हेलम्बुका बाढी–पहिरो पीडितलाई आवास « Khabarhub

हेलम्बुका बाढी–पहिरो पीडितलाई आवास


६ बैशाख २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– हिमालयन फाउन्डेसन कर्प न्युयोर्क एण्ड क्यालिफोर्नियाले सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाका बाढीपहिरो पीडित परिवारलाई आवास उपलब्ध गराएको छ ।

फाउन्डेसनले हेलम्बुको सिन्धुपाल्चोकमा अमेरिकाको मेरिल्याण्ड राज्यका पहिलो नेपालीमूलका विधायक डा.ह्यारी भण्डारीको प्रमुख आथित्यतामा सम्पन्न कार्यक्रममा पहिलो घर हस्तान्तरण गरेको हो ।

कार्यक्रममा डा. भण्डारीसहित फाउन्डेसनका संस्थापक यज्ञलाल श्रेष्ठ, शस्त्र प्रहरीका पूर्वआईजीपी शैलेन्द्रकुमार श्रेष्ठ, पूर्वडीआईजी केबी ब्रम्हचार्य, वरिष्ठ फिल्म निर्देशक नारायण पुरी, वरिष्ठ सञ्चारकर्मी भुषण दाहाल, प्रोफेसर प्रकाश खड्गी, लायन्स क्लबका पूर्वअध्यक्ष दिकेन्द्र मास्कलेलगायतले संयुक्त रूपमा बाढीपीडित रामबहादुर भारतीलाई नवनिर्मित घरको चाबी सुम्पिएका थिए ।

गत असार र साउनमा आएको भीषण बाढीपहिरोले सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका र हेलम्बु गाउँपालिकामा जनधनमा ठूलो क्षति पुर्‍याएको थियो ।

फाउन्डेसनका संस्थापक यज्ञलाल श्रेष्ठले गत कार्तिक २४ गते हेलम्बु गाउँपालिकासँग बाढीपीडितका लागि आफ्नो फाउन्डेसनमार्फत १० वटा घर निर्माण गरिदिने सम्झौता गरेका थिए । सोही बमोजिम घरहरू बन्दै गरेको र हाल नेपाल आएको अवसरमा बस्नका लागि तयार भएको एउटा घर हस्तान्तरण गरिएको उनले बताए ।

‘आफू जन्मेर हुर्किएको ठाउँमा विपत्ति परेको मैले हेरेर बस्न सकिनँ,’ श्रेष्ठले भने, ‘आफ्नो तर्फबाट जति सकिन्छ, सहयोग गरौँ भनेर पीडितका लागि घर निर्माण थालेका हौँ। बाँकी घरहरू छिट्टै पूरा हुनेछन् ।

घर हस्तान्तरण कार्यक्रममा पत्रकार तथा फिल्म निर्देशक लक्ष्मण सुवेदी, हिमालयन फाउन्डेसन नेपालका अध्यक्ष फत्तबहादुर गुरुङ, सदस्य सोम लामा, पूर्वप्रधानमन्त्री केपी ओलीकी स्वकीय सचिव मिना श्रेष्ठ, राष्ट्रिय खेलकुद समितिका पूर्वसदस्य नम्बरी शेर्पा, समाजसेवीहरू पूर्ण शेर्पा, पद्म श्रेष्ठ, देवेन्द्रमान श्रेष्ठलगायत हेलम्बु पुगेका थिए ।

प्रकाशित मिति : ६ बैशाख २०७९, मंगलबार  १२ : १४ बजे

यस्तो देखियो बाढीले तहसनहस त्रिशूली बजार (तस्बिरहरू)

नुवाकोट- चीनको तिब्बत हुँदै भोटेकोसी नदीमा आएको बाढीले नुवाकोटको त्रिशूली

धिरज मगरको उपस्थितिमा निरजरा ब्युटी सलोनको १८ औं वार्षिक उत्सव कार्यक्रम

काठमाडौं – नायक धिरज मगरको विशेष उपस्थितिमा निरजरा ब्युटी सलोन

प्रतिनिधिसभामा रसुवा बाढीको बहस, छिटो नागरिकको उद्धार गर्न सरकारको ध्यानाकर्षण

काठमाडौं– भोटेकोशी नदी रसुवामा आएको बाढीबाट प्रभावित क्षेत्रका सांसदहरुले छिटो

भोटेकोशी बाढी : रसुवाबाट मात्रै २६ प्रहरी सम्पर्कविहीन

काठमाडौं– रसुवास्थित भोटेकोशी नदीमा आज आकस्मिकरुपमा आएको बाढीमा परी २६

३९४ जना पर्यटक छैनन् सम्पर्कमा : पर्यटन विभाग

काठमाडौं– मानसरोवर र लाङटाङ क्षेत्रमा गएका ३९४ जना पर्यटक सम्पर्कविहीन