पुटिनद्वारा युक्रेनमा जारी ‘सैनिक कारवाही’ को बचाउ « Khabarhub

पुटिनद्वारा युक्रेनमा जारी ‘सैनिक कारवाही’ को बचाउ


५ चैत्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा जारी रुसी ‘सैनिक कारवाही’ को बचाउ गरेका छन् । युक्रेनको क्राइमियालाई आफ्नो मुलुकमा गाभेको ८ वर्ष पूरा भएको उपलक्ष्यमा राजधानी मस्कोमा आयोजित र्‍यालीलाई सम्बोधन गर्दै राष्ट्रपति पुटिनले युक्रेनमा रुसी फौजले गरेको ‘सैनिक कारवाही’ को बचाउ गरेका हुन् ।

‘हामीबीच यस्तो एकता धेरै लामो समयदेखि थिएन ।’ उनले भने । रुसी प्रशासनले युक्रेनमा जारी आक्रमणलाई युद्ध नभई ‘विशेष सैनिक कारवाही’ को संज्ञा दिँदै आएको छ । यसअघि त्यहाँका मिडियाहरूलाई युक्रेनमा जारी रुसी सैन्य गतिविधिका सन्दर्भमा ‘युद्ध’ शब्द प्रयोग नगर्न निर्देशन दिएको समाचार सार्वजनिक भएको थियो ।

रुसको समाचार संस्था रिया नोभोस्तीका अनुसार मस्कोको लुज्निकी रङ्गशालामा आयोजित ¥यालीमा ९५ हजार जनाको उपस्थिति थियो भने अरु १ लाख जना रङ्गशालाबाहिर पुटिनको भाषण सुन्न भेला भएका थिए ।

यद्यपि रुसका स्वतन्त्र समाचार संस्थाहरुले भने उक्त र्‍यालीमा केही मानिसहरुलाई आउन बाध्य पारिएको समेत आरोप लगाएका छन् । ‘उनीहरूले हामीलाई बसमा हालेर यहाँसम्म ल्याइपुर्‍याए ।’ रङ्गशालाबाहिर एक महिलाले सोता समाचार संस्थालाई भनिन् । यसबाहेक र्‍यालीमा सहभागी हुन केही मानिसहरुलाई ५०० रुबल दिइएको अभ्तोजाक लाइभ टेलिभिजनले जनाएको छ ।

र्‍यालीमा रुसी प्रोपागाण्डा समाचार च्यानल आरटीकी प्रधानसम्पादक मारगारिटा सिमोन्यान र रुसी विदेश मन्त्रालयकी प्रवक्ता मारिया जाखारोभाको पनि उपस्थिति रहेको मस्को टाइम्सको अनलाइन संस्करणले जनाएको छ ।

प्रकाशित मिति : ५ चैत्र २०७८, शनिबार  ३ : १० बजे

चालीस माइक्रोनभन्दा कमका प्लास्टिक बिक्री-वितरण नगर्न विभागको निर्देशन

काठमाडौं– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले प्लास्टिक तथा प्लास्टिकजन्य

निर्वाचन आउन ५५ दिन बाँकी : १५ हजार तिरेर राजनीतिक दलले देशभरका मतदाताको विवरण लिन सक्ने

काठमाडौं– निर्वाचन आयोगले कुनै राजनीतिक दललाई देशभरका मतदाताको विवरण आवश्यक

अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा

काठमाडौं– नेपाल राष्ट्र बैंकले आज(शुक्रबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज २०८२ साल पुस २५ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस २५ गते शुक्रबार तदनुसार

चुनाव हारे पनि विष्णु रिमालको ‘कमब्याक’: नीति प्रतिष्ठानको अध्यक्षका रूपमा सचिवालय बैठकमा ‘इन्ट्री’

​काठमाडौँ- नेकपा (एमाले) को एघारौं राष्ट्रिय महाधिवेशनमा पदाधिकारी र केन्द्रीय