‘पुष्पा २’ लाई ४ सय करोडको अफर « Khabarhub

‘पुष्पा २’ लाई ४ सय करोडको अफर


५ चैत्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

साउथ इण्डियन स्टार अल्लु अर्जुन अभिनित पछिल्लो फिल्म ‘पुष्पा’ ले बक्स अफिसमा राम्रो कलेक्सन गर्यो । तेलुगु , तामिल , कन्नड , मलयालम र हिन्दी भाषामा रिलिज भएको फिल्मले हलमा मात्र नभई ओटीटी रिलिजमा पनि यसले राम्रो कलेक्सन गर्यो । यसैले गर्दा पनि यसको दोस्रो पार्टको चर्चा बढ्दो छ । बाहुबली, केजीएफपछि पुष्पाको दोस्रो भागको प्रतिक्षामा दर्शक छन् ।

फिल्मको डायलग र अल्लु अर्जुनको स्टाइलकै कारण फिल्म दर्शक माँझ प्रतिक्षित बनेको छ । यस्तै फिल्मको गीतसंगीतले पनि दर्शक तथा श्रोताको मन जितेको छ । फिल्मको दोस्रो पार्ट बन्ने पक्का छ नै । मेकर्स छायांकनको तयारीमा छन् । फिल्मको क्रेजलाई मध्यनजर गर्दै एक कम्पनिले ४ सय करोडको अफर गरेको छ । अल्लु अर्जुनका पिता निर्माता अल्लु अरविन्दलाई पुष्पा २ को हल राइट्सका लागि ४ सय करोडको अफर गरिएको हो । यो अफरमा ओटीटी र स्याटेलाइट राइट्स नजोडिएको बताइएको छ ।

पुष्पाको पहिलो भागले राम्रो कमाइ गरेपछि दोस्रो भागलाई लिएर दर्शकमा निकै उत्साह छ । यद्दपी अल्लु अरविन्दले फिल्मको राइट्स बेच्न नकारेका छन् । उनले फिल्मको हाइप बढ्दो रहेको भन्दै दोस्रो भागलाई पनि पुरानै टीमले रिलिज गर्ने बताएका छन् ।

अल्लुको एक्सनसँगै रश्मिका मन्दनाको सुन्दरतालाई दर्शकले रुचाई सकेका छन् । यता, अल्लु अर्जुनको क्रेज साउथ इण्डियन फिल्ममा मात्र नभई बलिउडका दर्शक माँझ पनि उस्तै रहेको प्रस्टिएको छ ।

स्ट्याईलिस स्टारको ट्याग पाएका अल्लुले एक्सन, अभिनय र डान्स मार्फत दर्शकको मनमा आफ्नो स्थान बनाइ सकेका छन् । सुकुमारको निर्देशन रहेको फिल्मलाई दर्शकले दोस्रो भागमा अझै सशक्त रुपमा हेर्न पाउने छन् ।

प्रकाशित मिति : ५ चैत्र २०७८, शनिबार  ४ : ३० बजे

छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु

काभ्रेपलाञ्चोक– यहाँ आज भएका बेग्लै दुई घटनामा दुई जनाको मृत्यु

जम्मु कश्मीरमा हिम–पहिरो, सात जनाको मृत्यु

एजेन्सी– जम्मु कश्मीर नजिकैको अग्लो पहाडी पास जोजिला पासमा हिम–पहिरो

वर्षमानद्वारा स्वर्णिमको आर्थिक सुधार प्रयासको सराहना

काठमाडौं– पूर्वअर्थमन्त्री एवं नेकपा नेता वर्षमान पुनले नवनियुक्त अर्थमन्त्री डा.स्वर्णिम

एमालेको प्रदर्शनमा प्रहरीको लाठीचार्ज

काठमाडौं- नेकपा एमालेको प्रदर्शनमा प्रहरीले लाठीचार्ज गरेको छ । प्रहरीको

ओली पक्राउविरुद्ध पोखरामा पनि प्रदर्शन (तस्बिरहरू) 

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको