चेल्सी क्लबका मालिकको सहित १ सय रुसी विमानमाथि अमेरिकाद्वारा उडान प्रतिबन्ध « Khabarhub

चेल्सी क्लबका मालिकको सहित १ सय रुसी विमानमाथि अमेरिकाद्वारा उडान प्रतिबन्ध


५ चैत्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– रुसी प्रशासनसँग सम्बन्ध रहेको भनिएका १ सय विमानलाई अमेरिकामा उडान भर्न प्रतिबन्ध लगाइएको छ । अमेरिकाको वाणिज्य मन्त्रालयले युक्रेनविरुद्ध आक्रमण गरिरहेको रुसमाथि लगाइएको प्रतिबन्धलाई बेवास्ता गर्ने १ सय विमानलाई उडान भर्न प्रतिबन्ध लगाइएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

अमेरिकी उडान प्रतिबन्धमा परेको विमानको सूचीमा इङ्गलिस क्लब चेल्सीका मालिक रोमन अब्रामोभिचको एउटा विमान पनि परेको जनाइएको छ । यो सूचीमा रुसको हवाई सेवा प्रदायक कम्पनी एरोफ्लोटका विमानहरू पनि छन् ।

सूचीमा अधिकांश अमेरिकी जहाज निर्माता कम्पनी बोइङका विमान रहेपनि अब्रामोभिचले प्रयोग गर्ने गल्फस्ट्रिमको एउटा विमान पनि रहेको बीबीसीले जनाएको छ ।

अमेरिकाको वाणिज्य मन्त्रालयले जारी गरेको विज्ञप्तिमा यस्ता विमानमा इन्धन भर्ने, मर्मत गर्ने र अरु प्राविधिक सहायता गर्ने काम पनि अमेरिकी प्रतिबन्धात्मक व्यवस्थाको विरुद्धमा हुने बताइएको छ । यससँगै विश्वका कुनै पनि ठाउँमा यस्ता विमानलाई सेवा दिने कार्य अमेरिकी प्रतिबन्धको विरुद्धमा हुने ठहर गर्दै भारी जरिवाना र सम्भावित कारावासको सजाय हुने समेत चेतावनी दिइएको छ ।

अमेरिकी वाणिज्यमन्त्री जिना राइमोन्दोले पछिल्लो कदम युक्रेनमाथि रुसको कठोर ‘चाहनाको युद्ध’ को प्रतिक्रियास्वरूप आएको जनाएकी छिन् । ‘हामी यो सूची सार्वजनिक गर्दैछौ, ता कि विश्वले थाहा पाओस् हामी कुनै पनि रुसी वा बेलारुसी कम्पनी वा धनाढ्यले दण्डरहित हिसाबमा यात्रा गर्न नसकून् ।’ उनले भनिन् ।

प्रकाशित मिति : ५ चैत्र २०७८, शनिबार  ४ : ४५ बजे

गाजाको ७० प्रतिशतभन्दा बढी भूभागमा प्यालेस्टिनीको पहुँच सीमित, बस्नयोग्य क्षेत्र १५ प्रतिशत मात्र

गाजा-  इजरायली सेनाको नियन्त्रण र प्रतिबन्धका कारण गाजाको ७० प्रतिशतभन्दा बढी

एनपीएलमा विराटनगरले गुमायो दोस्रो विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलको बिहीबारको दोस्रो खेलमा विराटनगर किंग्स

ललितपुरमा १९औँ गोदावरी फूलको महामेला (तस्बिरहरु)

ललितपुर– तिहार तथा छठ पर्वलाई लक्षित गर्दै ललितपुरमा १९औँ गोदावरी

‘छ माया छपक्कै २’ को कमाइ तीन करोडमै सीमित, दीपकराज भन्छन्- ‘लगानी सुरक्षित गर्ने प्रयासमा छौँ’

काठमाडौं– दर्शकबाट सकारात्मक प्रतिक्रिया पाए पनि फिल्मले बक्स अफिसमा अपेक्षित

विराटनगरले गुमायो पहिलो विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत बिहीबारको दोस्रो खेलमा विराटनगर