटन क्षेत्र पर्यटक आउन थालेसँगै पर्यटन क्षेत्र माथि उठ्ने आशा पलाएको छ । कोरोना प्रभावका कारण पर्यटक आगमन संख्या घटे पनि अब पर्यटक आउन थालेसँगै पर्यटन व्यवसाय पुरानै लयमा फर्कने गुरुङको अपेक्षा छ ।

पदमार्गमा विशेषगरी इजरायल, जर्मनी, फ्रान्स, अष्ट्रेलिया, बेलायत र अमेरिकाका पर्यटकहरू आउने गरेको एक्यापको तथ्याङकमा उल्लेख छ ।

लमजुङ सदरमुकाम बेसीशहर अन्नपूर्ण पदमार्गको प्रवेशद्वारको रुपमा चिनिन्छ । बेसीशहरबाट खुदी, भुलभुले, ङादी, स्याँगे, जगत हुँदै मनाङ जिल्लाको ताल, बगरछाप, चामे हुँदै थोराङ पास हुँदै मुस्ताङ पुगेपछि अन्नपूर्ण पदयात्रा मार्गको यात्रा पूरा हुन्छ ।

लमजुङको सदरमुकाम वेसीशहरवाट सुरु हुने अन्नपूर्ण पदमार्गको यात्रा मनाङ हुँदै थोराङपास गरेर मुक्तिनाथ, जोमसोम, बेनी अथवा घोरेपानीबाट पोखरा पुगेर टुङ्गिन्छ । पदयात्राका सौखिनहरूका लागि जीवनको प्रतिष्ठा समेत बन्ने गरेको ५ हजार ४ सय १६ मीटरको थोराङ भञ्ज्याङलाई पास गर्दा आन्तरिक तथा बाह्य पर्यटकहरू आफूलाई भाग्यमानी ठान्छन्। अन्नपूर्ण पदमार्ग विश्वका १० उत्कृष्ट गन्तव्य मध्ये एक मानिन्छ ।

प्रकाशित मिति : ५ चैत्र २०७८, शनिबार  ८ : २१ बजे

एलडीसी स्तरोन्नतिपछि पनि वित्तीयकरणमा सघाउन अध्यक्ष ढकालको आग्रह

काठमाडौँ – अतिकम विकसित मुलुक ( एलडीसी) बाट स्तरोन्नति पनि

विकास सहायता कम र असन्तुलित भयो, रूपान्तरण हुनुपर्छ : प्रधानमन्त्री ओली

सेभिया (स्पेन) – प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वमा विकास सहायता

मनाङमा ‘यार्तुङ’ सुरु

मनाङ – ‘खेतीपातीको उत्पादन राम्रो होस्’ भन्ने कामनासहित हिमाली जिल्ला

‘विश्वले अब गर्मीको लहरसँग बाँच्न सिक्नुपर्नेछ’

एजेन्सी – संयुक्त राष्ट्रसंघ अन्तर्गतको मौसम तथा जलवायु विषयक निकायले

संविधानअनुसार परराष्ट्र नीति सञ्चालन गरिएको गृहमन्त्रीको दाबी

काठमाडौँ – गृहमन्त्री रमेश लेखकले नेपालको परराष्ट्र नीति र अन्तरराष्ट्रिय