पुटिनद्वारा युक्रेनमा जारी ‘सैनिक कारवाही’ को बचाउ « Khabarhub

पुटिनद्वारा युक्रेनमा जारी ‘सैनिक कारवाही’ को बचाउ


५ चैत्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा जारी रुसी ‘सैनिक कारवाही’ को बचाउ गरेका छन् । युक्रेनको क्राइमियालाई आफ्नो मुलुकमा गाभेको ८ वर्ष पूरा भएको उपलक्ष्यमा राजधानी मस्कोमा आयोजित र्‍यालीलाई सम्बोधन गर्दै राष्ट्रपति पुटिनले युक्रेनमा रुसी फौजले गरेको ‘सैनिक कारवाही’ को बचाउ गरेका हुन् ।

‘हामीबीच यस्तो एकता धेरै लामो समयदेखि थिएन ।’ उनले भने । रुसी प्रशासनले युक्रेनमा जारी आक्रमणलाई युद्ध नभई ‘विशेष सैनिक कारवाही’ को संज्ञा दिँदै आएको छ । यसअघि त्यहाँका मिडियाहरूलाई युक्रेनमा जारी रुसी सैन्य गतिविधिका सन्दर्भमा ‘युद्ध’ शब्द प्रयोग नगर्न निर्देशन दिएको समाचार सार्वजनिक भएको थियो ।

रुसको समाचार संस्था रिया नोभोस्तीका अनुसार मस्कोको लुज्निकी रङ्गशालामा आयोजित ¥यालीमा ९५ हजार जनाको उपस्थिति थियो भने अरु १ लाख जना रङ्गशालाबाहिर पुटिनको भाषण सुन्न भेला भएका थिए ।

यद्यपि रुसका स्वतन्त्र समाचार संस्थाहरुले भने उक्त र्‍यालीमा केही मानिसहरुलाई आउन बाध्य पारिएको समेत आरोप लगाएका छन् । ‘उनीहरूले हामीलाई बसमा हालेर यहाँसम्म ल्याइपुर्‍याए ।’ रङ्गशालाबाहिर एक महिलाले सोता समाचार संस्थालाई भनिन् । यसबाहेक र्‍यालीमा सहभागी हुन केही मानिसहरुलाई ५०० रुबल दिइएको अभ्तोजाक लाइभ टेलिभिजनले जनाएको छ ।

र्‍यालीमा रुसी प्रोपागाण्डा समाचार च्यानल आरटीकी प्रधानसम्पादक मारगारिटा सिमोन्यान र रुसी विदेश मन्त्रालयकी प्रवक्ता मारिया जाखारोभाको पनि उपस्थिति रहेको मस्को टाइम्सको अनलाइन संस्करणले जनाएको छ ।

प्रकाशित मिति : ५ चैत्र २०७८, शनिबार  ३ : १० बजे

ट्रम्प र सी जिनपिङको वार्तामा हुनेछ व्यापार र एआईबारे निर्णायक छलफल

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार चिनियाँ राष्ट्रपति सी

ह्वाइट हाउसमा सी, ट्रम्पले भने : आजको हाम्रो निर्णयले दशकौँसम्म शान्ति प्रवर्द्धन गर्न सक्छ

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी

१० हजार मिटर दौडमा सन्तोषी ११औँ स्थानमा

काठमाडौं ।  सन्तोषी श्रेष्ठले एसियाली खेलकुदको महिला १० हजार मिटर

ट्रम्प र सीबीच वार्ता जारी

काठमाडौँ । डोनाल्ड ट्रम्प र सी चिनफिङबिच ओभल अफिसमा द्विपक्षीय

परराष्ट्रमन्त्री खनाल ‘मध्यस्थता समूह’को बैठकमा सहभागी

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय ‘मध्यस्थता समूह’को बैठकमा