प्रचण्डले भने– ‘ओलीलाई मैले नायक बनाउन खोजेको थिएँ’ « Khabarhub

प्रचण्डले भने– ‘ओलीलाई मैले नायक बनाउन खोजेको थिएँ’


५ चैत्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिन्धुली– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेका अध्यक्ष ओलीलाई आफूले नायक बनाउन खोजे पनि खलनायक बनेको टिप्पणी गरेका छन् ।

शनिबार सिन्धुलीमा नेपाल राष्ट्रिय कर्मचारी संगठनको जिल्ला अधिवेशन उद्घाटन कार्यक्रममा अध्यक्ष दाहालले ओली प्रधानमन्त्री भएका बेला नायक बनाउन धेरै प्रयत्न गरे पनि आफ्नो कुरा नमानेर खलनायक बनेको बताएका हुन् ।

ओली खलनायक बनेर संविधान उल्ट्याउने काम गरेको पनि उनको भनाइ छ ।

अध्यक्ष दाहालले सिंहदरबारको अधिकार गाउँगाउँमा पुगेको कुरा माओवादीलाई मन परे पनि अरु दललाई त्यतिको मन नपरेकोसमेत टिप्पणी गरेका छन् ।

अध्यक्ष दाहालले समायोजनलगायत कर्मचारीका समस्याहरू समाधान गर्न आफू प्रतिबद्ध रहेको बताएका थिए ।

प्रकाशित मिति : ५ चैत्र २०७८, शनिबार  २ : १७ बजे

प्रतिनिधिसभा निर्वाचन : यी हुन् एमालेका उम्मेदवार (सूचीसहित)

काठमाडाैं – नेकपा एमालेले आगामी निर्वाचनका लागि उम्मेदवार टुंग्याउँदै उपमहासचिव

यी हुन् ६३ दलका ३ हजार २१३ जना उम्मेदवार

काठमाडौँ– निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्दसूची प्रकाशन गरेको छ।

जनकपुरमा बालेन र पूर्वयुवराज पारस एउटै होटलमा

जनकपुरधाम – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र

पूर्णबहादुर खड्काले भने : नयाँ पार्टी र स्वतन्त्र उम्मेदवारीबारेका हल्ला निराधार हुन्

काठमाडौं – शेरबहादुर देउवा पक्षीय कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले

झापा–५ मा ओली र बालेन भिड्ने पक्का

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले झापाका लागि आफ्ना उम्मेदवार तय गरेको