‘स्वच्छ र निष्पक्ष निर्वाचन गर्न निर्वाचन आयोग तयार छ’ « Khabarhub

‘स्वच्छ र निष्पक्ष निर्वाचन गर्न निर्वाचन आयोग तयार छ’


६ बैशाख २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले स्वच्छ र निष्पक्ष निर्वाचन गर्न निर्वाचन आयोग तयार रहेको बताएका छन्।

मंगलबार आयोगले काठमाडौँमा आयोजना गरेको मिडिया अन्तक्रिया कार्यक्रममा थपलियाले निर्वाचन हुँदैन कि भनेर शंका नगर्न आग्रह गर्दै तोकिएको मितिमा नै स्वच्छ र निष्पक्ष निर्वाचन गर्न निर्वाचन आयोग तयार रहेको बताएका हुन्।

उनले निर्वाचनका लागि वैशाख ८ गते सबै स्थानीय तहमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिने जानकारी दिए। थपलियाले दलहरुको सुझावकै आधारमा मनोनयनका लागि दुई दिन छुट्टाइएको र प्रचार प्रसारको अवधि पनि बढाइएको बताए। यस पटकको निर्वाचनमा अघिल्लो स्थानीय निर्वाचनमा भएका कमी कमजोरीलाई पनि सच्चाएर आयोग अघि बढेको उनले बताए । उनले आयोगले जारी गरेको आचारसंहिता कार्यान्वयन गर्नु सबै पक्षको दायित्व भएको र आफ्नो परीक्षा आफैं लिएर यसको पालना गर्न सुझाव दिए।

त्यस्तै उनले निर्वाचनको मौन अवधिमा देशभर मदिरा बिक्री वितरण नगर्न–नगराउन प्रस्ताव गरिएको जानकारी दिए।

प्रकाशित मिति : ६ बैशाख २०७९, मंगलबार  १ : १६ बजे

प्रेस स्वतन्त्रताको माग गर्दै पत्रकारहरुको प्रदर्शन (तस्बिर)

काठमाडौँ– पत्रकारको पक्राउ र सञ्चार गृहमा प्रहरीले शुक्रबार गरेको धरपकडविरुद्ध

पहिरोले बेनी–जोमसोम र बेनी–दरवाङ सडक अवरुद्ध

म्याग्दी– शुक्रबार अपराह्नदेखि परेको अविरल वर्षासँगै पहिरो खसेपछि बेनी–जोमसोम र

मुस्ताङमा भारी हिमपात र वर्षा, जनजीवन प्रभावित

मुस्ताङ– अर्नब चक्रवातको प्रभावले उपल्लो मुस्ताङमा भारी हिमपात र तल्लो

रास्वपा सचिवालय बैठक बस्दै, के छन् एजेण्डा ?

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बस्दैछ

सिँचाइका लागि विद्युत् सेवा विस्तार

सुनसरी– सुनसरीको देवानगञ्ज गाउँपालिकाले किसानलाई सिँचाइमा सहज पहुँच पुर्याउँदै कृषि