अन्नपुर्ण पदमार्गमा साढे दुई महिनामा ६ सय पर्यटक मनाङ भित्रिए « Khabarhub

अन्नपुर्ण पदमार्गमा साढे दुई महिनामा ६ सय पर्यटक मनाङ भित्रिए


५ चैत्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लमजुङ – कोरोनाका कारण सुनसान रहेको अन्नपुर्ण पदमार्गमा विदेशी पर्यटकको आगमन बढेको छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) पर्यटक जाँच केन्द्र धारापानीका पर्यटन सहायक क्षेत्रबहादुर गुरुङका अनुसार २०२२ को जनवरीदेखि हालसम्म५ सय ८५ जना विदेशी पर्यटक आएका छन् ।

उनका अनुसार जनवरी महिनामा ४१ जना, फेब्रुअरीमा १ सय ६९ र मार्च १५ सम्म ३ सय ७५ जना विदेशी पर्यटक पदमार्गमा आएका छन् । पदमार्गमा अहिले दैनिक ३०-४० जना विदेशी पर्यटक आएको गुरुङको भनाई छ ।

पछिल्लो समय मनाङ सदरमुकाम चामेसम्म मोटर पुगेपछि आन्तरिक पर्यटकको संख्यामा बृद्धि भएको हो । मनाङका पर्यटन व्यवसायी विनोद गुरुङले मनाङमा अहिले बाह्य पर्यटकको आगमन बढेको बताए । उनले भने कोरोना र चिसोका कारण थला परेको पर्यटन क्षेत्र पर्यटक आउन थालेसँगै पर्यटन क्षेत्र माथि उठ्ने आशा पलाएको छ । कोरोना प्रभावका कारण पर्यटक आगमन संख्या घटे पनि अब पर्यटक आउन थालेसँगै पर्यटन व्यवसाय पुरानै लयमा फर्कने गुरुङको अपेक्षा छ ।

पदमार्गमा विशेषगरी इजरायल, जर्मनी, फ्रान्स, अष्ट्रेलिया, बेलायत र अमेरिकाका पर्यटकहरू आउने गरेको एक्यापको तथ्याङकमा उल्लेख छ ।

लमजुङ सदरमुकाम बेसीशहर अन्नपूर्ण पदमार्गको प्रवेशद्वारको रुपमा चिनिन्छ । बेसीशहरबाट खुदी, भुलभुले, ङादी, स्याँगे, जगत हुँदै मनाङ जिल्लाको ताल, बगरछाप, चामे हुँदै थोराङ पास हुँदै मुस्ताङ पुगेपछि अन्नपूर्ण पदयात्रा मार्गको यात्रा पूरा हुन्छ ।

लमजुङको सदरमुकाम वेसीशहरवाट सुरु हुने अन्नपूर्ण पदमार्गको यात्रा मनाङ हुँदै थोराङपास गरेर मुक्तिनाथ, जोमसोम, बेनी अथवा घोरेपानीबाट पोखरा पुगेर टुङ्गिन्छ । पदयात्राका सौखिनहरूका लागि जीवनको प्रतिष्ठा समेत बन्ने गरेको ५ हजार ४ सय १६ मीटरको थोराङ भञ्ज्याङलाई पास गर्दा आन्तरिक तथा बाह्य पर्यटकहरू आफूलाई भाग्यमानी ठान्छन्। अन्नपूर्ण पदमार्ग विश्वका १० उत्कृष्ट गन्तव्य मध्ये एक मानिन्छ ।

प्रकाशित मिति : ५ चैत्र २०७८, शनिबार  ८ : २१ बजे

पश्चिम एसिया द्वन्द्वका कारण छ लाखभन्दा बढी यात्रु भारत फर्किए

नयाँदिल्ली – अमेरिका–इजरायल र इरानबीचको द्वन्द्व दोस्रो महिनामा प्रवेश गरिरहँदा

गृहमन्त्री नपाएका डिपीलाई रास्वपाले सभामुखमा अघि सार्ने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीको स्थापनाकालदेखि नै उपसभापति बनेका डिपी

गृहमन्त्री गुरुङ त्रिभुवन विमानस्थलको अनुगमनमा

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ अनुगमनका लागि त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल

फेरि बढ्यो डिजेल र पेट्रोलको मूल्य (सूचीसहित)

काठमाडौं – इन्धनको मूल्यमा फेरि वृद्धि गरिएको छ। नेपाल आयल

व्यापारी भट्टमाथि १० दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति

काठमाडौं – जिल्ला अदालतले सम्पत्ति शुद्धिकरण कसुरमा व्यापारी दीपक भट्टमाथि