‘आर्थिक संकटलाई एउटा अवसरका रुपमा लिनुपर्छ’ « Khabarhub

‘आर्थिक संकटलाई एउटा अवसरका रुपमा लिनुपर्छ’



व्यापार घाटा २० अर्ब पुग्छ भनेर चर्चा भइरहेको छ । तर, मेरो अनुमान १५ अर्ब पुग्ला भन्ने छ । आजको मुख्य मुद्दा भनेको विदेशी मुद्रा सन्चिती कम हुनु हो । यसलाई मैंले दुई कोणबाट हेरेको छु । एउटा इन्धन र अर्काे खाद्यान्न । साढे ३ खर्बको खाद्यान्न हामीले आयात गर्छौँ । यो दुबैलाई मात्र केन्द्रित गरेर जाने हो भने विद्युत हामीले भारतलाई चार रुपैयाँ युनिटमा बेच्छौँ भन्ने कुरा आयो ।

भारतमा प्रति घरले गर्मीमा ९० युनिट महिनामा प्रयोग गर्दा रहेछन् । हाम्रो यहाँ अध्ययन गर्दा झन्डै ७०/७० युनिट लाग्ने रहेछ । यदि हामीले १०० युुनिटमा पनि ५० प्रतिशत जस्तो ४ रुपैयाँको ठाउँमा हाम्रो नेपालीलाई नै दिने हो भने उनीहरूले ५०० रुपैयाँ तिर्छन् । साधारण आम्दानी भएको व्यक्तिले पनि दाउरा बाल्दा होस् या ग्यास बाल्दा होस् १००० देखि १५०० खाना पकाउनमा खर्च भइहाल्छ । त्यसकारण हाम्रो भान्सामा इन्डेक्सन प्रयोग गर्न सक्यौँ भने ग्यास आयात कम हुन्छ ।

असार मसान्तसम्मलाई राष्ट्र बैंकले एलसी गाडी आयात रोके पनि विद्युतीय सवारी रोक्न भएन । भारतबाट झन्डै डेढ खर्ब बराबरको डिजेल आयात गर्दा रहेछौँ । ग्यास र पेट्रोलको १ खर्ब जति हुन्छ भने डेड खर्ब बराबरको डिजेल हुन्छ । खाद्यान्नको कुरामा हामी केमा सक्षम छौँ ? स्थानीय उद्योगहरूमा ८० प्रतिशत स्टेज हामीसँग छ ।

स्थानीय प्रविधिलाई प्रयोग गरेर, सरकारले नीति, नियम बनाएर ध्यानकेन्द्रित गर्ने हो भने ३४ हजार लगभग सहकारीलाई प्रयोग गर्न सक्छौँ । अर्काे रेमिटेन्सबाट पैसा मात्र ट्रान्फर नगरेर उताको विद्युतीय प्रविधि ट्रान्फर गरेर हामी कहाँ प्रयोग गराउन पर्‍यो। किनकि धेरै दक्ष/अदक्ष मान्छेहरू बाहिर गएका छन् । तर उनीहरूले त्यहाँको प्रविधि क्षमता यहाँ आएर प्रयोग गरे अवश्य उत्पादन बढ्छ । यसले पनि व्यापार घाटालाई घटाउन सक्छ ।

समस्यालाई एउटा अवसरको रूपमा लिनु पर्दछ । जस्तो कोभिडको कारणले शिक्षा क्षेत्रमा अनलाईन कक्षा एकदम चल्यो । सुरुमा के हो, के हो जस्तो भएको थियो । तर अहिले मान्छेहरू त्यसमा परिचित भइसके । राष्ट्र बैंकको नियमअनुसार असार मसान्तसम्म छोटो समयका लागि रोकोको हो । विदेशी मुद्रा आउने स्रोतहरू के के हुन् ? त्यो हिसाब गरेर अनुमान गरेपछि छोटो समयमा भन्दा पनि अल्पकालीन रू विदेशी मुद्रा जम्मा गर्न सक्यौ भने केही सहज हुन्छ ।

प्रत्येक सरकारले उत्पादन वृद्धिमा जोड दिने हो भने पनि केही सहज हुनसक्छ । सुरुमा अतिआवश्यक चिज पुगोस् । त्यसपछि एड्भान्स् विकास गरौंला । कुनै पनि राजनीतिक पार्टी होस्, विचार होस्, वुुद्धिजीवीहरूको एउटा टिम बनाएर सल्लाह लिएर अगाडि जाँदा ‘कलेक्टिभ आइडिया’ हुन्छ ।

आफ्नो पक्षको मात्र लिँदा त्यति ज्ञानहरू नआउन सक्छ । समग्रमा साच्चै अगाडि बडाउने हो भने एउटा स्लोगन नै बनाउन पर्द । नेपाली बन, नेपाली किन, ‘नेपाली बाई नेपाली’ भनेर जानु पर्छ ।

(खबरहबद्वारा आयोजित ‘अहिलेको आर्थिक संकट र समाधानको उपाय’ विषयक अन्तर्क्रिया कार्यक्रममा विश्लेषक जितेन्द्र उपाध्यायले राखेको धारणाको सम्पादित अंश, प्रस्तुति : पुष्पाञ्जली बस्नेत)

प्रकाशित मिति : ६ बैशाख २०७९, मंगलबार  ११ : ३७ बजे

होर्मुज तनावबीच ट्रम्प–ताकाइची भेट, अमेरिका–जापान सम्बन्धमा संवाद

वासिङ्टन– मध्यपूर्वमा बढ्दो युद्ध र रणनीतिक दृष्टिले महत्त्वपूर्ण स्ट्रेट अफ

पिकअप गाडीले साइकलयात्रीलाई ठक्कर दिँदा एकको मृत्यु, एक जना घाइते

इनरुवा– सुनसरीरामधुनीनगरपालिका–५ मा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको

डेङ्गु जोखिम क्षेत्रमा सचेतना अभियान चलाउन सरकारको निर्देशन

काठमाडौं– गर्मीयाम सुरु भएसँगै डेङ्गुको उच्च जोखिम भएका स्थानीय तहलाई

अनुतिन फेरि थाइल्यान्डका प्रधानमन्त्रीमा निर्वाचित

एजेन्सी– क्षेत्रीय तनाव, सुस्त अर्थतन्त्र र आन्तरिक राजनीतिक उतारचढावबीच थाइल्यान्डको

 रिसाइक्लिङ गर्ने अभ्यासलाई प्रवर्द्धन गर्नुपर्नेमा जोड

काठमाडौं– ग्लोबल रिसाइक्लिङ डे २०२६ विविध कार्यक्रमका साथ सफलतापूर्वक सम्पन्न