होलीमा रङ्ग जमेको र पानी पसेको फोनलाई कसरी सफा गर्ने ? | Khabarhub Khabarhub

होलीमा रङ्ग जमेको र पानी पसेको फोनलाई कसरी सफा गर्ने ?


५ चैत्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- हर्षोल्लास सहित यो वर्षको होली पनि सकिएको छ । होलीमा रङ्ग खेल्ने क्रममा ख्याल नगर्दा फोन, स्मार्टवाचइयरबड्सजस्ता व्यक्तिगत प्राविधिक उपकरणमा पानी पस्ने, रङ्ग जम्ने जस्ता समस्या हुनसक्छ ।

फोनमा पानी पसेर अनि रङ्ग जमेर धेरैले सास्ती पाएका हुन्छन् । फोनमा पानी जमेको छ भने तपाईंले चामलको बोरामा फोनलाई केही समय राख्न सक्नुहुन्छ । यसो गर्दा चामलले फोनमा पसेको पानीलाई सोस्दछ

यसो गर्नाले पानी नै पसेको कारणले तपाईंले मोबाइल बनाउन लगिरहनु पर्ने सम्भावना रहँदैन । तर, फोनमा जमेको रङ्गलाई कसरी हटाउने ? यसका लागि तपाईंले कपासले सफा गर्न सक्नुहुन्छ ।

यसका लागि तपाईंले कपासको सानो टुक्रालाई स्यानिटाइजरमा चोपेर फोन सफा गर्नुभयो भने लागेको रङ्ग जाने सम्भावना हुन्छ । यदि रङ्ग गाढा लागेको छ र स्यानिटाइजरले सफा गर्दा पनि गएन भने अल्कोहलको पनि प्रयोग गर्न सकिन्छ ।

प्रकाशित मिति : ५ चैत्र २०७८, शनिबार  ५ : ३० बजे

पहिरोले बेँसीसहर–चामे सडक अवरुद्ध

लमजुङ– पहिरोका कारण बेँसीसहर–चामे सडक अवरुद्ध भएको छ । अविरल

जर्मनी अन्तिम १६ मा प्रवेश

काठमाडौं– जर्मनीमा जारी युरोकप फुटबलमा आयोजक जर्मनी अन्तिम १६ (प्रि–क्वार्टरफाइनल)

प्रतिनिधिसभा बैठकमा आज प्रधानमन्त्रीले जवाफ दिने

काठमाडौं– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ ।

बागमतीसहित चार प्रदेशमा वर्षा, सतर्क रहन आग्रह

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

विश्वकपको सुपर ८ : इंग्ल्याण्डविरुद्ध ब्याटिङ गर्दै वेस्ट इन्डिज

काठमाडौं – आईसीसी टी-२० विश्वकपको सुपर ८ अन्तर्गत दोस्रो खेलमा