‘पुष्पा २’ लाई ४ सय करोडको अफर « Khabarhub

‘पुष्पा २’ लाई ४ सय करोडको अफर


५ चैत्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

साउथ इण्डियन स्टार अल्लु अर्जुन अभिनित पछिल्लो फिल्म ‘पुष्पा’ ले बक्स अफिसमा राम्रो कलेक्सन गर्यो । तेलुगु , तामिल , कन्नड , मलयालम र हिन्दी भाषामा रिलिज भएको फिल्मले हलमा मात्र नभई ओटीटी रिलिजमा पनि यसले राम्रो कलेक्सन गर्यो । यसैले गर्दा पनि यसको दोस्रो पार्टको चर्चा बढ्दो छ । बाहुबली, केजीएफपछि पुष्पाको दोस्रो भागको प्रतिक्षामा दर्शक छन् ।

फिल्मको डायलग र अल्लु अर्जुनको स्टाइलकै कारण फिल्म दर्शक माँझ प्रतिक्षित बनेको छ । यस्तै फिल्मको गीतसंगीतले पनि दर्शक तथा श्रोताको मन जितेको छ । फिल्मको दोस्रो पार्ट बन्ने पक्का छ नै । मेकर्स छायांकनको तयारीमा छन् । फिल्मको क्रेजलाई मध्यनजर गर्दै एक कम्पनिले ४ सय करोडको अफर गरेको छ । अल्लु अर्जुनका पिता निर्माता अल्लु अरविन्दलाई पुष्पा २ को हल राइट्सका लागि ४ सय करोडको अफर गरिएको हो । यो अफरमा ओटीटी र स्याटेलाइट राइट्स नजोडिएको बताइएको छ ।

पुष्पाको पहिलो भागले राम्रो कमाइ गरेपछि दोस्रो भागलाई लिएर दर्शकमा निकै उत्साह छ । यद्दपी अल्लु अरविन्दले फिल्मको राइट्स बेच्न नकारेका छन् । उनले फिल्मको हाइप बढ्दो रहेको भन्दै दोस्रो भागलाई पनि पुरानै टीमले रिलिज गर्ने बताएका छन् ।

अल्लुको एक्सनसँगै रश्मिका मन्दनाको सुन्दरतालाई दर्शकले रुचाई सकेका छन् । यता, अल्लु अर्जुनको क्रेज साउथ इण्डियन फिल्ममा मात्र नभई बलिउडका दर्शक माँझ पनि उस्तै रहेको प्रस्टिएको छ ।

स्ट्याईलिस स्टारको ट्याग पाएका अल्लुले एक्सन, अभिनय र डान्स मार्फत दर्शकको मनमा आफ्नो स्थान बनाइ सकेका छन् । सुकुमारको निर्देशन रहेको फिल्मलाई दर्शकले दोस्रो भागमा अझै सशक्त रुपमा हेर्न पाउने छन् ।

प्रकाशित मिति : ५ चैत्र २०७८, शनिबार  ४ : ३० बजे

सभापति छाड्न नमानेका देउवाले कांग्रेसलाई फुट्नबाट जोगाउन दिए यी विकल्प

काठमाडौं- नेपाली कांग्रेसको सभापति पद त्याग्न तयार नभएका शेरबहादुर देउवाले

‘एलओडी क्लब’ डिजे म्यागको पुन: नोमिनेसनमा

काठमाडौं– ठमेलस्थित ‘एलओडी’ क्लब ‘ डिजे म्याग टप १००’ को

सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीको उपस्थितिमा आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय,

माघ महिनामा वाणिज्य बैंकहरूमा मुद्दतीतर्फको ब्याजदर थप घट्यो

काठमाडौं– सञ्चालनमा रहेका वाणिज्य बैंकहरूले आगामी माघ महिनाका लागि मुद्दतीतर्फको

किसानलाई सखरखण्ड खन्न र बिक्री गर्न भ्याइ नभ्याइ

घोराही– यहाँको देउखुरी राप्ती नदी उकास जमिन, पाँगो बलौटे माटो