उत्तरी नर्वेमा अमेरिकी सेनाको विमान दुर्घटनाग्रस्त « Khabarhub

उत्तरी नर्वेमा अमेरिकी सेनाको विमान दुर्घटनाग्रस्त


५ चैत्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- उत्तरी नर्वेमा अमेरिकी सेनाको विमान दुर्घटनामा परेको छ । दुर्घटनाग्रस्त विमानमा चार जना सवार रहेको नर्वेजियन उद्धार केन्द्रले जनाएको छ ।
दुर्घटनामा चारै जनाको मृत्यु भएको बताइएको छ ।

एक्सरसाइज कोल्ड रेस्पोन्स २०२२ नामक नेटो सैन्य अभ्यासमा भाग लिइरहेको अमेरिकी मरिन कोरको एमभी २२ – बी ओस्पेरी विमान उत्तरी नर्वेको बोडो नगर नजिकै दुर्घटनाग्रस्त भएको बीबीसीले जनाएको छ ।

खराब मौसमका कारण उद्धार गर्न गएका हेलिकोप्टर अवतरण गर्न समस्या परेको स्थानीय अधिकारीले जनाएका छन् । सोही कारण स्नोमोबिलको प्रयोग गरी घटनास्थलमा टोली पठाइएको जनाइएको छ ।

यसअघि नर्वेली उद्धार केन्द्रले खोजी कार्य जारी रहेको बताएको थियो ।

‘अमेरिकी सेनाले नर्वेजियन अधिकारीहरूलाई खोज र उद्धार कार्यमा सहयोग गरिरहेको छ ।’ प्रवक्ताले भने ।

प्रकाशित मिति : ५ चैत्र २०७८, शनिबार  ४ : २० बजे

भारतमा ट्याङ्कर दुर्घटना भएर बसमा ठोक्किँदा आगलागी : नौ जनाको मृत्यु

काठमाडौं – भारतको कर्नाटकमा बस र ट्याङ्कर दुर्घटनापछि आगलागी हुँदा

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका