विवेकको नयाँ फिल्म ‘द दिल्ली फाइल्स’ « Khabarhub

विवेकको नयाँ फिल्म ‘द दिल्ली फाइल्स’


६ बैशाख २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– फिल्म ‘द कश्मीर फाइल्स’ प्रदर्शन पश्चात चर्चामा आएका निर्देशक हुन् विवेक अग्निहोत्री ।

कश्मीरी पण्डित सफायाको कथा भन्ने फिल्मले बक्स अफिसमा २ सय ५० करोड भन्दा बढी कमाइ गरिसकेको छ भने यसले छुटै मुद्दा समेत उठान गरेको थियो । यसको विषयले विश्वभर चर्चा पाएको थियो । यिनै निर्देशक विवेकले नयाँ फिल्म ‘द दिल्ली फाइल्स’ निर्देशन गर्ने भएका छन् ।

भारतीय मिडियाका अनुसार निर्देशक विवेकले ‘द दिल्ली फाइल्स’ मार्फत सन् १९८६ को शिखविरोधी हिंसा र तमिलनाडुको यथार्थलाई चित्रण गर्नेछन् । ‘दिल्लीले यति धेरै वर्षदेखि भारतलाई कसरी नष्ट गरिरहेको छ भन्ने प्रकाश फिल्मले पार्नेछ,’ निर्देशक अग्निहोत्रीले भारतीय मिडियालाई भनेका छन् ।

सन् १९८४ को समय भारतीय इतिहासमा कालो वर्ष रहेको र उक्त समयमा पञ्जाबमा भारतीय कांग्रेसले आतंकवादलाई मलजल गरेको समेत निर्देशक अग्निहोत्रीको भनाइ छ ।

प्रकाशित मिति : ६ बैशाख २०७९, मंगलबार  २ : ४२ बजे

मधेशमा हुस्सु र कुहिरो, पहाडी भागमा आंशिक बादल

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

अमर रहनेछन् प्रशान्त

काठमाडौं – ४३ वर्षको उमेर गायक प्रशान्तले केही दिनअघि धर्तीबाट

दुईवटा फर्म विभागको कारबाहीमा

काठमाडौं– नियमित रूपमा बजारको अनुमगन तथा निरीक्षण गर्दै आएको वाणिज्य,

काठमाडौंका विभिन्न स्थानमा आज बिजुली कटौती हुने

काठमाडौं– नेपाल विद्युत् प्राधिकरणले आज काठमाडौंका विभिन्न स्थानमा विद्युत् कटौती

निर्वाचनबाट नयाँ नेतृत्व छान्दै कांग्रेस विशेष महाधिवेशन : संस्थापनसँग वार्ताको ढोका खुलै

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशन निर्वाचनमै मोडिएको छ। रातभरका