‘गठबन्धनभन्दा पनि पार्टी जिताउने कुरालाई महत्व दिएका छौँ’ : डा. महत « Khabarhub

‘गठबन्धनभन्दा पनि पार्टी जिताउने कुरालाई महत्व दिएका छौँ’ : डा. महत


५ चैत्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बाँके– नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले आफूहरूले चुनावी गठबन्धनभन्दा पार्टी कसरी जिताउने भन्ने विषयलाई केन्द्रमा राखेको बताएका छन् ।

नेपाल प्रेस युनियन बाँके शाखाले शनिबार नेपालगञ्जमा गरेको कार्यक्रममा प्रवक्ता डा. महतले काँग्रेसले चुनावी गठबन्धनभन्दा पनि सबैभन्दा बढी सिट कसरी हासिल गर्ने भन्ने कुरा सोचेर अगाडि बढ्ने नीति अख्तियार गरेको बताएका हुन् ।

सत्तारुढ गठबन्धनका बारेमा काँग्रेसलाई जे गर्दा फाइदा हुन्छ त्यसैअनुसार निर्णय लिने पनि उनले बताए ।

डा. महतले आगामी केन्द्रीय कमिटीको बैठकले गठबन्धनको विषयमा निर्णय लिने पनि स्पष्ट पारे ।

उनले काँग्रेसले चैतभित्रै उम्मेदवारको टुंगो लगाउने दाबी गर्दै भने, ‘हामी यसपटक समयमै उम्मेदवारहरूको टुंगो लगाएर निर्वाचनमा होमिन्छौँ, अघिल्ला निर्वाचन जस्तो अन्तिम समयमा आएर निर्णय लिने काम यो पटक हुँदैन, चैतभित्रै उम्मेदवार टुंग्याउँछौँ ।’

डा. महतले निर्वाचन केन्द्रित ‘घर घर जाऔँ, काँग्रेस जिताऔँ’ अभियानलाई सफल बनाउन नेता कार्यकर्तालाई जनताको घरघरमा पुग्न आह्वान पनि गरे ।

प्रकाशित मिति : ५ चैत्र २०७८, शनिबार  ५ : ०८ बजे

रूसी आक्रमणको बीच युक्रेनमा भ्रष्टाचार बढ्दो

किएभ – युक्रेनको भ्रष्टाचार विरोधी निकायले सुरक्षा सेवाहरूले अधिकारीहरूलाई शनिबार

निर्वाचनबाट मात्रै देशमा राजनीतिक निकास सम्भव छ: नेता बस्नेत

ललितपुर – नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेतले निर्वाचनबाट मात्रै देशमा

एनभीए भलिबल च्याम्पियनसिपः रुकुम पश्चिमको विजयी सुरूवात

काठमाडौं – नवौँ एनभीए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपमा रुकुम

चालीस वर्षीया पुनमकलीले जितिन् ‘मिस हात्ती सुन्दरी–२०८२’को उपाधि

चितवन – सौराहामा जारी १९औँ चितवन हात्ती तथा पर्यटन महोत्सव–२०८२

शीतलहरका कारण वीरगञ्ज महानगरमा दुई दिन बिदा

पर्सा – वीरगञ्ज महानगरपालिकाले शीतलहर चलेसँगै थप दुई दिन विद्यालयको