ईश निन्दा गरेको भन्दै श्रीलंकालीलाई कुटेर मार्ने ६ जनालाई पाकिस्तानमा मृत्युदण्ड « Khabarhub

ईश निन्दा गरेको भन्दै श्रीलंकालीलाई कुटेर मार्ने ६ जनालाई पाकिस्तानमा मृत्युदण्ड


६ बैशाख २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ईश्वरको निन्दा गरेको भन्दै गत वर्ष एक श्रीलंकाली नागरिकलाई कुटेर मार्ने ६ जनालाई पाकिस्तानको अदालतले मृत्युदण्डको सजाय सुनाएको छ । पाकिस्तानको लाहौर शहरमा रहेको प्रतिआतंकवाद अदालतले उनीहरुलाई श्रीलंकाली नागरिक प्रियन्था कुमारा दियावदनाको हत्या गरेको अभियोगमा मृत्युदण्ड सुनाएको हो ।

यीबाहेक घटनामा संलग्न नौ जनालाई जन्मकैद र एक जनालाई ५ वर्षको र अरु ७२ जनालाई दुई वर्ष जेल सजाय सुनाइएको बताइएको छ । सजाय पाउनेमध्ये आठ जना नाबालिग रहेको अल जजिराले जनाएको छ ।

‘अदालतमा यो मुद्धा पु¥याउन र यो फैसलासम्म पुग्नका लागि अभियोजनपक्षले निकै मिहिनेत गरेको छ ।’ सार्वजनिक अभियोजनकर्ता अब्दुल रउफ वाटूलाई उद्धृत गर्दै समाचार संस्था एएफपीले जनाएको छ ।

४८ वर्षे दियावदनाको गत वर्षको डिसेम्बर महिनामा सियालकोट शहरमा ईश्वरको निन्दा गरेको भन्दै आक्रोशित मानिसहरुको भीडले कुटेर हत्या गरेका थिए । हत्यापश्चात उनको शवलाई जलाइएको थियो । भीडमा रहेका केही मानिसहरुले जलेको शवसँग सेल्फी खिचाएको समेत बीबीसीले जनाएको छ ।

सियालकोटको एक कारखानामा म्यानेजर रहेका दियावदनाले इस्लाम धर्मका पैगम्बर मोहम्मदको नाम लेखेको पोष्टर च्यातेको भन्दै आक्रोशित भीडले उनको हत्या गरेका थिए । यता उनीसँगै काम गर्ने सहकर्मीले भने भवनलाई सफा गर्ने बेला भएका कारण उनले उक्त पोष्टर च्यातेको बताएका छन् ।

यस घटनाले पाकिस्तानभर आक्रोश पैदा गरेको थियो । घटनापछि तत्कालिन पाकिस्तानी प्रधानमन्त्री इमरान खानले यसलाई ‘लज्जाको दिन’ भनी टिप्पणी गरेका थिए ।

बहुसंख्यक इस्लाम धर्मावलम्बीको बसोबास रहेको पाकिस्तानमा ईश्वर निन्दाको विषय निकै संवेदनशील मानिन्छ ।

प्रकाशित मिति : ६ बैशाख २०७९, मंगलबार  २ : २७ बजे

पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन

कास्की – पोखरामा आज सम्पन्न तेस्रो संस्करणको पर्वतीय दौड प्रतियोगिताको

हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी

नयाँदिल्ली – मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारविरुद्धको विरोध प्रदर्शनका बीच

आश्विन कृष्ण औँसी : पितृ पक्ष समापन, गोकर्णेश्वरमा श्राद्ध गर्नेको घुइँचो

काठमाडौं – प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृपक्ष

सरकारी सफ्टवेयर र हार्डवेयर खरिदसम्बन्धी अध्ययन गर्न समिति गठन

काठमाडौं – भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन

क्यानडा र अस्ट्रेलिया पठाइदिने भन्दै ५८ लाख ठगी, दुई जना पक्राउ

काठमाडौं – वैदेशिक रोजगारीका लागि क्यानडा र अस्ट्रेलिया पठाइदिने भन्दै