जापानी प्रधानमन्त्री भारत भ्रमणमा « Khabarhub

जापानी प्रधानमन्त्री भारत भ्रमणमा


५ चैत्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- जापानी प्रधानमन्त्री फुमियो किशिदा जारी युक्रेनी सङ्कटको बीचमा आफ्नो पहिलो भारत भ्रमणका क्रममा नयाँ दिल्ली पुगेका छन् । दुईदिने भारत बसाइका क्रममा उनी १४ औं भारत – जापान वार्षिक शिखर सम्मेलनमा सहभागी हुनेछन् । सम्मेलन पछिल्लो पटक टोकियोमा सन् २०१८ को अक्टोबरमा भएको थियो । सो अवसरमा उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग द्विपक्षीय वार्ता गर्ने भारतको एएनआई समाचार संस्थाले जनाएको छ ।

युक्रेनमा आक्रमण गरेपछि पश्चिमा देशहरूले रुसमाथि प्रतिबन्ध लगाएका समयमा किशिदाको भारत भ्रमणलाई अत्यन्त महत्त्वको रूपमा हेरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

शिखर सम्मेलनले दुवै पक्षलाई विभिन्न क्षेत्रमा द्विपक्षीय सहयोगको समीक्षा र सुदृढीकरणका साथै इन्डो – प्यासिफिक क्षेत्रमा शान्ति, स्थायित्व र समृद्धिका लागि आफ्नो साझेदारीलाई अगाडि बढाउन पारस्परिक हितका क्षेत्रीय र विश्वव्यापी मुद्दाहरूमा विचार आदानप्रदान गर्ने अवसर प्रदान गर्ने विश्वास गरिएको छ ।

यसअघि मोदीले जापानी प्रधानमन्त्रीले पदभार ग्रहण गरेलगत्तै अक्टोबर २०२१ मा किशिदासँग टेलिफोन वार्ता गरेका थिए । सन् २०१४ मा मोदीको जापान भ्रमणका क्रममा जापानले भारतका लागि ३५ खर्ब  येन लगानी गर्ने घोषणा गरेको थियो ।

हाल भारतमा  १४५५  जापानी कम्पनीहरू रहेको जनाइएको छ । राजस्थानको नीमराना र आन्ध्रको श्री शहर सहित ११ स्थानमा जापान औद्योगिक टाउनशिप पनि स्थापना गरिएको छ।

जापान भारतको सबैभन्दा ठूलो विकास साझेदार हुनुको साथै प्रत्यक्ष वैदेशिक लगानी एफडीआईका आधारमा भारतको पाँचौं ठूलो साझेदार मुलुक पनि हो ।

प्रकाशित मिति : ५ चैत्र २०७८, शनिबार  ६ : ११ बजे

काठमाडौं उपत्यकासहित देशका धेरै ठाउँमा हुरीबतास, चट्याङ र वर्षा

काठमाडौं – मौसम बदलीसँगै काठमाडौँ उपत्यकासहित आज देशका धेरै ठाउँमा

मध्यपूर्वको तनावले पर्यटन क्षेत्र मारमा

गण्डकी – मध्यपूर्वमा जारी युद्धका कारण अन्तरराष्ट्रिय हवाई उडान प्रभावित

इरानी आक्रमणको भिडियो सामाजिक सञ्जालमा अपलोड गर्ने तीन नेपाली यूएईमा पक्राउ

दुबई – यूएईले इरानसँग बढ्दो सैन्य तनावबीच सामाजिक सञ्जालमा आक्रमणसम्बन्धी

छोराछोरीसहित बेपत्ता महिलाको शव भेटियो

सुर्खेत – आइतबार बिहानदेखि भेरी नदीमा छोराछोरीसहित बेपत्ता भएकी गुर्भाकोट

६ हजारभन्दा बढी ग्यास सिलिन्डर भण्डारण गर्ने श्रीराम उद्योगलाई ३ लाख रुपैयाँ जरिवाना

काठमाडौं – वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ग्यासको कृतिम