‘पाकिस्तानमा क्षेप्यास्त्र खसेको विषय दुर्भाग्यपूर्ण, छानबिन हुनेछ’ – भारतीय रक्षामन्त्री « Khabarhub

‘पाकिस्तानमा क्षेप्यास्त्र खसेको विषय दुर्भाग्यपूर्ण, छानबिन हुनेछ’ – भारतीय रक्षामन्त्री


५ चैत्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पाकिस्तानी भूमिमा ब्रह्मोस क्षेप्यास्त्र खसेको विषयमा उच्चस्तरीय छानबिन गरिने भारतीय रक्षामन्त्री राजनाथ सिंहले जनाएका छन् । संसद्लाई घटनाबारे जानकारी दिँदै रक्षामन्त्री सिंहले असावधानीवश क्षेप्यास्त्र प्रहार भएको भन्दै यसबारे छानबिन गरिने जनाएका हुन् ।

नियमित मर्मत एवम् निरीक्षणका क्रममा बेलुकी ७ बजेतिर असावधानीवश क्षेप्यास्त्र प्रहार भएको उनले बताए । उक्त क्षेप्यास्त्र पाकिस्तानी भूमिमा खसेको बारे पछि मात्रै थाहा भएको उनको भनाइ छ ।

स्रोतलाई उद्धृत गर्दै भारतबाट प्रकाशित हुने इकोनोमिक टाइम्सले जनाएअनुसार सैनिक अभ्यासका क्रममा अम्बाला क्षेत्र नजिकबाट उक्त क्षेप्यास्त्र प्रहार हुन पुगेको थियो ।

घटनालाई दुर्भाग्यपूर्ण भन्दै रक्षामन्त्री सिंहले यसबाट कुनै हताहती नभएको बताए । उनले सरकारले यस घटनालाई गम्भीरतापूर्वक लिएको र आइन्दा यस्तो दुर्घटना नहोस् भन्नेमा सतर्क रहने उनले संसद्लाई विश्वास दिलाए ।

प्रकाशित मिति : ५ चैत्र २०७८, शनिबार  ८ : २६ बजे

एकपछि अर्का नेताले रास्वपा छाड्दै, बागमती उपसभापति पनि हुमागाईं पनि बाहिरिए

काठमाडौं- खासगरी टिकट वितरणलाई लिएर देखिएको विवादपछि राष्ट्रिय स्वतन्त्र पार्टीबाट

चिनियाँ रोबोट कुकुरलाई आफूले बनाएको दाबी गर्ने भारतको गलगोटिया विश्वविद्यालय प्रश्नको घेरामा

काठमाडौं- भारतको एउटा विश्वविद्यालयले चिनियाँ रोबोट कुकुरलाई आफैँले बनाएको दाबी

प्रहरीले भन्यो- यसवर्ष सवारी दुर्घटनामा १ सय ३२ जनाले ज्यान गुमाए

काठमाडौं– उपत्यका ट्राफिक प्रहरी कार्यालयले चालू आर्थिक वर्षमा सवारी दुर्घटनामा

एमालेको घोषणा पत्रमा परराष्ट्र नीति : सबैसँग मित्रता, भारत र चीनलाई पहिलो प्राथमिकता

काठमाडौं- नेकपा (एमाले) ले फागुन २१ को प्रतिनिधिसभा निर्वाचनका लागि

प्रधानमन्त्री रहमानद्वारा १८० दिनको प्राथमिकता योजनाको रूपरेखा प्रस्तुत

एजेन्सी – बङ्गलादेशका नव निर्वाचित प्रधानमन्त्री तारिक रहमानले आफ्नो सरकारको