चर्चित गीत ‘पिर’बाट हटाइयो ‘यौनकर्मी’ को दृश्य « Khabarhub

चर्चित गीत ‘पिर’बाट हटाइयो ‘यौनकर्मी’ को दृश्य


५ चैत्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– माओवादी लडाकुको विषय समावेश गरी गायक प्रकाश सपुतले निर्माण गरेको भिडियो गीतबाट यौनकर्मीको दृश्य हटाइएको छ ।

गायक सपूतले पिर नामक गीतको भिडियोबाट यौनकर्मीको दृश्य हटाएका हुन् । गत साता सार्वजनिक भएको यो गीत निकै चर्चामा रहेको छ ।

गीतमा माओवादीका पूर्वलडाकु यौनकर्मी बनेको कथावस्तु समावेश भएपछि नेकपा माओवादी केन्द्रसम्बद्ध नेता तथा कार्यकर्ताहरूले यो भिडियो युट्युबबाट हटाउन गायक सपुतलाई चेतावनी दिँदै आएका थिए ।

गीतमा माओवादी जनयुद्धमा सहभागी महिलाले यौन व्यवसाय गरेको आशय देखिने एउटा दृश्य समावेश थियो ।

आलोचना भएपछि शनिबार गायक सपूतले यो गीतको अर्काे भिडियो अपलोड गरेका छन् । जसमा पुरानो भिडियोमा रहेको यौन व्यवसाय झल्किने दृश्य हटाइएको हो ।

प्रकाशित मिति : ५ चैत्र २०७८, शनिबार  ७ : ११ बजे

राष्ट्रिय महिला लिग आजदेखि, उद्घाटन खेलमा एनआरटी र संकटा खेल्ने

काठमाडौँ– शहीद स्मारक राष्ट्रिय महिला लिग फुटबल आजदेखि सुरु हुँदैछ

चिकित्सकको त्रुटिविरुद्ध सर्वोच्चको आदेश- ‘पीडितको शारीरिक- मानसिक क्षति राज्यले भर्नुपर्छ’

काठमाडौँस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा झण्डै २ दशकअघि भएको

म्याग्दीको ग्रामीण भेगमा स्वास्थ्य एकाइ स्थापना

म्याग्दी– म्याग्दीको मङ्गला गाउँपालिका–२ कुकुरबिसौनामा सामुदायिक स्वास्थ्य एकाइ स्थापना भएको

योग आशनसँगै रास्वपा प्रशिक्षणको दोस्रो दिनको सुरुवात

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना नवनिर्वाचित सांसदका

नवलपरासी पूर्वमा ४६ हजारले लगाए जापानिज इन्सेफलाइटिस विरुद्धको खोप

नवलपरासी– नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा जापानिज इन्सेफलाइटिस विरुद्ध सञ्चालन भइरहेको